काठमाडौं– सोमबार दुई अपहरणकारी प्रहरी गोलीबाट मारिएको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले छानबिन गर्ने भएको छ। इन्काउन्टरमा मारिएका २ युवकका आफन्तले आयोगमा उजुरी दिएपछि आयोगले छानबिन अघि बढाउने आश्वासन दिएको छ।
११ बर्षिय बालक निशान खड्काको अपहरण गरी हत्या गर्ने दुई जना जवाफी फायरीङका क्रममा सूर्यबिनायकको जंगलमा मारिएका थिए। नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकका अजय तामाङको मृत्यु भएको थियो। मृतकका आफन्तहरुले पक्राउ गरेर उनीहरुलाई गोली हानीएको दाबी गरेका छन्।
बालक अपहरण र इन्काउन्टर दुवै घटनाको आफूहरुले छानबिन गर्ने आयोगका सदस्य सुदीप पाठकले बताए।
इन्काउन्टरमा मारिएका व्यक्तिका आफन्तले शव बुझ्न मानेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।