• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

मैसँग पराजित विरोध खतिवडाको अनुभवलाई अँगालेर अघि बढ्नेछु: महेश बर्तौला [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, पुस ३, २०७९  ०७:१७
1140x725

नेकपा एमालेका युवा नेता महेशकुमार बर्तौला मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भए। अनेरास्ववियुको राजनीति गर्दै आएका बर्तौलाले २०४८ सालदेखि यही क्षेत्रबाट ४ पटक संसद् चुनिएका एकीकृत समाजावदीका नेता विरोध खतिवडालाई पराजित गरेका हुन्। 

नवनिर्वाचित सांसद बर्तौला आफैंले पराजित गरेका खतिवडाको अनुभवलाई सँगै लिएर काम गर्ने बताउँछन्। निर्वाचन जित्नुका आधार, संसदमा उठाउने मुद्दा र अबको राजनीतिक यात्राबारे बर्तौलासँग नेपाल लाइभका  भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानी:

तपाईं पहिलो पटक संसदमा निर्वाचित हुनुभएको छ। तपाईंकै पूर्वनेता विरोध खतिवडासँग के थिएन, जुन तपाईंसँग थियो र निर्वाचन जित्नुभयो?
पहिलो कुरा, म लोकतान्त्रिक गणतन्त्रका लागि लडेको एउटा युवा हुँ। म एउटा भविष्य हुँ भने उहाँहरु इतिहास हुनुहुन्छ। इतिहासमा उहाँहरु २०औं वर्ष पटक/पटक जिम्मेवारीमा रहनुभयो। देशका लागि योगदान गर्नुभयो। अब उहाँ करिब करिब ७० को हाराहारीमा पुग्दा आराम गर्नुपर्ने बेला भएको स्वभाविक रुपमा जनताले महसुस गर्नुभयो। मकवानपुर जिल्लाबाट एउटा युवालाई देशको केन्द्रीय राजनीतिमा जन्माउने संकल्प मेरो निर्वाचन क्षेत्रका आदरणीय मतदाताले निर्णय गर्नुभयो।

मेरो निर्वाचन क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकास सँगसँगै मकवानपुरका जनताको मुद्दा, सरोकार, अजेण्डाहरुलाई केन्द्रीय संसदमा बेजोड ढंगले उठान गर्नका लागि म जनताको रोजाइमा परें। मप्रति विश्वास गरेर उहाँहरुले जिताउनुभयो।

विरोध खतिवडा हिजो हाम्रै नेता हुनुहुन्थ्यो। उहाँ पार्टी विभाजन गरेर जानुभयो। पार्टीका आम कार्यकर्ता उहाँको भूमिकाबाट खुसी थिएनन्। उहाँले गलत गरेको अनुभूति परेको थियो जनतामा पनि। त्यसैले भविष्यका लागि एउटा युवालाई देशको राजनीतिमा जोड्नुपर्छ भन्ने ठानेर यो महत्वपूर्ण जिम्मेवारी मलाई सुम्पिएको हो भन्ने ठान्छु।

तपाईं यसअघि पार्टीको भ्रातृ संगठनमा रहेर प्रश्न गरिरहनुभएको थियो। अब जवाफ दिनुपर्ने ठाउँमा पुग्नुभएको छ। कस्तो महसुस भएको छ?
म विद्यार्थी राजनीतिबाट अघि बढेको कार्यकर्ता। आज संघीय सांसदको प्रतिनिधित्व गर्ने जिम्मेवारीमा पुगेको छु। त्यो जिम्मेवारी पूरा गर्न संसद्को रोष्ट्रमबाट ३ करोड नेपालीको आवाज बुलन्द गर्नु पर्नेछ। मेरो जिल्लाको विकास र समृद्धिका लागि मात्र होइन, देशको सार्वभौमिकता, स्वाभिमान, राष्ट्रिय अखण्डता, राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई मजबुत बनाउन भूमिका खेल्नु पर्नेछ।

जनताको जीवनमा राज्यको उपस्थिति, राज्यको स्रोत साधनको परिचालन, युवाहरुको श्रमलाई उत्पादनसँग जोड्दै रोजगारी सिर्जनाको अभियान र कार्यक्रमलाई अघि बढाउनुपर्ने अभिभारा पूरा गर्नु पर्नेछ। त्यसका लागि म तयार छु।

मलाई मतदाताले जुन भरोसा गर्नुभएको छ, त्यसबाट कहीँ कतै विचलित नभई इमान, जमानका साथ काम गर्नेछु। देश र जनतालाई शिरमा राखेर जतनाको चाहनालाई सम्बोधन गर्न लागिपर्ने प्रण गरेको छु। 

Ncell 2
Ncell 2
nimb
nimb

युवाको प्रमुख मुद्दा बेरोजगारीको हो। आज थुप्रै युवा बेरोजगार हुनुहुन्छ। कतिपय कुलतमा फस्नु भएको छ। उहाँहरुलाई सत्मार्गमा ल्याउनु पर्नेछ। यी सबै समस्याको समाधान गर्ने संकल्पका साथ यो ५ वर्षे कार्यकालमा अगाडि बढ्नेछु। जनतालाई लगाएको ऋण ५ वर्ष सेवा गरेर चुक्ता गर्नेछु।

पहिलो पटक प्रतिनिधि सभामा जाँदै गर्दा तपाईंको उत्सुकता कस्तो छ?, संसद् सञ्चालनबारे कत्तिको जानकार हुनुहुन्छ?
म नयाँ विश्वविद्यालयमा भर्ना भएको छु। जनताको विश्वविद्यालयबाट उत्तीर्ण भएर संसदीय विश्वविद्यालयमा पुगेको छु। हिजोका अनुभवी विज्ञ सांसदहरुसँग अन्तर्क्रिया र छलफल गर्नेछु। उहाँहरुका ज्ञान, अनुभवहरुलाई लिँदै नयाँ ढंगबाट अगाडि बढ्नेबारे निर्क्योल गर्नेछु। एउटा विद्यार्थीलाई जहिले पनि उत्कृष्ट नम्बर ल्याउने हुटहुटी हुन्छ। त्यसैमा मेरो मिहिनेत रहन्छ।

यो ५ वर्ष जनताले नै मेरो परीक्षा लिनुहुन्छ। उहाँहरुले नै नम्बर दिनुहुन्छ। विशिष्ट श्रेणी दिनुहुन्छ कि, सेकेण्ड वा थर्ड डिभिजन त्यो उहाँहरुकै हातमा छोडौं। म भने सकभर विशिष्ट श्रेणीमै पास हुने प्रयास गर्नेछु।

यसका साथै जिम्मेवारी बोधका साथ मसँगै पराजित हुनुभएका विरोध खतिवडाको अनुभवलाई पनि साथमा लिएर अघि बढ्नेछु। अब म उहाँको पनि जनप्रतिनिधि हुँ। त्यसैले देश र जनतालाई केन्द्रमा राखेर जिल्लाका मुद्दा समेट्दै आफ्नो दायित्व पूरा गर्नेछु।

Xtrem

Xtrem

संसदमा पहिलो पटक सम्बोधन गर्दै गर्दा के कस्ता मुद्दा उठाउनुहुन्छ?
पहिलो कुरा, म शिक्षाको विषयलाई दृढताका साथ संसदमा उठाउनेछु। किनभने, हामी हाम्रो देशमा शिक्षालाई जबसम्म पहिलो प्राथमिकतामा राखिँदैन तबसम्म देश विकासको गति ठिक ढंगबाट अगाडि बढ्न सक्दैन। त्यस कारण राज्यले शिक्षालाई प्राथमिकता दिनुपर्छ।

यसका लागि सबैभन्दा पहिले सार्वजनिक शिक्षाको सवलीकरण गर्नुपर्छ। आज माध्यमिक तहको विद्यालयमा  विषयगत शिक्षकको दरबन्दी अभाव छ। विषयगत शिक्षकको दरबन्दी बिना नै आज देशका धेरै वटा माविहरु सञ्चालनमा छन्। त्यहाँबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिएको छैन। त्यस कारण राज्यको पहिलो दायित्व गुणस्तरीय शिक्षा प्रदान गर्ने हुनुपर्छ।

सार्वजनिक शिक्षाको सबलीकरण र गुणस्तरीयताका लागि राज्यले देशका ७५३ वटा पालिकामध्ये न्यूनतम एक पालिका भित्र एक आवासीय विद्यालयको व्यवस्था गर्नुपर्छ। सदरमुकाममा गएर कोठा भाडामा तिरेर पढ्ने पैसा हुँदैन। आफ्नै पालिकामा पढौं भने भौगोलिक विकटता र असहजता छ। १२ कक्षासम्मको अध्ययन गर्नका लागि २ सयभन्दा बढी विद्यार्थी अट्ने गरी एक पालिका एक आवासीय विद्यालय हुनुपर्छ। माध्यमिक तहमा विषयगत दरबन्दी वृद्धि गरिनुपर्छ। 

शिक्षामा राज्यले बजेट वृद्धि गर्नुपर्छ। अहिले भइरहेको भन्दा २० प्रतिशत लगानी वृद्धि गर्नुपर्छ। उच्च शिक्षाका विश्वविद्यालयहरुलाई अनुसन्धान केन्द्रका रुपमा लैजानुपर्छ। 

राज्यको लगानीमा आज पनि एमफिल र पिएचडीका कार्यक्रमहरु नेपाल सरकारको लगानीमा छैनन्। सरकारकै लगानीमै एमफिल र पिएचडीका कार्यक्रमहरु राखिनुपर्छ। त्रिभुवन विश्वविद्यालयमा पढाइ हुने एमफिल र पिइएचडी पनि नीजि क्षेत्रबाट पढाइएको छ। राज्य यस्ता ठाउँहरुबाट सच्चिनुपर्छ।

जब शिक्षा बलियो हुन्छ, त्यति बेला विकासको गति नयाँ ढंगबाट अघि लैजान सकिन्छ। आज हाम्रो राज्यको रेकर्डमा ९५ प्रतिशत साक्षार भन्छौं। यो केबल रेकर्डमा मात्र छ। विद्यालयमा विद्यार्थी छैनन्। विद्यालयमा विदयार्थी ल्याउने, ल्याएको विद्यार्थी टिकाउने। टिकेको विदयार्थीलाई भोलि समाजमा टिक्न सक्ने बनाउने। यस प्रकारको शिक्षामा राज्यको नीति आवश्यक छ।

आज पनि नेपालमा २०२८ सालको शिक्षा ऐन नै कार्यान्वयनमा रहेको अवस्था छ। हामी गणतन्त्रमा छौं। संविधान ल्याएको पनि ७/ ८ वर्ष भइसक्यो। तर शैली पुरानै भयो। 

अर्का कुरा, नेपालमा धेरै बालबालिका अनाथ छन्। बुबाआमाविहीन भएर बस्नु परेको छ। राज्यले एसइईसम्म पढाउँछ। एसइई गरेको भोलिपल्ट ती विद्यार्थी कहाँ जान्छन्? न राज्यले खोजी गरेको छैन। न रेकर्डमा नै छन्। ती बालबालिकालाई कम्तीमा पनि ११/१२ कक्षासम्म पढ्नका लागि कानुन बनाउनतिर मेरो पहल हुनेछ।

तपाईंले कस्ता कानुन आवश्यक देख्नुभएको छ?
म जननिर्वाचित भएको छु। मैले अध्ययन गर्नुपर्ने हुन्छ। कुनकुन कानुन कसरी निर्माण गर्ने भन्ने विषयमा अध्ययन गर्नुपर्छ। मैले अघि पनि भनें, नेपालमा संघीय शिक्षा ऐन अबिलम्व जारी हुनुपर्छ।

अभिभावकविहीन बालबालिकाको पढ्न पाउने अधिकारलाई ग्यारेन्टी गर्नुपर्छ। कुलतमा फसेका बालबालिका लागि कक्षा १२ सम्म नि:शुल्क पढ्न पाउने ऐन ल्याउने कुरामा पहल गर्नेछु। अन्य नागरिक सरोकारसँग जोडिएका कयौं मुद्दा छन्। ती विषयहरुसँग सम्बन्धित ऐन निर्माणका लागि मेरो पहलकदमी हुनेछ।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  ०७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्