• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उपचारका क्रममा सहपाठीको निधनपछि युनिभर्सल मेडिकल कलेजका विद्यार्थी तोडफोडमा उत्रिए, पत्रकारमाथि दुर्व्यवहार

64x64
नेपाल लाइभ आइतबार, साउन २०, २०७५  १४:४६
1140x725

भैरहवा– उपचारका क्रममा आफ्ना सहपाठीको मृत्यु भएपछि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पतालका विद्यार्थी आन्दोलित भएका छन्।

कलेजको ब्याचलर अफ डेन्टल सर्जरी (बिडिएस) चौथो वर्षमा अध्ययनरत जनकपुरका २२ वर्षीय महादेव साहको उपचारका क्रममा कलेजकै शिक्षण अस्पतालमा मृत्यु भएपछि विद्यार्थीले अस्पतालको आइसियू, सिसियू, हेमोडाइलाइसिस लगायतमा तोडफोड गरेका छन्। 

घटनाबारे जानकारी पाएका पत्रकारहरु समाचार संकलनका लागि अस्पतालमा पुगेलगत्तै विद्यार्थीले आन्दोलनको दृश्य÷तस्विर किन खिचेको भन्दै पत्रकारका क्यामरा खोसेर तोडफोड गर्नुका साथै आक्रमणसमेत गरेका थिए। 

मलद्धारको छेउमा आएको पिलोको गलत उपचार हुँदा साहको मृत्यु भएको पीडित परिवारको आरोप छ। साहको आइसियूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको अस्पताल प्रशसानले जनाएको छ।

सहपाठीको मृत्युपछि आक्रोशित बनेका विद्यार्थीले अस्पतालको भौतिक संरचना तोडफोड गर्नुका साथै मृतक साहको शव आइसियूबाट शवगृहमा लैजानसमेत दिएका छैनन्।

लुकेर ज्यान जोगाएँ : बिरामी कुरुवा

विद्यार्थीले आइसियू, सिसियू लगायतका क्षेत्रमा तोडफोड गर्न थालेपछि अस्पतालमा उपचारत बिरामी तथा करुवा त्रसित बनेका थिए। करुवाहरुले भागेर ज्यान जोगाएको बताएका छन्।

अस्पतालमा श्रीमानको हेमोडाइलाइसिस गराउन आएकी गौडहवा गाउँपालिका सूर्यपूराकी हरिकला कँडेलले विद्यार्थीले एकाएक आइसियूमा छिरेर तोडफोड गर्न सुरु गरेपछि आफू लुकेर जोगिएको बताइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘विद्यार्थीको शैली देखेर निकै डर लागेको थियो, उनीहरु भित्र पसेपछि आफ्नो ज्यान कसरी जोगाउने भन्दै भागभाग मच्चियो,’ उनले भनिन्, ‘निकै बेर लुकेर बसेपछि प्रहरी आएर हामीलाई बाहिर निकाले। बाहिर आउँदा आइसियू युद्ध मैदानजस्तै थियो, चारैतिर फुटेका सिसैसिसा थिए।’ विद्यार्थीले तोडफोड गरिरहँदा अस्पतालमा आएको प्रहरीले नियन्त्रणका लागि बल प्रयोग भने गरेन। 

आइसियूमा १७ जना बिराम उपचारत छन्। जसमध्ये ९ जना बिरामीलाई भेन्टिलेटरमा राखिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए। उनले विद्यार्थीको तोडफोडका कारण कुरुवालाई समस्या परेको बताउँदै बिरामीलाई भने क्षति नपुगेको जनाए। 

पत्रकारको क्यामेर फुटाउने र दुर्व्यवहार गर्नेलाई कारबाही गर : पत्रकार

समाचार संकलनका क्रममा पत्रकारको क्यामरा समेत तोडफोड गरिएको भन्दै पत्रकारहरुले आक्रमण गर्नेहरुलाई कारबाही गर्न माग गरेका छन्। पत्रकारमाथि हातपातमा उत्रिने विद्यार्थीको पहिचान गरी कारबाही गर्न पत्रकारहरुले जिल्ला प्रशसान कार्यालय रुपन्देहीमा निवेदन दिएका छन्। एपिवान टेलिभिजनका राधेश्याम विश्वकर्मा र नेपाल लाइभका दीपक घिमिरेले जिल्ला प्रशसान कार्यालयमा निवेदन दिँदै घटनाबाट भएको क्षतिपूर्ति र आक्रमणकारीलाई कारबाही गर्न माग गरेका छन्।

समाचार संकलनका लागि अस्पताप पुगेका पत्रकारमाथि विद्यार्थीले गरेको आक्रमण, दुर्व्यवहार र क्यामरा तोडफोडको घटनाको नेपाल पत्रकार महासंघ रुपन्देहीले भत्र्सना गरेको छ।

पत्रकार महासंघ रुपन्देहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाध रुपमा समाचार संकलन गर्न पाउने कानुनी अधिकारलाई कुल्चिएको उक्त घटनाले प्रेस स्वतन्त्रताको आस्थाप्रति गम्भीर चोट पुगेको छ। उक्त घटनाबाट भएको क्षतिको पूर्ति र आक्रमणकारीको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछौं।’

यसैबीच, भैरहवाका पत्रकारहरुको साझा संस्था लुम्बिनी प्रेस क्लबले पनि घटनाप्रति निन्दा गरेको छ। 

कारबाही गर्छौ : सिडिओ

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले अस्पताल तोडफोड गर्ने र पत्रकारमाथि दुव्र्यहार गर्ने विद्यार्थीको पहिचान गरी कारबाही गरिने आश्वासन दिएका छन्। उनले घटनाका दोषीलाई घटनास्थलबाटै पक्राउ गरेर ल्याउँदा अवस्था जटिल हुने भन्दै अनुसन्धान गरेर दोषीउपर कारबाही गरिने बताए।

प्रकाशित मिति: आइतबार, साउन २०, २०७५  १४:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्