• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

१४ सिटको दलले ठूलो कुरा गरेर हुँदैन : राजेन्द्र लिङ्देन [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, मंसिर २८, २०७९  १७:१२
1140x725

२०७९ भदौ १९ को प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए- 'म प्रयास गर्नेछु, एक्लो सांसद होइन, बलियो पार्टीको रुपमा यहाँ उपस्थित हुने र यस प्रकारका गलत निर्णयहरु हुन नदिने भूमिका निर्वाह गर्ने संकल्प र अठोटका साथ जनताको बीचमा जाँदैछु।'

निर्वाचन परिणामले अब संसद्‌मा राप्रपाको एक्लो सांसद रहने छैनन्। प्रत्यक्ष र समानुपातिकतर्फ गरी सो पार्टीका १४ सांसद निर्वाचित भएका छन्। राप्रपाको यो फैलावट कति अपेक्षित छ? अब राप्रपाको भूमिका के हुन्छ? आफ्ना अजेन्डामा कसरी उभिन्छ? सरकारमा सहभागी हुन्छ कि हुँदैन? भए कुन सर्तमा हुनसक्छ। यी र यस्ता विषयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग दुर्गा दुलाल र किशोर दहालले गरेको कुराकानीः

निर्वाचनमा तपाईंहरुको पार्टीले जुन जित हासिल गरेको छ। यो अपेक्षा अनुसार नै हो कि, अपेक्षाभन्दा कम वा बढी के हो?
हामीले निर्वाचनमा जुन अपेक्षा गरेका थियौँ। त्यस अनुसारको मत प्राप्त हुन सकेन। विगतमा भन्दा राम्रो भए पनि अपेक्षाकृत होइन। योभन्दा राम्रो हुन्छ भन्ने नै हाम्रो अनुमान थियो। समानुपातिक र प्रत्यक्ष दुवैतर्फ योभन्दा राम्रो हुन्छ भन्ने थियो। खासगरी समानुपातिकतर्फ अलि धेरै अपेक्षा थियो। तर त्यसअनुसार हुन सकेन।

२०७४ को निर्वाचनमा राप्रपाले जम्मा एउटा सिट जितेको थियो। समानुपातिकतिर थ्रेस होल्ड पनि कटाउन सकेको थिएन। अहिले प्रत्यक्ष र समानुपातिकतिर सात-सात सिट जित्नुभएको छ। यसबीचमा के त्यस्तो राम्रो परिवर्तन आयो र सिट संख्या यसरी बढ्यो?
खासगरी राप्रपाले गत महाधिवेशनमा नेतृत्व परिवर्तन गर्‍यो। त्यसपछि हामी सबैले पार्टीलाई परिवर्तनको पक्षमा परिचालित गर्‍यौँ। त्यसले परिवर्तन पक्षधर जनतामा विश्वास पैदा गर्‍यो। त्यसको परिणाम नै हो भन्ने लाग्छ।

पार्टीमा नेतृत्व परिवर्तन हुँदा पनि कार्यकर्तामा 'रिचार्ज' हुँदोरहेछ हो?
स्वभाविक रुपले कुनै पनि पार्टी संगठन बलियो बन्नमा नेतृत्वकै भूमिका महत्त्वपूर्ण हुन्छ। नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न सक्यो र सन्देश दिन सक्यो भने फरक पर्न सक्छ भन्ने कुरा हाम्रो पार्टीमा पनि देखियो। अरु घटनाक्रममा पनि देखिन्छ।

तपाईंले महाधिवेशनबाट अध्यक्षमा पराजित गरेको व्यक्ति राप्रपाको पर्यायवाची नाम जस्तै हुनुहुन्थ्यो। तर तपाईंले जित्नुभयो। त्यसपछि राप्रपामा के-कस्ता परिवर्तन भए, जसका कारण पार्टीको शक्ति बढ्यो?
मुख्यतः वचन र व्यवहारमा एकरुपता भयो। अर्कोतिर, राप्रपा विगतमा जुन कार्यशैलीबाट हिँडिरहेको थियो, त्यसमा परिवर्तन गर्‍यौँ। आम जनतामा पनि आगामी दिनमा राप्रपा सत्ता केन्द्रित होइन, मुद्दा केन्द्रित हुनेछ, भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा बलियो खम्बाको रुपमा उभिनेछ भन्ने विश्वास पैदा हुने गरी आफ्ना कार्यक्रम अगाडि बढायौँ। जसले गर्दा निर्वाचन परिणाममा फरक पर्‍यो। तर हामीले जति फरक पार्न सक्छौँ भन्ने थियो, त्यतिचाहिँ हुन सकेन।

जति सिट जित्नुभएको छ। यो तपाईंहरुको अजेन्डाकै जित हो कि निर्वाचन प्रक्रियामा हुने कहिलेकाहीँको स्वभाविक जित हो?
राप्रपा कुनै हावालाई लक्षित गरेर स्थापित गरिएको पार्टी होइन। एउटा अजेन्डा र मान्यताका साथ स्थापित पार्टी हो। त्यसैले यसले प्राप्त गर्ने हरेक मतमा अजेन्डा प्रमुख हुने नै छ। त्यसमा अन्यथा मान्नुपर्ने छैन। जनताले हाम्रो अजेन्डाप्रति विश्वास गरेकैले अहिलेको प्रगति गरेका हौँ।

हिजो हाम्रो अजेन्डाप्रति हामी नै इमानदार छौँ कि छैनौँ भनेर विश्वास दिलाउन सकेका थिएनौँ। त्यो अजेन्डाले काम गर्छ कि गर्दैन, त्यो कति उचित वा अनुचित भन्ने आफ्नो ठाउँमा थियो। तर हाम्रो अजेन्डाप्रति हाम्रो इमानदारितामा प्रश्न उठेको थियो। त्यसैले यथोचित मत प्राप्त गर्न सकेनौँ। तर अहिले हामी हाम्रा अजेन्डाप्रति इमानदार छौँ भन्ने विश्वास दिलाउन सक्यौँ। त्यसैले हाम्रो मत संख्यामा वृद्धि भएको छ। र, सँगसँगै हाम्रो अजेन्डा उचित छ भन्ने पनि विश्वास दिलाउन सक्यौँ। यी सबै कुराहरुले काम गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

तपाईंहरुले गरेको समानुपातिक सांसद चयनलाई लिएर टीकाटिप्पणी भइरहेको छ। प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधित्व हुन नसक्ने क्षेत्र र समुदायका मानिसहरु समानुपातिक प्रणालीबाट प्रतिनिधित्व होस् भन्ने अपेक्षा हो। तर तपाईंहरुले पशुपति शमशेर राणा र बुद्धिमान तामाङ जस्ता प्रभावशालीलाई मौका दिनुभयो। किन?
हामीले मिलाएर चयन गरेका छौँ। राप्रपामा कुनै न कुनै रुपले पशुपति शमशेर जस्तो पुस्ताको आशिर्वाद र समर्थन जरुरी छ। उहाँ प्रत्यक्ष निर्वाचन लड्ने अवस्थामा हुनुहुन्नथ्यो। राप्रपामा पुस्तान्तरण गरियो। तर अघिल्लो पुस्ता, जसले पार्टी स्थापना गर्नुभयो, उहाँहरुको जरुरी नै छैन भन्न हामी आएको होइन भन्ने सन्देश दिन पनि जरुरी थियो। त्यसैले अग्रजहरुको सम्मान गर्दै परिवर्तनतिर जाने भनेर उहाँहरुलाई सम्मान गर्‍यौँ।

पशुपति शमशेरले हाम्रो अगुवाहरुको प्रतिनिधित्व गर्नुहुन्छ। अर्कोतिर, २७ वर्षका अनिशा नेपालीदेखि लिएर बिना जैसवाल, बिना लामा जस्ता कान्छो पुस्ताका नेताहरु पनि हुनुहुन्छ। हामीले सबै कुरा मिलाएर ल्याएका छौँ। तर आँखा पशुपति शमशेर र बुद्धिमान तामाङमा ठोक्काउँदा 'ए! उनै मान्छेहरु पो आएछन्' भन्ने जस्तो लाग्छ। तर हामीले अन्य क्लस्टरमा नयाँ पुस्तालाई ल्याएका छौँ। फिल्डमा बसेर असाध्यै दुःख गरेको गीता बस्नेत जस्तालाई समावेश गरेका छौँ। प्रदेशतिर पनि २५/३० वर्षका युवालाई समावेश गरेका छौँ। हामीले सन्तुलन कायम गरेका छौँ।

मैले नाम लिइनँ। तर तपाईंहरुले समानुपातिक सांसद चयन गर्दा नातावादले पनि भूमिका खेल्यो भन्नेहरु पनि छन् नि?
विल्कुल गलत र निराधार कुरा हो। तपाईंले भन्नुभएको कुरा मैले बुझ्छु, बुद्धिमान तामाङ र बिना लामाको कुरा गर्नुभएको होला। बोलचालमा तपाईं र मबीच पनि काका-भतिजको साइनो लाग्न सक्छ। दाजु भाइको साइनो लगाउँछौँ। त्यस्तै उहाँहरुको गाउँमा बोलीचालीको हिसाबले नाता होला। तर बुद्धिमान तामाङ र बिना लामाको सम्बन्धको कारणले समानुपातिक सांसद बनाइएको होइन।

बिना लामा अहिले एमफिल गर्दै गरेको विद्यार्थी हो। अघिल्लो स्थानीय तहको निर्वाचनमा राप्रपाले असाध्यै कम ठाउँमा जित्दा पनि उहाँ गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो। पटक-पटकको महाधिवेशन प्रतिनिधि हो। सबै हिसाबले जनजाति महिला कोटामा उपयुक्त देखिएको हुनाले उहाँको नाम एक नम्बरमा राखेका थियौँ।

बुद्धिमान तामाङलाई जनजाति कोटामा राख्दा स्वभाविक रुपले एक नम्बरमा राख्नुपर्ने भइहाल्यो। त्यसैले यो एउटा संयोग मात्रै हो। हामीले कुनै पनि दबाब, प्रभाव र सम्बन्धको आधारमा सूची बनाएका छैनौँ। कुनै व्यापारीलाई हामीले त्यो सूचीमा राखेनौँ। र, छानेनौँ पनि। ११० जनाको मात्रै नाम राख्न पाइने। त्यसमा पनि ७ जना मात्रै छान्न पाइने। यस्तो अवस्थामा धेरै साथीहरुको आकांक्षा समेट्न सकिएन। त्यसैले गुनासोहरु होलान्। त्यसैले अहिले छानिएका मान्छेहरु अनुचित भएकाले गलत ढंगले ल्याइयो भन्ने चाहिँ ठाउँ छैन।

राजनीतिमा तपाईंहरुलाई मूलतः दक्षिणपन्थी शक्तिको रुपमा चिनिन्छ। अहिले तपाईंहरुको सिट संख्या पनि बढेको छ। दक्षिणपन्थी शक्तिको यस्तो फैलावटले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको स्वास्थ्यका लागि हानिकारक छ भन्ने विश्लेषण भइरहेको छ। तपाईंको प्रतिक्रिया के छ?    
पन्थको कुरा गर्दा राप्रपा केन्द्रबाट अलिकति दाहिनेतिर हो। हाम्रो विचार र मान्यताले त्यो विषय प्रष्ट पार्छ। दक्षिणपन्थलाई जसरी परिभाषित गरिन्छ, त्यस्तो होइन। र, हाम्रो फैलावटले देशलाई भलो नै गर्छ। बिग्रिएको राजनीति र पद्धतिलाई ठिक ठाउँमा ल्याउन मद्दत गर्छ भन्ने मलाई लाग्छ। राप्रपा जति विस्तारित हुन्छ, देशलाई त्यति नै राम्रो हुन्छ। अहिलेकै प्रणाली र अहिलेकै नेतृत्वबाट देशले परिवर्तन र विकास प्राप्त गर्न सक्दैन भनेर त हामीले निरन्तर भनिरहेकै छौँ।

एउटा संसद् समाप्त भएर अर्को संसद्‌का लागि भर्खर निर्वाचन भएको छ। अब नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुनेछ। संक्रमणकाल चलिरहेको छ। यस्तो बेलामा अध्यादेश ल्याउने, आफ्नो अनुकुल निर्णयहरु गर्ने जस्ता गलत काम गरिराखिएको छ। यसले स्पष्ट पार्छ, आफूलाई ठूलो भन्ने पार्टीहरु सुध्रिनेवाला छैनन्। यिनीहरुबाट परिवर्तन सम्भव छैन भन्ने कुरा देखिएको छ। यस्तो गलत प्रवृत्ति रोक्नका लागि र देशमा परिवर्तन ल्याउनका लागि, हाम्रो जीवनकालमै देशमा परिवर्तन ल्याउनका लागि राप्रपा फैलिन झन् जरुरी छ।

तपाईंहरु अहिलेको शासकीय विकृतिलाई लिएर पहिलेकै राजसंस्था नै ठिक अथवा पुरानै शासकीय प्रणाली ठीक भन्नुहुन्छ। त्यो बेलामा पनि विकृति त थिए नि?
हामीले पहिलेकै व्यवस्था र पहिलेकै राजसंस्था ठिक भनेको होइन। यो कुरामा स्पष्ट हुनुपर्छ।

त्यसो भए, गणतन्त्र आउनुअघिको राजसंस्था र अहिले तपाईंहरुले वकालत गरिरहनुभएको राजसंस्थामा के फरक हुन्छ त?
आकाश-जमिनको फरक छ। गणतन्त्र आउनुअघिको राजसंस्था भनेको प्रत्यक्ष कार्यकारीसहितको थियो। अहिले हामीले परिकल्पना गरेको शासकीय व्यवस्थाको स्वरुप केही फरक छ। पूर्ण समानुपातिक संसद्, सांसदले मन्त्री हुन नपाउने व्यवस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रुपमा राजा रहने व्यवस्था भनेका छौँ। अर्थात्, अहिलेको राष्ट्रपतिको ठाउँमा, चुनावको राजनीतिभन्दा माथि रहेको संस्थाको रुपमा राजा रहनुपर्छ भनेका छौँ। शासन चलाउने जनताबाट निर्वाचित कार्यकारी प्रमुखले हो। त्यसैले हिजोको राजसंस्था र हामीले परिकल्पना गरेको राजसंस्था, पहिलेको व्यवस्था र हामीले परिकल्पना गरेको व्यवस्थामा आकाश-जमिनको फरक छ।

तपाईंहरुले आफ्नो अजेन्डा लागू गराउनका लागि संसद्‌मा दुई तिहाइ पुर्‍याउँला र संविधान संशोधन गरौँला भनेर कुर्नुहुन्छ कि कुनै किसिमको अतिरिक्त संघर्ष पनि गर्नुहुन्छ?
दुइटै कुरा छ। एउटा त हामीले आवधिक निर्वाचनहरुमा जनताको विश्वास प्राप्त गरेर संविधान संशोधनका लागि चाहिने आवश्यक मत प्राप्त गर्ने र आफ्नो कुरा लागू गर्ने। त्योदेखि बाहेक पनि अरु दुइटा बाटो छ। अहिले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताको पक्षमा भएका राजनीतिक दलहरुलाई नै विश्वासमा लिएर र महसुस गराएर सम्झौताबाट यो व्यवस्थामा परिवर्तन गर्ने। तेस्रो, जनदबाब सिर्जना गरेर पनि अजेन्डा लागू गर्न सकिने बाटोहरु छन्।

यी सबै बाटोहरु खुला छन्। तर हामीले अहिले दोस्रो बाटोलाई प्राथमिकता दिएका छौँ। राप्रपा निश्चित आकारमा आएर ठूला राजनीतिक दलहरुलाई दबाब सिर्जना गर्न सक्यो र बुझाउन सक्यो भने उनीहरु नै सहमतिमा आएर पनि कुनै न कुनै प्रकारले राजसंस्थालाई 'स्पेस' प्रदान गर्न, निर्वाचन प्रणालीमा सुधार गर्न, हिन्दुराष्ट्र कायम गर्न सकिन्छ।

त्यस्तै, संघीयतालाई अधिकारको रुपमा व्याख्या गरिन्छ। त्यसै हो भने संघीयता शब्द कायम राखेर र अधिकारका विषय पनि कायम राखेर, केन्द्रको अधिकार स्थानीय तहलाई बढी दिने र स्थानीय तहको आधार वृद्धि गर्ने, अधिकार वृद्धि गर्ने र प्रदेश खारेज गर्ने गर्न सकिन्छ। सहमतिबाटै यी सबै गर्न सकिन्छ।

लामो समयसम्म राजसंस्थाको वकालत गर्नुभएका कमल थापाले राजसंस्थाको अजेन्डा नै छाड्नुभयो। त्यसैगरी तपाईंले कुनै दिन छाड्नुहोला भन्ने अपेक्षा गरिन्छ। त्यस्तो सम्भावना छ?
कसैले राजसंस्था र हिन्दुराष्ट्रको कुरा गरेर मेरो राजनीतिक अभिष्ट सिद्ध गर्न सक्छु, यो चिज बिक्री हुन सक्छ भन्ने अनुमान गरेर त्यो अजेन्डाको वकालत गरेको थियो तर अब त्यसले मलाई तत्काल लाभ हुँदैन भन्ने लागेपछि छोड्यो। त्यो व्यक्तिको कुरा भयो। हामीले राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा बोकेर लाभ लिउँला र शक्ति प्राप्त हुन्छ भनेर राजनीति गरेका होइनौँ। राजसंस्था र हिन्दुराष्ट्र देशको आवश्यकता हो। र, देशमा शान्ति र स्थायित्व कायम गर्ने र नेपाल जस्तो भूराजनीतिक परिस्थिति भएको देशको स्थायित्वलाई सुनिश्चित गर्ने हो भने अभिभावकीय संस्थाको रुपमा राजसंस्था चाहिन्छ है भन्ने हाम्रो निष्कर्ष हो।

राजसंस्था, हिन्दुराष्ट्र अथवा संघीयताको खारेजीको मुल निष्कर्ष भनेको त जनताको सुख र समृद्धि नै हो। लोककल्याणको कुरा हो। हामीले लोककल्याणकारी राज्यको लागि यी अजेन्डाहरु स्थायित्वका आधार हुन सक्छन् भन्ने हाम्रो मान्यता हो। हाम्रो मुल कुरा त जनताको समृद्धि हो। 

सदनमा त पुग्नुभयो। अब सरकारमा चाहिँ जानुहुन्छ कि हुन्न?
त्यो विषय अहिले हाम्रो प्राथमिकतामा छैन। छलफल नै गरेका छैनौँ।

तपाईंहरुको कुनै सर्त वा मुद्दा लागू हुने स्थितिमा पनि जानुहुन्न?
अहिलेको परिस्थितिमा हाम्रो अजेन्डा लागू हुन्छन् भन्ने मलाई लाग्दैन। हामीले पाएको जनमत अनुसार धेरै ठूलो-ठूलो गफ गर्नुपर्ने पनि छैन। कसैले हाम्रो त्यस्तो कुरा पत्याउँदैन पनि। राजसंस्था फर्काउने हो भने, हिन्दुराज्य कायम गर्ने हो भने, अहिल्यै प्रदेश खारेज गर्ने हो भने हामी समर्थन गर्छौँ भन्ने आकारमा हामी पुगेका छैनौँ। बरु सुशासन कायम गर्छौँ भन्ने प्रतिबद्धता आयो भने, हामी बिना सरकार नै नबन्ने भयो भने हामीले कुनै दलको सरकारलाई समर्थन गर्नसम्म सक्ने सम्भावना रहन्छ। नत्र हामी प्रतिपक्षमै बस्छौँ। समर्थन गरेर पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न सकिन्छ।

हामी १६५ मा ७ आयौँ, ११० मा पनि ७ आयौँ र समग्रमा २७५ मा १४ भयौँ। अब १४ सिटको दलले ठूलो कुरा गरेर हुँदैन। हामीलाई जनताले दिएको मत प्रतिपक्षमा बस्नका लागि हो। सकारात्मक भूमिका निर्वाह गर्ने हो। भोलि संसद्‌मा अनेक प्रकारका तलमाथि हुँदै गएर हामी निर्णायक भयौँ भने र हाम्रो भूमिका रहने भयो भने छलफल गरौँला। अहिले त हाम्रो संसदीय दल नै निर्माण भइसकेको छैन। त्यसैले संसदीय दलको बैठक पनि बसेको छैन। पार्टीले पनि सरकारमा सहभागिताको विषयमा अवधारणा बनाइसकेको छैन। त्यसैले यसै हो भन्ने छैन।

हामीले घोषणापत्रमा लेखेका छौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी दिनमा सत्ता केन्द्रित राजनीति गर्दैन। हिजो राप्रपा सरकारमा जाने मुख्य पार्टीको सहयोगी बन्न तयार हुन्थ्यो। जोसुकैले नेतृत्व गरे पनि राप्रपा सरकारमा जान तयार छ भन्ने छवि बनाएको थियो। अब राप्रपा त्यो छविबाट अलग भएको छ। अब राप्रपा बिना कारण जो पायो त्यही सरकारमा जाँदैन भन्ने कुरा त हामीले स्पष्ट पारिसकेका छौँ।

निर्वाचन अगाडि झापामा तपाईं उम्मेदवार रहेकै क्षेत्रमा एउटा कार्यक्रम भएको थियो। त्यहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दा निर्वाचनपछि एमालेको सरकार बन्छ र राजेन्द्र लिङ्देन मन्त्री बन्नुहुन्छ भन्नुभएको थियो। त्यतिबेला तपाईं मुसुक्क हाँस्नुभएको थियो नि!
हाम्रो विचार अलग छ। तर उहाँले भन्दिनुभयो। त्यसमा विवाद गर्नु के जरुरी हुन्थ्यो र! तर सरकार मेरो प्राथमिकता होइन। अहिलेको व्यवस्था अनुसार सांसद त हुनुपर्‍यो। एउटा 'प्लेटफर्म'मा आउनुपर्‍यो। सांसद हुनु नहुनु, मन्त्री हुनु नहुनु, चुनाव जित्नु नहुनु अलग विषय हो। मुख्य विषयचाहिँ जनताको मन जित्नु हो भन्ने मान्यता राख्छु। मन्त्री हुनु नै मेरो प्राथमिकता भएको भए केपी ओलीज्यूले राप्रपाको तर्फबाट म एक जना मात्रै सांसद हुँदा नै मन्त्री खुवाउनुहुन्थ्यो। उहाँको चाहना थियो होला कि, हामीले सहकार्य गरेर चुनाव लडिरहेका छौँ, त्यसैले कोही मान्छे मन्त्री हुन्छ भन्यो भने त्यहाँको जनताले यो ठूलो मान्छे हुने रहेछ भनेर राजेन्द्रलाई भोट दिन्छ र जित्छ भन्ने सद्‌विचारका साथ भन्नुभएको हुनसक्छ।

तपाईंकै पार्टीका केही सांसदहरुले अब सरकारमा जाने हो, मन्त्री खाने हो भनेर सार्वजनिक रुपमा बोलिरहनुभएको छ नि?
अहिले हाम्रा कुनै पनि सांसदले हामी सरकारमा जान्छौँ भनेर भन्नुभएको छैन। भन्नुभएको भनेर जसरी कुरा आएको छ, त्यहाँ बुझाइमा गल्ती भयो होला। अहिले हामी कसैको पनि सरकारमा जाने धारणा छैन।

विगतमा राप्रपा बलियो हुँदा विभाजित हुने र कमजोर हुँदा मिल्ने। मिलेर सरकारमा जाँदा बलियो भएर आउने र सत्ताको झिनाझप्टीले पुन विभाजन हुने चक्रमा फसेको थियो। अहिले बलियो हुनुभएको छ। फेरि पनि विभाजन हुन्छ भन्ने विश्लेषण हुन थालेको छ। अब पार्टी विभाजन हुँदैन भनेर कसरी आश्वस्त पार्नुहुन्छ?
विगतमा राप्रपालाई विभाजन गरियो। पार्टीलाई ओरालो लैजाने क्रियाकलाप भए। अब त्यसप्रकारको सम्भावनाहरु छैन। व्यक्तिगत रुपमा कसैले पार्टी छाड्ने र कोही जोडिने स्वभाविक प्रक्रिया भइहाल्यो। त्यस्तो कुराको 'ग्यारेन्टी' लिन पनि सकिँदैन। अब राप्रपाले विभाजनको कल्पना गर्न सक्दैन। हामी स्वयं पनि अहिले राप्रपामा शुद्धीकरण चाहन्छौँ। महाधिवेशनपछि स्थानीय तहको निर्वाचन भयो। त्यसपछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भयो। हामीले संगठन शुद्धीकरण र संगठन निर्माणका खास कामहरु गर्न पाएनौँ। अब त्यो कामहरु गर्नु पर्नेछ।

पार्टीका ठूलाठूला पदमा बस्ने तर पार्टीलाई भोट नहाल्ने र पार्टीले दिएको पद र प्रतिष्ठालाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्तिमा धेरै परिवर्तन त आइसक्यो। तर पछिल्लो दिनमा पनि पार्टीको पदमा बस्ने तर चुनावका लागि एक पाइला पर नजाने, आफ्नै छिमेकी र परिवारका सदस्यलाई राप्रपालाई सहयोग गरौँ भनेर नभन्ने र आफ्ना सारा गतिविधि पार्टी हितविपरीत गर्नेहरु पार्टीमा रहनुको कुनै औचित्य छैन। त्यस्ता मानिसहरु स्वयंले खुसीले छाडेर जान्छन् भने राम्रो भयो। नत्र छोडाउनुपर्ने अवस्था पनि आउँछ।

त्यसैले हामीले शुद्धीकरणका अभियानहरु पनि चलाउन जरुरी छ। पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा बसेका मानिसहरुले आफ्नै ठाउँमा उम्मेदवार नउठाउने, आफ्नै उम्मेदवारलाई भोट नहाल्ने जस्ता कमजोरी, जुन अरु पार्टीमा हुन्थ्यो, राप्रपामा पनि देखियो। त्यसलाई हामीले निर्ममतापूर्वक सुधार गरेर जान्छौँ। तर पार्टी नै विभाजन हुने अब कुनै कल्पना नगरे हुन्छ।

विस्तृत अन्तर्वार्ताका लागि भिडिओ हेर्नुहोस्-

 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली प्रदेशका कर्मचारीको नयाँ तलबमान र भत्ता स्वीकृत
बीपी राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ?
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
कर्णाली प्रदेशका कर्मचारीको नयाँ तलबमान र भत्ता स्वीकृत बुधबार, भदौ १०, २०८३
बीपी राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
वर्षाका कारण ६ वटा मुख्य सडकखण्ड प्रभावित, ३ वटामा रातिको समयमा यातायात सञ्चालनमा रोक बुधबार, भदौ १०, २०८३
लगातार दोस्रो जितको खोजिमा नेपाल बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्