काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाइएको छ।
केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो तीन बजेका लागि बैठक डाकिएको हो।
वर्तमान राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक डाकिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी गराए।
बैठकमा विधान मस्यौदा समिति गठन र महासमिति बैठकको मिति तय लगायतका विषयमा पनि छलफल हुने बताइएको छ। भाद्रमा हुने भनिएको महासमिति बैठक अनिश्चित भएको छ भने विधान मस्यौदा समिति बन्न सकेको छैन।
केन्द्रीय समितिको बैठकले कार्य अवधि सकिएको नेविसंघको तीन महिना अवधि थप्ने सम्भावना छ। नेविसंघको विधान अनुरूप केन्द्रीय समितिको कार्यकाल बढीमा तीन महिना थप्न सकिने प्रावधान छ। बुधबार देखि नेविसंघको वर्तमान कार्यसमितिको कार्यकाल सकिन लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।