• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन २४, २०८२ Sun, Mar 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रसुवागढी नाकामा साउनभर यातायात ठप्प हुने, भत्किएको १० दिनपछि घट्टेखोलाको पुल मर्मत सुरु

64x64
नेपाल लाइभ मंगलबार, साउन २२, २०७५  ०९:५१
1140x725

रसुवा– नेपाल र चीनबीच सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी नजिकै बाढीले क्षति पुर्‍याएको पुलको मर्मत कार्य सुरु भएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेस्थित घट्टेखोलामा बाढीले क्षति पुर्‍याएको पक्की पुलको सोमबारदेखि मर्मतको कार्य सुरु भएको हो।

पुल मर्मतका लागि आवश्यक पर्ने गिट्टी, बालुवा, सिमेन्ट, रड, जाली र फर्मा तयार पारिएसँगै पुल मर्मतको कार्य सुरु भएको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले बताए। ‘पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती खण्डको तिरतिरे भीरमा पहिरो गएपछि निर्माण सामग्री आयात गर्न सकिएको थिएन। जसले गर्दा निर्माण सामाग्री आपूर्ति हुनै ढिलाई भयो।,’ उनले भने, ‘एक साताको बीचमा निर्माण सामाग्री सबै आइपुगेको छ। त्यसलगत्तै निर्माणको कार्य सुरु भएको हो।’

दश दिनअघि अविरल वर्षासँगै आएको बाढीले पुलको पिल्लरको दुबै तर्फको भागमा क्षति पुर्‍याएको थियो। पिल्लर कमजोर भएपछि सवारी सञ्चालन गर्दा उच्च जोखिम भएकाले विगत १० दिनदेखि साना तथा ठूला सवारी सञ्चालनमा रोक लगाइएको छ। सवारी आवतजावतमा रोक लगाएसँगै नेपाल तथा चीनतर्फ २ सयभन्दा बढी कन्टेनर रोकिएर बसेको प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले बताए।

उक्त पुल चिनियाँ पक्षले निर्माण गरेको हो। सडक विभागका अनुसार निर्माणका क्रममा तयार पारिएको ‘इस्टक्चर ड्रोइङ डिजाइन’मा जमिनभन्दा २४ मिटर तलको ‘बेस’मा ढलान गरेको भेटिएको हुदाँ ‘सपोर्ट वाल’ लगाएर मर्मतको काम सुरु गरिने डिभिजन प्रमुख निरज शाक्यले जानकारी दिए। उनले भने, ‘भासिएको ठाउँमा ढुङ्गा हालेर ढलान गर्छौं र तलैदेखि वाल लगाएर मर्मतको काम गर्नेछौँ।’

Ncell 2
Ncell 2

रसुवागढी नाकामा साउनभर यातायात ठप्प

योसँगै चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा साउन महिनाभर सवारी साधन सञ्चालन नहुने भएको छ। बाढीले क्षति पुर्‍याएको पुलको मर्मतमा ढिलाई हुँदा यो महिना सवारी सञ्चालन हुने सम्भावना टरेको हो। पुलको दुबैतर्फको पिल्लरको भागमा टेवा पर्खाल तथा पिल्लर राख्न करिब १५ दिन लाग्ने भएको हुदाँ यो महिना नाकामा सवारी आवतजावत नहुने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ।

सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट आयात निर्यात हुँदै आएको थियो। यसका अलावा रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि यस नाकामा चहलपहलसमेत बढेको देखिन्छ। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सयभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन्।

चीनले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै नाकामा व्यापारिक तथा सवारीसाधनको चहलपहल बढेको हो। चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका पाटपुर्जा, कस्मेटिक सामान आयात हुने गरेको छ भने नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरा लगायतका सामग्री निर्यात हुने गरेको छ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५  ०९:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाँचथरमा कांग्रेसका नरेन्द्र केरुङ विजयी
इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित
पाल्पा-१ मा कांग्रेसका सन्दीप राना विजयी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पाँचथरमा कांग्रेसका नरेन्द्र केरुङ विजयी आइतबार, फागुन २४, २०८२
इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित आइतबार, फागुन २४, २०८२
पाल्पा-१ मा कांग्रेसका सन्दीप राना विजयी शनिबार, फागुन २३, २०८२
ताप्लेजुङमा एमालेका थेवे निर्वाचित शनिबार, फागुन २३, २०८२
तबला उपहार दिएको तस्बिर राख्दै ओलीले दिए बालेनलाई बधाई शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेशभरीकै प्रभावशाली मानिएका रावल पराजित, अछाममा २६ वर्षपछि कांग्रेसको कमब्याक शनिबार, फागुन २३, २०८२
सुदूरपश्चिममा कांग्रेसले खोल्यो खाता, डोटीमा खड्का विजयी शनिबार, फागुन २३, २०८२
नेपाली जनता र सरकारलाई बधाइ दिँदै मोदीले भने- ऐतिहासिक कोशेढुंगा शनिबार, फागुन २३, २०८२
पार्टीका नेता कार्यकर्तालाई रास्वपाको निर्देशन- अनावश्यक टिकाटिप्पणी र अवाञ्छित कार्य गतिविधि नगर्नू शनिबार, फागुन २३, २०८२
तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्