• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कोरिया जाने कामदारको हवाई टिकट सस्तियो, स्वास्थ्य परिक्षण भदौ ४ बाट

64x64
नेपाल लाइभ सोमबार, साउन २१, २०७५  १०:३९
1140x725

काठमाडौं– रोजगार अनुमति प्रणाली(एपिएस)मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई टिकट २३ प्रतिशतले सस्तो भएको छ।  

 हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि आगामी आइतबारदेखि कोरिया जाने कामदारको हवाइ भाडामा १२ हजार ९ सय ८० रुपैयाँका दरले घटेको वैदेशिक रोजगार विभागको इपीएस शाखाले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।  

नेपालबाट रोजगारीका लागि कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाइ भाडा  ५ सय ३० अमेरिकी डलर तिर्नु पथ्र्यो। अब ४ सय ११ अमेरिकी डलर (४५ हजार २ सय ९२ रुपैयाँ) मात्रै हवाई भाडा तिर्नुपर्ने शाखाले जनाएको छ। कोरिया जाने कामदारको हवाई टिकटमा १ सय १९ डलर घटेका हो। 

हवाई भाडा घटेसँगै कामदारको वार्षिक १० करोड रुपैयाँ खर्च जोगिने शाखा निर्देशक कृष्ण खनालले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए। घटेको भाडादरमा सिलिम्स ट्राल्भस् प्रालिमार्फत कामदार पठाइने खनालले जानकारी दिए। 

सन् २००८ देखि ईपीएस प्रणाली लागू भएपछि नेपाली कामदारले ५ सय ४१ अमेरिकी डलर भाडावापत सम्बन्धीत ट्राभल एजेन्सीलाई बुझाउने गरेका थिए। 
२०७३ पुसदेखि भने कामदारले ५ सय २९ डलर अर्थात ५८ हजार २ सय ७२ रुपैयाँ हवाई भाडा बुझाएर कोरिया जादै थिए।इपीएस भाषा परिक्षामार्फत बार्षिक ८ हजारको हाराहारीमा नेपाली युवा कोरिया रोजगारीका लागि जाने गरेको छन्।  

 स्वास्थ्य परिक्षण भदौ ४ देखि 
सन् २०१९ मा कोरिया जान कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका परिक्षार्थीका स्वास्थ्य परीक्षण भदौ ४ गतेबाट सुरु गर्ने शाखाले जानकारी दिएको छ। उनीहरुको स्वास्थ्य परीक्षण राजधानीका ४ वटा अस्पतालबाट गर्ने व्यवस्था मिलाइएको छ। 

शुक्रराज ट्रपिकल अस्पताल टेकु, निजामती अस्पताल बानेश्वर, नेपाल कोरियामैत्री अस्पताल र पाटन अस्पतालबाट स्वास्थ्य परीक्षण गराइने शाखाले जानकारी दिएको छ। 
सन् २०१९का लागि ७ हजार ९ सय ९६ जना इपीएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका छन्। 

स्वास्थ्य परीक्षणमा सफल भएका र समयमा प्रहरी रिपोर्ट आएकाहरुले भदौ ८ गतेबाट रोजगार आवेदन फारम भर्न पाउनेछन्। फारम भर्ने समय ८ दिन दिइको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आवेदन फारम भरेका कामदारहरुको नाम कोरियाको मानव संशाधन विभागले प्रमाणित गरेपछि रोष्टरमा चढाएर कामदार लिने प्रक्रिया सुरु हुन्छ। 

रोष्टरमा नाम चढेका कामदारको  श्रम सम्झौताका लागि कोरियाका रोजगारदाता कम्पनीले आहवान गर्ने शाखाले बताएको छ। 

आगामी जनवरीबाट मात्रै यो वर्ष कोरियन भाषा उत्तीर्ण गरेका कामदारले जान पाउने शाखाले जानकारी दिएको छ। 

गत वर्ष पास भएका १२ हजार ५ सयमध्ये हालसम्म ५ हजार ५ सय जना कोरिया पुगिसकेका छन्। अन्य करिब ६ हजार ५ जना लेबर कन्ट्रयाक्टको प्रतिक्षामा रहेको शाखाले जानकारी दिएको छ।
सन २००८ यता इपीएस भाषा परिक्षामार्फत ५४ हजार ३ सय ३६ जना युवा रोजगारीका लागि कोरिया पुगिसकेका छन्। कोरिया सरकारले इपीएस भाषा परिक्षामार्फत १४ देशबाट कामदार लिदै आएका छन्। 

Xtrem

Xtrem

सीबीटी परीक्षाबाट भाषा उत्तीर्ण गरेका ४ सय कामदार पठाउने तयारी 
शाखाले ईपीएसकै सीबीटी परीक्षाका लागि आवेदन लिएको छ। कोरियामा ३ वर्ष रोजगारी गरेर फर्किएका कामदारले कम्प्युटरका माध्यमबाट कोरियन भाषा परिक्षामा सहभागी हुने पाउँछन्।
सिविटिका लागि ३ हजारभन्दा धेरै आवेदन दिएको शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए ।

जसमा ४ सय जना सिविटि परिक्षामा उत्तीर्ण भएको उनको भनाई छ। उत्तीर्ण भएका परिक्षार्थीलाई कोरिया पठाउने तयारी भइरहेको भण्डारी बताउँछन्।  
सीबीटी परीक्षा पास गरेकाले फेरि कोरियमा रोजगारीका लागि अवसर पाउने गरेका छन्। 

कोरियामा रोजगारीबाट फर्किएर सिविटि परिक्षामा सहभागि भइ उत्तीर्ण गरेका कामदारलाई सिर्धै रोजगारदाता कम्पनीले माग गर्ने सक्ने शाखाले जानकारी दिएको छ।  
 
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०७५  १०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक
रहेनन् काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक बुधबार, असोज ७, २०८३
रहेनन् काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा बुधबार, असोज ७, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल बुधबार, असोज ७, २०८३
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्