काठमाडौं– ६ महिनादेखि रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा नियुक्तिका लागि बुधबार संवैधानिक परिषद्को बैठक बस्ने भएको छ।
परिषद्का अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि बैठक बोलाएका हुन्। प्रधानन्यायधीश र आयोगको प्रमुख आयुक्त नियुक्तिको एजेन्डा राखेर परिषदका सदस्यलाई बैठकमा सहभागी हुन पत्राचार गरिएको छ।
दीप बस्यातले गत फागुन १ गते अवकाश पाएयता आयोग कार्यवहाक प्रमुख आयुक्तका भरमा चल्दै आएको छ। आयोगका आयुक्त नवीन घिमिरे बरिष्ठताका आधारमा कार्यबहाक प्रमुख आयुक्त छन्।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, कानुनमन्त्री र विपक्षी दलको नेता सदस्य हुने संवैधानिक प्रावधान रहेको छ ।
संवैधानिक परिषदको वैठकले सिफारिस गरेपछि संसदिय सुनुवाई विशेष समितिले सुनुवाई गरि अनुमोदन गर्ने संवैधानिक व्यवस्था छ । समितिवाट अनुमोदन भएपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले ले उक्त पदमा नियुक्त गर्ने छिन् ।
को को छन् प्रतिस्पर्धामा ?
रिक्त अख्तियारको प्रमुख आयुक्तमा चीनका लागि नेपाली राजदुत लिलामणी पौडेल र हालका कार्यबहाक प्रमुख आयुक्त नविन घिमिरे प्रमुख दाबेदार छन्।
घिमिरेलाई पहिलेदेखि नै प्रमुख आयुक्तका रुपमा हेरिदै आएको छ। तर, ६ महिनासम्म उनलाई नियुक्त नगरिएपछि उनको नियुक्तिमा आशंका बढ्दै गएका छ।
त्यस्तै बरिष्ठ अधिवक्ता युवराज संग्रौला, पुर्व मुख्यसचिव राजेन्द्रकिसोर क्षेत्रीको पनि नाम चर्चामा रहेको छ । संग्रौला एमालेकै सरकारको पालामा महान्यायाधीवक्ता भएका थिए। कानुनी पृष्ठभुमि भएका संग्रौला हाल काठमाडौं ल क्याम्पस सञ्चालन गर्दै आएका छन् । क्षेत्रि पनि कानुन समुहवाट निजामती प्रवेश गर्दै मुख्यसचिव भएर अवकाश पाएका व्यक्ति हुन्।
संवैधानिक परिषदमा सर्वसम्वत निर्णय गर्ने परम्परा रहेकाले विपक्षी दललाई समेत मनाएर निर्णय गर्नुपर्ने अवस्था रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।