काठमाडौं– प्रहरी इन्काउन्टरमा मारिएका २ अपहरणकारीबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ। २ राउन्ड गोलीसहितको पेस्तोल बरामद भएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए।
अपहरणकारीहरु सिन्धुपाल्चोक कर्थलीका अजय तामाङ र नुवाकोट सामरीका गोपाल तामाङ इन्कान्टरमा मारिएका हुन्।
अपहरणकारीहरु भाग्दै गरेको अवस्थामा सूर्यविनायक– ८ स्थित जंगमाल दोहोरो फायरिङ हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।
उनीहरुमध्ये अजयको बालक निशान खड्काको परिवारसँग चिनजान थियो। सोही आधारमा बालकलाई खेलाउन लैजाने बहानामा अपहरण गरेका थिए। फिरौतीमा कुरा नमिलेपछि हत्या गरी ठिमी–९ स्थित श्याम लवटको निर्माणाधिन घर पछाडी शव गाडेका थिए। खड्काका परिवारसँग उनीहरुले ४० लाख रुपैयाँ मागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।