• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

माछा–मासु कस्तो र कति खाने ?

64x64
नेपाल लाइभ मंगलबार, साउन २२, २०७५  ०१:१६
1140x725

पौष्टिक दृष्टिकोणले माछा–मासु पोषिलो खाना हो । तर, आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ । झन् उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ ।

साधारणतयाः मासु प्रोटिनको राम्रो स्रोत भए पनि कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रसस्त हुने भएकाले सन्तुलित रूपमा उपभोेग गर्न नसकेमा स्वास्थ्य समस्या सृजना हुन सक्छ ।
रातो मासु अर्थात् खसी–बोका, राँगा, बँदेल, भेँडा आदिको मासुमा प्रोटिनका साथै ‘फ्याटी एसिड’ पनि प्रसस्त मात्रामा हुन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा फ्याटी एसिडले बढी खराब गर्छ । किनकि शरीरभित्र फ्याटी एसिडसँग कोलेस्टेरोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ । त्यसैले मासु खाँदा चिल्लोमा विशेष ध्यान दिनुपर्छ ।

वयष्क तथा वृद्धहरूमा साधारणतया बढी स्वास्थ्य समस्या देखिने हुनाले रातो मासु खाँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । कतिपय समुदायले सांस्कृतिक प्रचलन र धार्मिक मान्यता अनुसार रातो मासुलाई नै विशेष प्राथमिकता दिएका हुन्छन् । यस्तो स्थितिमा सकेसम्म कम परिमाण प्रयोग गर्नुपर्छ । मासु कम खाने र पकाउने विधिमा समेत विचार पु¥याउनुपर्ने हुन्छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ । ‘ग्रिल्ड’, ‘बेक’ वा उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ ।

यसैगरी, विभिन्न अङ्गका मासु (मुटु, कलेजो, मृगौला, फोक्सो आदि) पनि मासुको परिकारका रूपमै प्रयोग गरिन्छ । यी अङ्गका मासुमा कोलेस्टेरोलको साथै भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ पाइन्छ । तामा, लौहतत्व, जिङ्क जस्ता खनिजतत्व पनि यी अङ्गमा प्रसस्त मात्रामा पाइन्छ ।

कलेजो फलामको राम्रो स्रोत भए पनि यसमा रासायनिक पदार्थहरू फोहरका रूपमा जम्मा हुने भएकाले सकेसम्म कलेजो उपभोग नगर्दा राम्रो । यस्तै, रातो मासु हाली बनाएको ससेज जस्ता परिकारलाई लामो समय संरक्षण गर्न रसायन (प्रिजरभेटिभ) राखिने भएकाले यस्ता मासुका परिकार खानाले क्यान्सरको सम्भावना हुनसक्ने कुरा अध्ययनले देखाएको छ । रातो मासु प्रोटिनको स्रोत भए पनि स्वास्थ्यका दृष्टिले त्यति उपयुक्त नभएको हुँदा कहिलेकाहीँ थोरै परिमाणमा मात्र खानु राम्रो हुन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

सेतो मासु भन्नाले कुखुरा, हाँस, विभिन्न चराचुरुङ्गीको मासु भन्ने बुझिन्छ । यस प्रकारको मासु प्रोटिनको उत्तम स्रोत हुनुका साथै रातो मासुको दाँजोमा चिल्लो पदार्थ कम हुन्छ । चराको प्रकार, कुन अङ्गको मासु र पकाउने विधिअनुसार चिल्लोको मात्रा फरक–फरक हुन्छ । टर्कीको छातीको छाला नभएको मासुमा १८ प्रतिशत चिल्लो हुन्छ भने सोही भागको कुखुराको छालारहित मासुमा २४ प्रतिशत चिल्लो हुन्छ । यसैगरी, छालासहित कुखुराको खुट्टा, पँखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ । कम मात्र चिल्लो प्रयोग गरी पकाउँदा र छाला निकाल्दा ‘तृप्त फ्याटी एसिड’ कम हुन्छ । ग्रिल, बेक गरी मासु पकाएको छ भने खानेबेला मात्र छाला निकाल्दा राम्रो हुन्छ ।

यस्तै, कुखुरा तथा अन्य चराचुरुङ्गीको मासु प्रयोग गरी बनाएको ससेज, हटडग पनि स्वस्थकर हुँदैनन् । चराचुरुङ्गीको प्रकार अनुसार पनि चिल्लोको प्रतिशत फरक–फरक हुन्छ । कुखुरा र टर्कीको मासुमा झन्डै त्यति नै चिल्लो हुन्छ भने हाँस तथा यस्तै खालका चराको मासुमा चिल्लो बढी हुन्छ । जबकि अस्ट्रिच र परेवाको मासुमा चिल्लो, कोलेस्टेरोल र क्यालोरी कम हुन्छ । रातो मासुको दाँजोमा यस प्रकारका मासुमा फ्याटी एसिड कम हुने भएकाले उपयुक्त पकाउने विधि छनोट गर्न सके स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

सफा वातावरणमा उत्पादन भएका चराचुरुङ्गीको मासु उपभोग गर्न सके मासुबाट स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ । पौष्टिक र स्वास्थ्यका दृष्टिले मासुभन्दा माछा झन् पोषिलो हुन्छ । सकिन्छ भने, हप्ताको दुईचोटि खानामा माछा समावेश गर्दा राम्रो हुन्छ । यसमा चिल्लो तथा तृप्त फ्याटी एसिडको परिमाण कम हुनुका साथै प्रोटिन र भिटामिनजस्ता अति आवश्यक तत्वहरू प्रसस्त हुन्छ । खासगरी, यसमा भिटामिन बी–१, बी–३, बी–६ र भिटामिन ‘डी’ प्रसस्त हुनुका साथै फस्फोरस, आयोडिन, सेलिनियम, पोटासियमजस्ता खनिज तत्व पनि हुन्छन् । यसबाहेक अति आवश्यक तत्व ओमेगा–३ फ्याटी एसिड पनि हुन्छ ।


माछा र ओमेगा–३ फ्याटी एसिड

केही माछामा कोलेस्टेरोलको मात्रा बढी हुने भएकाले प्रायः खानामा संलग्न गरिँदैन । तर, कोलेस्टेरोलको मात्रा धेरै भए पनि फ्याटी एसिडको मात्रा कम हुने भएकाले माछालाई सधैँ बार्नु पर्छ भन्ने हुँदैन । यस्तै, माछा पखाल्दा, काट्दा तथा पकाउँदा सावधानी अपनाउन सके हानिकारक कीटाणु नष्ट हुन्छन् । माछा प्रोटिन, भिटामिन र खनिज पदार्थको उत्तम स्रोत हुनुका साथै यसमा पाइने स्वस्थकर चिल्लो पदार्थ ओमेगा–३ फ्याटी एसिडले रगतमा राम्रो कोलेस्टेरोल बढाउँछ । ओमेगा–३ फ्याटी एसिडले खराब कोलेस्टेरोल र ट्राइग्लिसिराइडको परिमाण कम गर्ने भएकाले मुटुसम्बन्धी समस्यालाई कम गर्न मद्दत गर्छ । यसबाहेक ओमेगा–३ फ्याटी एसिडले आइथ्राइटिसको समस्यालाई पनि कम गर्छ । ठूलो र मोटो खालको माछामा फ्याटी एसिड बढी हुन्छ भने सानो र मसिनो माछामा कम हुन्छ । नियमित रूपमा माछा खाने मानिसलाई मुटु सम्बन्धी रोगको सम्भावना कम हुन्छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५  ०१:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्