• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

एमाले सशक्त प्रतिपक्षको भूमिकामा रहन्छ: विष्णु पौडेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २२, २०७९  १५:४३
1140x725

नेकपा एमाले प्रतिनिधि सभामा १५० सिट जित्ने लक्ष्यसहित निर्वाचनमा होमिएको थियो। तर मुस्किलले आधा मात्रै सिट जितेको छ। उसका कैयौँ प्रमुख नेताहरु पराजित भए। निर्वाचन जितेर एकल सरकार गठन गर्ने एमालेको घोषित लक्ष्यमा धक्का लागेको छ। यस किसिमको अनपेक्षित नजितालाई एमालेले कसरी लिएको छ? अब उसको भूमिका के रहन्छ? आफ्नै नेतृत्वमा सरकार गठन गर्ने पहल एमालेले गर्छ कि गर्दैन? कि, कांग्रेसलाई सघाउँछ? यी र यस्तै सवालहरुसहित नेपाल लाइभका लागि किशोर दहाल र डीबी खड्काले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग गरेको कुराकानी:

तपाईंहरु प्रत्यक्षतर्फ १०० र समानुपातिकतर्फ ५० सिट गरी कुल १५० सिटको लक्ष्य राखेर निर्वाचनमा होमिनुभएको थियो। तर त्यो लक्ष्य हासिल गर्न सक्नुभएन। किन?
हामीले अपेक्षा अनुसारको नतिजा हासिल गर्न सकेनौं। जनताको मतको हिसाबले पहिलो स्थान दिए। तर सिट संख्याको हिसाबले हामी पहिलो पार्टी हुन सकेनौँ। र बहुमत प्राप्त गर्न सकेनौं। मुलुकलाई स्थिरतातर्फ लैजानका लागि नेकपा एमालेले बहुमत प्राप्त गर्नुपर्थ्यो। एमालेले बहुमत प्राप्त गर्न नसके पनि अरु कुनै दलले प्राप्त गर्नुपर्थ्यो। कसैको पनि बहुमत आएन। त्रिशंकु संसद्को अवस्था बन्नु मुलुकका लागि दुःखद् र दुर्भाग्यपूर्ण हो। यसले अस्थिरता निम्तिने र मुलुक अनपेक्षित समस्यामा फस्ने जोखिम छ।

कस्ता अनपेक्षित समस्या भन्न खोज्नुभएको?
अस्थिरताभित्र धेरै विषयहरु पर्छन्। अस्थिरताभित्र धेरै समस्याहरु झाँगिन सक्छन्।

निर्वाचनबाट कसैको बहुमत आएन। अर्कोतिर, दुई ठूला दल पनि नमिल्ने हो भने सरकारहरु अस्थिर हुने सम्भावना पनि छ। त्यसैले अहिले मुख्य दलहरु मिलेर सरकार बनाउनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ। दोस्रो संविधान सभाका बेलामा जस्तै कांग्रेस र एमाले मिल्ने सम्भावना कति छ?
संविधान निर्माणको बेला र कुनै व्यवस्था परिवर्तन गरेर निर्वाचनसम्म जाने अल्पकालीन अवस्थाका बेलामा प्रमुख दलहरुले सँगै बसेर सरकार सञ्चालन गर्नुपर्ने हुन्छ। त्यस्तो गरिएको पनि छ। अहिलेको निर्वाचन त्यस्तो होइन। यो एउटा नियमित प्रक्रिया हो। यस्तो अवस्थामा प्रमुख पार्टीहरु सँगै सरकारमा बस्नु उचित हुँदैन। त्यसैले अहिले एमाले र कांग्रेस मिलेर सरकार चलाउनु उचित हुँदैन।

कांग्रेस र एमाले सँगै सरकारमा जाँदा त्यसले लोकतन्त्रलाई मद्दत गर्दैन। प्रमुख पार्टीहरुले सँगै बसेर सरकार सञ्चालन गर्ने हो भने त्यसले निरंकुशतातर्फ धकेल्ने खतरा रहन्छ। सत्ता पक्षले आवश्यक बहुमतका साथ सरकार गठन गरोस्, प्रतिपक्ष पनि सदनमा सशक्त प्रभावकारी भूमिकामा रहोस् भन्ने हाम्रो व्यवस्था हो। तर प्रमुख पार्टीहरु नै सत्तामा बस्ने हो भने प्रतिपक्ष कमजोर हुन्छ। प्रतिपक्ष कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ। त्यसकारण एमाले र कांग्रेस सँगै सरकारमा बस्नु उचित हुँदैन।

एमालेले आफ्नो नेतृत्वको सरकार बनाउनका लागि पनि पहलकदमी गर्दैन?
अहिले हामी प्रतिपक्षमा बस्छौँ। प्रतिपक्षमा रहेर सशक्त र प्रभावकारी रुपमा भूमिका निर्वाह गर्छौँ। निर्वाचनको क्रममा हामीले जनतासँग बहुमत मागेका थियौँ। तर बहुमत प्राप्त गर्न सकेनौँ। हामी संसद्‌को ठूलो दल पनि भएनौँ। यस्तो अवस्थामा एमालेले सरकारमा जान खोज्नु र सरकारको नेतृत्व दाबी गर्नु उचित होइन। त्यसैले हामी प्रतिपक्षमै बस्छौं। प्रतिपक्षको भूमिका प्रभावकारी ढंगले निर्वाह गर्छौँ।

शक्तिको हिसाबमा सदनमा वाम शक्ति ठूलो देखिन्छ, पक्ष र विपक्ष जताजता भए पनि। वाम एकता हुने कत्तिको सम्भावना देख्नुहुन्छ?
वाम र दक्षिणको परिभाषा फुर्सदमा गरौँला। कुनै अभिव्यक्तिमा वाम र दक्षिणपन्थी खोज्ने हो कि, काम कारबाही र निर्णयमा वाम र दक्षिणपन्थी खोज्ने हो? भन्ने कुरा हो। म त्यतातिर जान चाहन्नँ। को वाम हो, को वाम होइन? भन्ने कुराचाहिँ केका आधारमा यकिन गर्ने भन्ने प्रश्नतर्फ नजाऔँ।

अहिले मैले के देख्छु भने, मुलुकको नेतृत्व हामी गर्छौँ भनेर जनतासमक्ष गयौँ। जनताले हामीलाई सिट संख्याको हिसाबले दोसो ठूलो दल र मत संख्याको हिसाबमा पहिलो ठूलो दलका रुपमा स्वीकार गरे। बहुमत हामीले प्राप्त गरेनौँ। हामीलाई प्रतिपक्षको भूमिकामा निर्वाह गर भन्ने जनादेश आएको हुनाले हामी सोही अनुरुप अगाडि बढ्छौँ।

nimb
nimb
Ncell 2
Ncell 2

सिट संख्या नभए पनि जनमतको हिसाबले ठूलो दल बन्नुभयो। त्यसअनुसारको भूमिका खोज्नुहुन्छ कि?
जनमतका हिसाबले ठूलो हुनुको दायित्व त हामी निर्वाह गर्छौँ। तर हामीसँग बहुमत छैन। गठबन्धनले पनि बहुमत त ल्याएन। तर बहुमतको नजिक-नजिक पुगेको छ। जोडजाम गरेर बहुमत पुर्‍याओस्। सरकार गठन गरोस्।

सत्ता गठबन्धन फुटोस् भन्ने एमालेको चाहना पहिल्यैदेखिको हो। सोहीअनुसार निर्वाचनअघि जसपालाई आफूतिर ल्याउनुभयो। फेरि कुनै पार्टीलाई गठबन्धनबाट बाहिर निकालेर एमाले नेतृत्वमा सरकार गठन गर्ने प्रयत्न हुँदैन?
गठबन्धन टुटोस् वा जुटोस् भन्ने हाम्रो सरोकारको विषय होइन। गठबन्धन हाम्रा कारणले जुट्ने पनि होइन। हाम्रा कारणले टुट्ने पनि होइन। गठबन्धन बन्ने आफ्नै कारणाले हो। टुट्ने पनि आफ्नै कारणले हो। त्यसमा हाम्रो रुचि पनि छैन। चासो पनि छैन। चुनावभन्दा अघिका सन्दर्भहरु अहिले सम्झिरहन पनि परेन। मैले भनिहालेँ, अहिले हामी सशक्त र प्रभावकारी प्रतिपक्षको भूमिकामा हुन्छौँ।

गत शनिबार माओवादीका उपाध्यक्षले आफूहरु गठबन्धनको सन्दर्भमा खुला रहेको अभिव्यक्ति दिए। एमाले र माओवादीबीच नै गठबन्धन हुने आलकनका रुपमा त्यो अभिव्यक्तिलाई लिइएको छ। त्यस्तो सम्भावना छ?
मैले त खुला छ भन्ने पनि सुनेँ, बन्द छ पनि भन्ने सुनेँ। तपाईंले कुनलाई ‘क्वोट’ गर्नु भएको हो, मैले बुझिनँ। त्यसैले ‘रे’ भन्ने कुरामा लाग्नु हुँदैन। मैले भनिहालेँ नि, हामी अहिले प्रतिपक्षमा बस्छौँ। र सशक्त रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ। हामी छिटो र छोटो अवधिमा नेपाली जनतालाई यो कुरा अनुभूति दिलाउने गरी काम गर्छौ- एमालेलाई बहुमत नदिएर, एमालेको पक्षमा सरकार बन्न नसक्ने अवस्था सिर्जना गरेर गल्ती भएछ, त्रुटि भएछ, भुल भएछ।

यो प्रश्न तपाईंलाई नै सोध्नुपर्ने कारण के हो भने, हिजो एमाले र माओवादी एकतामा तपाईंको पनि प्रमुख भूमिका थियो। एकता टुट्न नदिन पनि भूमिका खेल्नुभयो, तर असफल हुनुभयो। एमाले र माओवादी केन्द्रलाई पुनः मिलाउने गरी समन्वयकारी भूमिका निर्वाह गर्न फेरि अगाडि बढ्नुहुन्छ कि?
त्यो तपाईंले हिजोको कुरा गर्नुभयो। अबचाहिँ पानी पर्दा पनि छाता ओढ्ने, घाम लाग्दा पनि छाता ओढ्ने र बादल लाग्दा पनि छाता ओढ्ने त हुँदैन नि!

त्यसो भए अबचाहिँ तपाईंहरु कुनै पनि मौसममा कुनै पनि खालको छाता ओढ्नु हुन्न?
अहिले हामी जनमतलाई सम्मान गर्छौँ। जनादेशलाई सम्मान गर्छौँ। कि, कसो, आदि, इत्यादि भनिरहन परेन। जनताले दिएको आदेशलाई शीरोधार्य गर्छौँ। त्यसका आधारमा हामी काम गर्छौँ। हामीले बहुमत मागेका थियौं। त्यो पाएनौँ। यसको अर्थ जनताले हामीलाई प्रतिपक्षमा बस भनेको हो। त्यसैले हामी प्रतिपक्षमै बस्छौँ।

जनताले एमालेलाई दुई पटकसम्म संसद् विघटन गरेको सजाय दिए भन्ने विश्लेषण पनि भइरहेको छ। त्यसबारे के भन्नुहुन्छ?
सजाय दिएको भए त हामीहरु सकिनुपर्ने हो नि त! एमालेलाई सक्नका निम्ति होइन र यो गठबन्धन भएको? एमालेलाई सक्नका लागि त हो नि यो गठबन्धन बनेको। एमालेसँगको डरले बनेको त हो नि। यो लुकेको कुरा छ र? एमाले एक्लै लड्न नसकिने शक्ति हो भन्ने ठानेर गठबन्धन गरिएको हो नि। त्यसका बाबजुद पनि त जनमतका हिसाबले त एमाले १ नम्बरको पार्टी छ। सिट संख्या त मत संख्याको आधारमा तय गर्ने हो। त्यसैले एमाले के हो भन्ने कुरा त जनमतले प्रष्ट्याएको छ।

लोकप्रिय मत पनि त घट्यो नि?
घट्यो। त्यसको पनि हामी समीक्षा गर्छौँ। वास्तवमा स्थानीय निर्वाचनको अनुपातमा त्यो मत घटेको छ। हामीले त्यस विषयमा सुक्ष्म समीक्षा गर्छौँ। अरुको पनि घटेको छ। तर अरुको त्यति चासोको विषय भएन। हामी हाम्रो मत किन घट्यो भनेर समीक्षा गर्छौँ।

नयाँ दलहरु उदय भएका छन्। यसलाई तपाईंहरु कसरी मूल्यांकन गर्नुभएको छ?
त्यसको अर्थ खोज्ने कुरा त भोलि त्यसका काममा हेर्ने हो। कामबाटै उहाँहरुको उदयको अर्थ देखिने छ। उहाँहरु कस्ता खालका काम गर्नुहुन्छ, त्यसमा भर पर्ने कुरा हुन्छ। एउटा चिज के हो भने, पुराना दलहरु प्रतिको एउटा असन्तुष्टि र आक्रोश पनि मिसिएको छ। तर त्यति मात्रै होइन, त्यो पनि हो। त्यो कुरा म मान्छु।

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली प्रदेशका कर्मचारीको नयाँ तलबमान र भत्ता स्वीकृत
बीपी राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ?
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
कर्णाली प्रदेशका कर्मचारीको नयाँ तलबमान र भत्ता स्वीकृत बुधबार, भदौ १०, २०८३
बीपी राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
वर्षाका कारण ६ वटा मुख्य सडकखण्ड प्रभावित, ३ वटामा रातिको समयमा यातायात सञ्चालनमा रोक बुधबार, भदौ १०, २०८३
लगातार दोस्रो जितको खोजिमा नेपाल बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्