• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वैदेशिक रोजगारीको ठगीमा मेनपावर कि एजेन्ट बढी दोषी?

64x64
नेपाल लाइभ बुधबार, साउन २३, २०७५  ००:३२
1140x725

काठमाडौं– विगत १० वर्षयता वैदेशिक रोजगारीमा जाने युवाको संख्या सयौं गुणाले बृद्धि भएको छ। रोजगारीमा जाने युवाको संख्या बढेसँग यो क्षेत्रमा ठूलो आर्थिक ठगी हुने गरेका उदाहरण पनि प्रसस्त छन्। 

रोजगारीका क्रममा वार्षिक प्रत्यक्ष ३ हजारभन्दा वढी युवा आर्थिक शोषणमा पर्ने गरेको तथ्यांक छ। 

यसरी ठगिएका कामदारले विभागमा दाबी गरेको रकमलाई आधार मान्ने हो भने पछिल्लो समय रोजगारीको खोजीमा रहेका युवा बढी आर्थिक शोषणमा पर्नेगरेको पाइन्छ। 

रोजगारीको प्रलोभनमा परी मेनपावर र तिनका एजेन्टले ठगी गरेको भन्दै कामदार न्याय खोज्न विभागमा आउने गरेको वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजालले बताएका छन्। 

रोजगारीका नाममा हुने ठगी रोक्न विभागले सक्दो प्रयास गरिरहेको उनको भनाइ छ। तर, प्रवक्ता रिजालले भनेजस्तो रोजगारी क्षेत्रमा भइरहेको आर्थिक ठगी नियन्त्रण गर्ने प्रयास विभागले गरेको पाइँदैन। 

विगत ११ वर्षयता करिब १५ अर्बभन्दा बढी रकम बराबरको ठगीका उजुरी परे पनि विभागले यस अवधिमा पीडितलाई ६ अर्ब रुपैयाँ मात्र क्षतिपूर्ति भराउन सफल भएको छ।

रोजगारीको खोजीमा रहेका युवा ठगिनुमा मेनपावरसँगै तिनले राखेका प्रतिनिधि एजेन्ट संलग्न हुनेगरेका छन्। 

तर, ठगीमा मेनपावर र एजेन्ट को बढी दोषी छ भन्ने विषयमा दुवैले एक अर्कोलाई देखाउँदै आएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कामदार ठगीमा एजेन्टको संलग्नता धेरै हुने गरेको मेनपावर व्यवसायीले आरोप लगाउँछन्। एजेन्ट भने मेनपावरले आफूहरुलाई कामदार खोज्न लगाएर ठूलो रकम ठगेर दोष मात्र दिने गरेको आरोप लगाउँछन्। यो आरोप प्रत्यारोप वर्षौंदेखि जारी छ।

विभागमा प्रायः मेनपावर र एजेन्टका नाममा बराबार मुद्दा पर्ने गरेको छ। जसका कारण मेनपावर र एजेन्टको मिलोमतोमा रोजगारीका नाममा कामदार ठगिने गरेको स्पष्ट हुन्छ।

तर, ठूलो रकम ठगीमा मेनपावर र सानो रकम ठगीमा तिनका एजेन्ट संलग्न हुने रहेको पाइन्छ। 

यो ठगीमा कसको धेरै हात छ भनेर नियमन गर्ने निकाय विभागले पनि पहिचान गर्न सकेको छैन।

रोजगारीका नाममा कामदार ठगिनुमा मेनपावर र एजेन्ट दुवै संलग्न हुने गरेको श्रम विज्ञहरु बताउँछन्। 

सरकार कडा रुपमा प्रस्तुत भएर कानुनी कारबाही गर्न नसक्दा ठगीमा मेनपावरभन्दा धेरै एजेन्ट सक्रिया हुने गरेको पिपुल्स फोरमका कानुनी सल्लाहकार सोम लुइँटेल बताउँछन्।

मेनपावर कम्पनी र तिनका एजेन्टले वैदेशिक रोजगारीको नाममा रकम असुल गरी स्वदेश तथा विदेशमा कामदारलाई अलपत्र पार्ने, बढी रकम असुल्ने र सम्झौता बमोजिम सेवा सुविधा तथा पारिश्रमिक नदिने गरेको उजुरी विभागमा वार्षिक रुपमै बढ्दै गएको छ।

आधाभन्दा कम क्षतिपूर्ति 

आर्थिक वर्ष २०७४/७५ मा मेनपावर कम्पनी र एजेन्टका नाममा संस्थागत र व्यक्तिगत गरी २ हजार ७ सय गठीका उजुरी वैदेशिक रोजगार विभागमा दर्ता भएका छन्। 

गत आर्थिक वर्षमा विभागमा १ अर्ब ५२ करोड रुपैयाँको बिगो दाबीसहितको उजुरी परेको थियो। जसमा विभागले पीडितलाई २० करोड रुपैयाँ मात्र क्षतिपूर्ति भराउन सकेको छ। 

आर्थिक वर्ष ०७३/७४ मा ७५ करोड ७८ लाख माग दाबी गर्दै पीडितले उजुरी दिँदा विभागले १८ करोड ९४ लाख रुपैयाँ क्षतिपूर्ति भराएको थियो। 

आर्थिक वर्ष २०७२/७३ मा ७३ करोड ३९ लाख रुपैयाँभन्दा बढी ठगीको उजुरी परेकामा विभागले २० करोड ३५ लाख रुपैयाँ मात्र बिगो भराउन सफल भयो। 

आर्थिक वर्ष ०७१/७२ मा विभागमा वैदेशिक रोजगारीको नाममा ठगीमा परेको भन्दै ७५ करोड ७८ लाख रुपैयाँ माग दाबीसहितको उजुरी परेको थियो। जसमा विभागले पीडितलाई ४३ करोड रुपैयाँ बिगो भराएको थियो। 

आर्थिक वर्ष २०७०/७१ मा ६७ करोड ३९ लाख रुपैयाँभन्दा बढी ठगीको उजुरी परेकामा विभागले ३० करोड ७६ लाख रुपैयाँ बिगो उठाइदिएको थियो। 

यसरी वार्षिक रुपमा बढ्दै गएको ठगीलाई नियन्त्रण गर्न सरकारले कानुनी उपचार खोज्न सकेको पाइँदैन। जसका कारण ठगीको रकम वार्षिक रुपमा बढ्दै गएको सरोकारवालाहरु बताउँछन्। 

विभागमा दैनिक रोजगार पीडितको भीड 

रोजगारीका नाममा आर्थिक शोषणमा परेको भन्दै दैनिक ७ देखि १० वटा उजुरी विभागमा दर्ता हुने गरेका छन्। विभागले दैनिक उजुरीका आधारमा सुनुवाइ गर्दै आएको छ। 
विभागमा कामको सिलसिलामा रोजगारीमा जाने कामदार र विदेश पठाउने मेनपावरको दैनिक भीड लाग्ने गर्छ। 

वैदेशिक रोजगारीका नाममा ग्रामीण क्षेत्रका सोझा युवासँग रकम असुलेर फरार हुने गिरोह सक्रिय रहेका कारण यो क्षेत्र बदनाम हुँदै गएको वैदेशिक रोजगार विभागका प्रवक्ता रिजालको भनाइ छ।

वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्ने कामदारलाई लागतको डेढ गुनासम्म क्षतिपूर्ति भराउनुपर्ने व्यवस्था छ। तर, व्यावहारिक रुपमा हेर्दा निकै कमले मात्र ऐनमा व्यवस्था भए अनुसारको क्षतिपूर्ति पाउने गर्छन्।

विभागमा आउने उजुरीको चाप अनुसार कर्मचारी नहुँदा समयमै समस्या समाधान गर्न कठिन हुने गरेको विभागको भनाइ छ। 

अदालतमा कम पुग्छन् मुद्दा 

मेनपावर कम्पनी र एजेन्टमार्फत हुने गरेका ठगीका मुद्दा कमै मात्र अदालत पुग्ने गरेको पाइन्छ। विभागले हालसम्म १ सय ६६ वटा मुद्दा अदालतमा दर्ता गराएको छ। 

मेनपावर कम्पनीमार्फत भएका अधिकांश ठगीका घटनालाई विभाग आफैंले निरूपण गर्ने भएकाले अदालतमा निकै कम मात्र मुद्दा पुग्ने गरेको विभागले जनाएको छ। 

व्यक्तिगत ठगीमा भने पैसा लिएर व्यक्ति फरार हुने वा रकम लिएको प्रमाण अभावका कारण कानुनी रूपमै निरूपण गर्न समस्या हुने गरेको विभागको अनुभव छ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०७५  ००:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद्
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्