• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

न्यायालयका मानिसलाई ठूला पदमा लैजान थालियो भने न्यायमा निष्पक्षता हुन छोड्छः नीलाम्बर आचार्य

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, पुस १, २०७९  १७:१०
1140x725

मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको अन्तिम नजिता निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक तर्फको मत परिणाम बुझाएसँगै अब नयाँ सरकार गठनको चर्चा पनि सुरु भएको छ। सो निर्वाचनमा कांग्रेस पहिलो दल बनेको छ भने एमाले दोस्रो। त्यस्तै, माओवादी केन्द्र तेस्रो दल बनेको छ। राप्रपा, जनमत पार्टी र नागरिक उन्मुक्ति नयाँ देखिएका छन्। भर्खरै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी राष्ट्रिय पार्टी बन्दा एमालेबाट विभाजन भएको एकीकृत समाजवादी बन्न सकेन। जनताले यसपटक सबै दललाई मिल्ने जनमत दिएको देखिन्छ। निर्वाचन आयोगले अन्तिम परिणाम बुुझाएसँगै राष्ट्रपति भण्डारीले अब सरकार गठन र नयाँ संसद्को अधिवेशन बोलाउने दुईवटा कार्यभार गर्नुपर्ने देखिएको छ। संसद्को अधिवेशन आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने हो भने सरकार गठन राष्ट्रपति आफैँले। राष्ट्रपतिले संविधानको धारा ७६ अनुसार सरकार गठन अव केही दिनमा आह्वान गर्ने देखिन्छ। यसै सन्दर्भमा नेपाल लाइभकर्मी भूपेन्द्र शाह ठकुरीले भारतका लागि पूर्वराजदूतसमेत रेहका संविधानविद् नीलाम्बर आचार्यसँग नयाँ सरकार गठन, न्यायालय लगायतका विषयमा गरेकाे कुराकानी:

चुनावी परिणामअनुसार कुनै पनि दल वा गठबन्धनले स्पष्ट बहुमत ल्याएका छैनन्। अब यस्तो नयाँ सरकार कसरी गठन हुन्छ? 

सरकार गठनका लागि संविधानको धारा ७६ मा व्यवस्था गरिएको छ। उक्त धारामा ४ वटा विकल्पमा सरकार गठन हुने भनिएको छ। निर्वाचन आयोगले अन्तिम परिणाम बुझाएकाले राष्ट्रपतिले संविधानअनुसार ३० दिनभित्र सरकार गठनका लागि जतिसुकै समय दिएर आह्वान गर्न सक्नेछिन् । सरकार गठनका लागि अहिलेको जनमत हेर्दा धारा ७६ को १ अनुसार कुनै प्रक्रिया सुरु हुने देखिँदैन। जनताले एकल बहुमत अर्थात  १३८ को संख्या कसैलाई पनि नदिएका कारण यो धारा निष्क्रृय हुने देखिन्छ। अब सोही धाराको उपधारा २ मा पुगेर सरकार गठन गर्नुपर्ने देखिएको छ। अबको सरकार गठनको प्रक्रिया भनेको कुनै पनि पार्टीले बहुमत नल्याएको अवस्था भएकाले प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थन जसले प्राप्त गर्न सक्छ उ नै प्रधानमन्त्री बन्न सक्ने देखिन्छ। यसका लागि पहिलो पहल धेरै सिट ल्याएको कांग्रेसले गर्नुपर्ने देखिन्छ। दोस्रो भएकाले एमालेले पनि यसमा बहुमत पुर्‍याउने पहल गर्न सक्छ। यो धाराअनुसार सरकार बनेन भने उपधारा ३ र ५ अनुसार पनि सरकार गठनको प्रयास हुनसक्ने संवैधानिक व्यवस्था छ। हाललाई यही धारा ७६ अनुसार सरकार बन्ने देखिन्छ। 

सरकार गठनपछि संसद्को अन्य प्रक्रिया सुरु हुने देखिन्छ। संसद्को पहिलो बैठक बसेर जेष्ठ सदस्यवाट सपथ लिँदै प्रतिनिधि सभा सुरु हुन्छ। त्यसपछि संसद्ले आफ्ना लागि नियमावली निर्माण गर्छ। सँगै सभामुख र उपसभामुख निर्वाचन पनि सुरु हुन्छ। संविधानले तोकिएको ढाँचाअनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने छ। साथै, महिला र पुरुष पनि हुनुपर्ने छ। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको मतले उनीहरू निर्वाचित हुन्छन्। 

सभामुख र उपसभामुखपछि राष्ट्रपति र उपराष्ट्रपति चयन शुरु हुन्छन्। नयाँ जनादेश अनुसारको राष्ट्रपति चयनका लागि प्रदेशका सांसदहरूले पनि मत हाल्न पाउनेछन्। संविधानले यसका लागि अंकभार निश्चित गरेको छ। यसमा पनि बहुमतीय प्रक्रिया हुनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले गैरराजनीतिक वा स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चा चलेको छ। यो कतिको सम्भव छ? 

अहिले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चा चलेको छ। सार्वजनिक सञ्चारमाध्यमहरूले खासगरी पूर्वप्रधानन्यायाधीशहरू खिलराज रेग्मी र कल्याण श्रेष्ठको नाम चर्चामा ल्याएको सुनिन्छ। संघीय गणतान्त्रिक संविधान जारी भएपछि गैरदलीय राष्ट्रपतिको चर्चा पहिलोपटक सुनिएको हो। यसअघि डा रामवरण यादव र  विद्यादेवी भण्डारी राजनीतिक दलबाटै उम्मेदवारहुँदै राष्ट्रपति चयन हुनुभएको थियो। 

पूर्वप्रधानन्यायाधीश र संवैधानिक निकायका पूर्वप्रमुखहरूलाई राष्ट्रपति बनाउनु चर्चा गरेझैं सहज भने देखिँदैन। यसमा पार्टीहरूले विचार गर्लान्। किनभने, पार्टीहरूकै सांसदहरू हुन्छन्। त्यसैले पार्टीहरूले जसलाई चाहान्छन् उसैलाई राष्ट्रपति निर्वाचन गराउने देखिन्छ। अहिले नै चर्चामा रहेर त्यसैमा अर्को चर्चा थपेर चर्चामा भाग लिनु मैले उपयुक्त ठानेको छैन। पार्टीहरूले चाहेपछि निर्दलीय व्यक्तिहरूलाई पनि राष्ट्रपति, उपराष्ट्रपति बनाउन सकिन्छ। गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन संविधान बाधक छैन भन्ने मलाई लाग्दछ। मुख्य कुरा त्यो पार्टीहरूले चाहन्छन् कि चाहँदैनन् भन्ने हो। सकभर राष्ट्रपति जस्तो पदमा सबैले सम्मान गर्ने व्यक्ति पुगेमा राम्रो हुन्छ। पार्टीहरूका बीचमा पनि यस विषयमा छलफल होला।  उनीहरूले आफ्नै पार्टीभित्र पनि छलफल गर्लान्। सांसद् भएको व्यक्ति चुनियो भने उसले पदबाट राजीनामा दिनुपर्छ। 

Xtrem
Xtrem

संविधानले तोकेको योग्यता पुगेका सबैलाई राष्ट्रपतिको उम्मेदवार हुन खुला छ। त्यही योग्य उम्मेदवारमध्ये एकलाई दलहरूले मत दिएर जिताउँदै राष्ट्रपति बनाउने हो। यसकारण संसद् बाहिरबाट पनि राष्ट्रपति बनाउन सकिन्छ।  संवैधानिक दृष्टिकोणले पनि बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउन बर्जित गर्दैन। बाहिर भन्नाले विदेशी नागरिक हुनु भएन। संविधानले तोकेको योग्यता पुगेको व्यक्तिलाई राष्ट्रपति, उपराष्ट्रपति बन्न कुनै रोकावट हुँदैन। राष्ट्रपतिको उम्मेदवार राजनीतिक पार्टीकै हुनुपर्छ भन्ने छैन। तर, पार्टीहरूले आफ्नो पार्टीका सदस्य भएका व्यक्तिलाई नै ल्याउलान् भन्ने मलाई लाग्छ।

पूर्वप्रधानन्यायाधीश वा न्यायालय क्षेत्रका व्यक्तिहरूको पनि चर्चा सुनिन्छ नि, के यो उचित होला?

राष्ट्रपतिलगायत ठूला पदका लागि संविधानले नै निश्चित गरिदिएको छ, को योग्य छन् र अयोग्य छन् भनेर। न्यायापालिका स्वतन्त्र, सम्मानित हुनुपर्छ भन्ने मेरो धारण हो। त्यसरी न्यायापालिका क्षेत्रका मानिसहरूलाई विभिन्न पदमा लैजान थालियो भने  गलत अभ्यासको सुरुवात भने हुनेछ। यसले न्यायालयभित्र गम्भीर समस्या सिर्जना हुन्छ। भोलि मलाई पार्टीहरूले यस्तै पदमा पुर्याउलान् भनेर न्यायाधीशहरूले न्याय निरुपणमा निष्पक्षता लिन छोड्न सक्छन्। सरकारका रहेका व्यक्तिको पक्षपोषण हुने वा राजनीतिक नियुक्तिको आस राखेर न्याय सम्पादन हुने खतरा यसले सिर्जना गर्छ। यो सम्भवना सधैँ रहने भएकाले नै कार्यपालिका र न्यायपालिकाको अलग–अलग व्यवस्था गरिएको हो।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशलाई मानवअधिकार आयोगबाहेक अन्य स्थानमा नियुक्ति नगर्ने भनी संविधानमा लेखिएको छ। यही कुरालाई ख्याल गरेर यो प्रावधान राखिएको हो। प्रधानन्यायाधीश, न्यायाधीशहरूलाई कुनै पदमा नलैजानु भनेर संविधानले नै व्यवस्था गरेको छ। कानुनले मानवअधिकार आयोगबाहेक अन्य पदका लागि नलैजान भन्नु भनेको उनीहरूलाई राजनीतिक लाभको पदमा नलैजाने नै भनेको हो। त्यसैले, न्यायपालिकाको स्वतन्त्रतामाथि उत्पन्न हुने गरी काम गर्न भएन। 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १७:१०
  • #न्यायालय
  • #सरकार गठन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा बुधबार, असोज २१, २०८३
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह बुधबार, असोज २१, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्