• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

४ वर्षमा उपत्यकामा प्रहरीका ११ ‘इन्काउन्टर’

64x64
नेपाल लाइभ मंगलबार, साउन २२, २०७५  १३:२१
1140x725

काठमाडौं–  केही वर्ष अघिसम्म यस्तो समय थियो, काठमाडौं उपत्यकामा हरेक महिनाजसो गोली प्रहार तथा खुकुरी आक्रमणका घटना हुन्थे। घटनामा संलग्नहरुलाई पक्राउ गर्न प्रहरीलाई महिनौं लाग्थ्यो। त्यसबेलाका कतिपय घटना अझै रहस्यमै छन्। तर, पछिल्ला वर्ष हरेक महिनाजसो प्रहरी आफैंले 'इन्काउन्टर'को नाममा गोली चलाउन थालेको छ। गत जेठ र असारमा प्रहरीले २ अभियुक्तलाई गोली हानेर पक्राउ गर्‍यो भने सोमबार बालक निशान खड्काका २ अपहरणकारी प्रहरीको गोलीबाट मारिए।  

प्रहरीका यी 'इन्काउन्टर' घटनाको कसैले प्रशंसा गरेका छन् भने कतिपयले ‘प्रहरी राज’को संकेत भन्दै आलोचना गरेका छन्। सबै घटना प्रतिरक्षाका क्रममा भएको प्रहरीले दाबी गर्दै आएको छ।  

पछिल्ला वर्ष प्रहरीमा ‘इन्काउन्टर क्रेज’ निकै देखिएको छ। प्रहरी संगठनमा ‘इन्काउन्टर’ घटना सामान्य हुन थालेको छ। पछिल्लो ४ वर्षमा उपत्यकामा मात्र प्रहरीको गोलीबाट ५ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।  

जो इन्काउन्टरमा मारिए 

१. चरी (दिनेश अधिकारी) : ‘चरी डन’ घटना सबैभन्दा चर्चा र विवादमा परेको प्रहरीको इन्काउन्टर हो। चरी उपनामले चिनिने धादिङका दिनेश अधिकारी २३ साउन २०७१ मा प्रहरी मुठभेडमा मारिएका थिए। पुष्कर कार्की अपराध महाशाखाको प्रमुखका रुपमा रहेका बेला चरी इन्काउन्टरको घटना भएको थियो।

प्रहरीले चरीको इन्काउन्टर नभई 'हत्या' गरेको भन्दै सडकदेखि सदनसम्म हंगामा भयो। 

प्रहरीले पक्राउ गरेर हत्या गरी बाटोमा लगेर शव फालेको भन्दै एमालेका नेता राजेन्द्र पाण्डे लगायतले सो विषयलाई संसदमै चर्काए। मानवअधिकार आयोगमा उजुरी गरे। पछि त्यो विषय त्यतिकै सेलायो। ‘नसुध्रिने गुन्डाहरुको यस्तै हालत हुन्छ’ भन्ने सन्देश दिन त्यो इन्काउन्टर गरेको चर्चा प्रहरी अधिकारीहरु गर्दथे। 

२. कुमार घैंटे : चरी इन्कान्टरको करिब २ वर्षअघि अर्थात् ३ भदौ २०७३ मा काठमाडौंका अर्का ‘डन’ कुमार घैंटे भनिने कुमार श्रेष्ठ प्रहरीको गोलीबाट मारिए। अपराध महाशाखाकै टोलीले कपुरधारास्थित उनको घरअगाडि गोली हानेको थियो। पक्राउ गर्न खोज्ने क्रममा घैंटेले गोली हानेपछि जवाफी फायरिङमा उनको मृत्यु भएको प्रहरीको भनाइ थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

चरीको जस्तै घैंंटेको इन्काउन्टर पनि विवादरहित हुन सकेन। मारिनुभन्दा एक महिनाअघि आफू असुरक्षित रहेको भन्दै उनले मानव अधिकार आयोगमा उजुरी दिएका थिए। सोही कारण पनि उनको इन्काउन्टर विवादमा तानियो। हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अपराध महाशाखामा हुँदा उनी प्रहरी गोलीबाट मारिएका थिए।

३. प्रवीण खत्री : प्रहरीको गोलीबाट मारिनेमा अर्का हु्न्, प्रवीण खत्री। गत वर्ष २३ साउनमा ललितपुर, कुसुन्तीका उनी इन्काउन्टरमा परे। लागूऔषध कारोबारको आरोपमा उनलाई पक्राउ गर्न प्रहरी घरमा गएको थियो। दुवै हातमा पेस्तोल देखाउँदै उनी भाग्न खोजेका थिए। प्रहरीले चलाएको गोली लागेर उनी घटनास्थलमै मारिए। अपराध महाशाखाकै टोलीले उनीमाथि गोली हानेको थियो।

सामान्य लागुऔषध कारोबारीमाथि अत्यधिक बल प्रयोग गरेको आरोप प्रहरीमाथि लाग्यो। 

४. गोपाल तामाङ र अजय तामाङ : सोमाबार मात्र भक्तपुरको काँडाघारीबाट ११ वर्षका बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्ने दुई अपहरणकारी मारिए। सूर्यविनायकबाट पाइलट बाबा आश्रम जाने बाटोको जंगलमा नुवाकोटका गोपाल तामाङ र अजय तामाङ प्रहरी 'इन्काउन्टर'मा परेका हुन्। बच्चालाई अपहरण गरी क्रुरतापूर्वक हत्या गर्ने अपहरणकारी मारिएकोमा कतिपयले प्रहरीको प्रशंसा गरेका छन् भने केहीले प्रहरीमाथि मानव अधिकारको प्रश्न उठाएका छन्। बालकलाई सकुशल बचाउनुको साटो अपहरणकारी मारेर प्रमाणसमेत नष्ट गरेको आरोप प्रहरीमाथि लागेको छ।  

जो इन्काउन्टरमा जोगिए

अन्य सात वटा घटनामा समेत प्रहरीले गोली प्रहार गर्‍यो। डलर देखाएर ठग्नेदेखि गुन्डागर्दीमा संलग्नसम्मलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ।  

१.जसवन्त राई : ९ असार २०७२ मा जसवन्त राईलाई पनि प्रहरीले बबरमहलमा गोली हानेको थियो। पटकपटक पक्राउ पर्दै छुटेका उनी सुध्रिएका थिएनन्। सोही कारण पक्राउकै क्रममा गोली हानिएको प्रहरी अधिकारी बताउँछन्। उनको खुट्टामा गोली लागेको थियो। 

२. छोटेलाल ठाकुर : १३ मंसिर २०७२ मा सुन्धाराको पाहुना गेस्ट हाउसमा छोटेलाल ठाकुरलाई गोली हानी घाइते बनाएर पक्राउ गरेको थियो। ठाकुर हतियार नै लिएर भागेका भगौडा प्रहरी जवान हुन्। हाल उनी जेलमा छन्।

३. दुर्गा तामाङ : नुवाकोटका तीन युवकलाई बन्धक बनाई फिरौती माग्ने क्रममा २१ फागुन २०७३ मा अपहरणकारीलाई नै प्रहरीले गोली हानी पक्राउ गरेको थियो। दुर्गा तामाङ प्रहरीको गोली लागी घाइते भएका थिए। नुवाकोटका विशाल तामाङ, मनदोर्जे तामाङ र आङ्दोङ तामाङको अपहरणमा संलग्नहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली हानेको हो। उनीहरुले घर बनाउने पैसा बैंकबाट निकालेको थाहा पाएपछि अपहरण गरेका थिए। 

४. अमृत बयलकोटी : २३  पुस २०७३ मा चोरी आतंक मच्चाउने अमृत बयलकोटीलाई प्रहरीले गोली हानी गोंगबुकमा पक्राउ गरेको थियो। अपराध महाशाखाबाट खटिएको टोलीले उनीमाथि गोली हानेको हो। 

५. रावणजित तामाङ : १९ असार २०७२ बिहान करिब ४ बजे सुन्धाराको बेबिलोन डिस्कोमा गोली चल्यो। डिस्कोमा थिए कैदी रावणजित लामा। उनी कर्तव्य ज्यान मुद्दामा जेल परेका थिए। २०७२ सालको भूकम्पमा उनी सिन्धुपाल्चोक कारागारबाट भागेका थिए। आफ्नो नाममा अर्का व्यक्तिलाई जेलमा राखेर उनी बाहिर बसेको अनुसन्धानमा खुलेको थियो।

प्रहरीको गोलीबाट घाइते भएका अशोक लामा 

६. अशोक लामा : अपराध महाशाखाको प्रमुखमा एसएसपी धीरजप्रताप सिंह आएको ३ महिनामा प्रहरीले ३ वटा घटनामा गोली चलायो। पहिलोपटक गत जेठ २८ गते दिउँसो युएन पार्कमा काभ्रेका अशोक लामामाथि गोली प्रहार भएको थियो। गुन्डागर्दीको आरोपमा उनलाई अपराध महाशाखाबाट खटिएको टोलीले गोली हानी पक्राउ गरेको हो। पक्राउपछि लामा विभिन्न ६ वटा अपराधमा फरार भएको खुलेको थियो। 

७. अम्बरबहादुर तामाङ  : गत असार ७ मा एक लुटेरालाई पक्राउ गर्न प्रहरीले बौद्धमा खुँडे भनिने अम्बरबहादुर तामाङलाई गोली हानेको थियो। अपराध महाशाखाको टोलीसँग उनको मुठभेड भएको थियो। जेठ २४ मा उनले भक्तपुरबाट करिब २० लाख लुटेका थिए। उनी सस्तोमा डलर साटिदिने भन्दै पैसा लुटेर भागेका थिए। उनको साथबाट कटुवा पेस्तोल बरामद भएको थियो। 

के अदालतप्रति प्रहरीको विश्वास गुमेको हो?

दिनेश अधिकारी इन्काउन्टरको प्रहरीको उद्देश्य उपत्यकाको गुन्डा सञ्जाल ध्वस्त बनाउने थियो। गुन्डाहरु पक्राउ पर्ने र छुटेपछि फेरि सोही धन्दामा लाग्ने भएकाले प्रहरीले अन्य देशमा जस्तै ‘इन्काउन्टर’को रणनीति लिएको बताइन्छ। 

सोमबार पनि अपहरणकारीलाई पक्राउ गर्न सक्ने अवस्था हुँदाहुँदै पनि गोली हानिएको प्रहरी अधिकारीहरु बताउँछन्। ‘यसको उद्देश्य अरु अपहरणका घटना नहोस् भनेर अपराधीलाई सन्देश दिनु पनि हो,’ अपराध महाशाखाका एक अधिकारी भन्छन्, ‘थप अपराध नियन्त्रण गर्न प्रहरी बढी एग्रेसिभ भएकै हो। नत्र हाम्रो जस्तो समाजमा अपराध नियन्त्रण गर्न सकिन्न।’ पछिल्ला वर्ष उपत्यकाको सुरक्षामा सुधार हुनुमा इन्काउन्टर नै प्रमुख कारण भएको ती प्रहरी अधिकारी बताउँछन्।  

अपराधीलाई पक्राउ गरे पनि जेलबाटै अपराधको सञ्जाल चलाउने तथा छुटेपछि फेरि सोही धन्दामा लाग्ने गुनासो हुने गरेको छ। कतिपयले भने अदालतबाट सफाइ पाएका छन्। 

काम देखाउने होडमा पति कतिपय प्रहरीहरु भाषणमै इन्काउन्टर गर्ने बताउन थालेका छन्। यस्तो प्रवृत्तिलाई भने गलत ठान्छन् पूर्व डिआइजी हेमन्त मल्ल। ‘इन्काउन्टर भनेको अपराधीसँगको जम्काभेट हो, योजनाबद्ध रुपमा हुने विषय होइन।’ 

प्रहरी इन्काउन्टरमा परेका धेरैजसो व्यक्तिहरुको पृष्ठभूमि खराब नै भएकाले अहिले भइरहेका घटनालाई नकारात्मक रुपमा हेर्न नहुने उनको भनाइ छ।

मानव अधिकार आयोगका सदस्य सुदीप पाठक पक्राउ गर्न सक्ने अवस्थामा प्रहरीले गोली चलाउन नमिल्ने बताउँछन्।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षत्री प्रहरीले कुनै पनि घटनामा ‘रहर’ले गोली नचलाएको बताउँछन्। ‘आत्मरक्षा र अन्तिम विकल्पमा मात्र प्रहरीले गोली चलाउँछ,’ उनी भन्छन्, ‘जनताका मौलिक हकको रक्षामा नेपाल प्रहरी कटिबद्ध छ।’

प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५  १३:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद्
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्