• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

टेन्डर प्रक्रियामै रुमलियो धरहरा पुनर्निर्माण

64x64
नेपाल लाइभ आइतबार, साउन २०, २०७५  १२:१६
1140x725

काठमाडौं– ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहराको पुनर्निर्माण टेन्डर प्रक्रियाका कारण अन्योल भएको छ। बोलपत्र (टेन्डर) मा देखिएको विवादका कारण पछिल्लो पटक गत १ साउनदेखि निर्माण थाल्ने घोषणा गरिएको धरहरा निर्माण पछि थकेलिएको छ। 

लगानी, स्वामित्व लगायतमा लामो समय अल्झिएको धरहरा पुनर्निर्माण पछिल्लो समय टेन्डर विवादले अड्काएको हो। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा महाशाखा प्रमुख राजुमान मानन्धरका अनुसार टेन्डर खोल्ने मिति ३ पटक सरिसकेको छ। अहिले चौथो पटकका लागि तोकिएको समयमा पनि टेन्डर लाग्ने सम्भावना न्यून छ। 

यसले धरहरा पुनर्निर्माणलाई अरू लम्ब्याउने सम्भावना बढेको छ।

ठेकेदारको बदमासी 

पछिल्लो समय निर्माण कम्पनी (ठेकेदार) का कारण धरहरा पुनर्निर्माण अनिश्चित भएको हो। 

गत ३१ वैशाखमा प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि टेन्डर आह्वान गर्‍यो। उक्त टेन्डर सूचना अनुसार चिनियाँ कम्पनीसँगको साझेदारीमा ६ नेपाली कम्पनीले हालेका थिए। उक्त टेन्डरको कागजात प्राधिकरणले गत असार ७ मा खोलेको थियो।

असार १९ मा प्राधिकरणले आवेदन परेकामध्येबाट ५ कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत गर्‍यो। जसमा जेटआइइसी–लामा, महाराजगञ्ज; सिआरआइसिइसी–स्वच्छन्द, नागार्जुन; कुमार–सिएफइसी, चन्डोल; जिआइइटिसी–रमन र सिआइसिओ–कालिका–रसुवा; धापासी थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, प्राविधिक प्रस्ताव स्वीकृत भएका बोलपत्रदाताको आर्थिक प्रस्ताव मूल्यांकनको अन्तिम घडीमा अनियमितताको उजुरी परेपछि मूल्यांकन प्रक्रिया अवरुद्ध भयो। 

तर, टेन्डर पेस गर्नेमध्येकै सिआइसिओ–कालिका–रसुवाले टेन्डर पेस गरेका विदेशी कम्पनीको कागजात शंकास्पद रहेको दाबी गर्दै छानबिनको मागसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी गर्‍यो। आफूले टेन्डर नपाउने देखेपछि उक्त कम्पनीले उजुरी हालेको आरोप लागेको छ। 

आर्थिक प्रस्ताव खोल्ने घोषणा गरिएको १ घन्टापहिले उक्त उजुरी परेपछि प्रधानमन्त्री कार्यालयले टेन्डर रोकी छानबिन गर्न प्राधिकरणलाई निर्देशन दियो। 

चिनियाँ दूतावाससम्म 

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि गत ३ साउनमा टेन्डर पेस गर्ने चिनियाँ कम्पनीबारे सूचना उपलब्ध गराउन प्राधिकरणले नेपालस्थित चिनियाँ दूतावासलाई पत्र पठायो। प्राधिकरणले प्राविधिक प्रस्तावमा अस्वीकृत गरेको जेटसिजिआइइसी– आशिषदेखि उजुरीकर्ता सिआइसिओ–कालिका–रसुवा पनि थियो। 

प्राधिकरणलाई जवाफ दिँदै गत बिहीवार चिनियाँ दूतावासले ती कम्पनीबारे आफूले जानकारी दिन नसक्ने औपचारिक पत्र पठाएको प्राधिकरणका सम्पदा महाशाखा प्रमुख मानन्धरले बताए। दूतावासले उक्त विषयमाथि छानबिन गर्ने अधिकार आफूलाई नभएको जवाफ पठाएको छ। 

त्यसपछि टेन्डर हाल्ने चिनियाँ कम्पनी सम्बन्धी केही प्रमाणका लागि प्राधिकरणले चिनियाँ दूतावासलाई पत्राचार गरेको मानन्धरले बताए। 

थपिएको म्यादमा पनि अनिश्चित 

धरहरा पुनर्निर्माणका लागि प्राविधिक प्रस्ताव स्वीकृत भएर आर्थिक प्रस्ताव खोल्ने चरणमा प्राधिकरणले २६ असारयता हालसम्म ३ पटकको म्याद गुजारिसकेको छ। यसअघि ७ दिन, १५ दिन र पुनः ७ दिनको समय गुज्रिसकेको छ भने पछिल्लोपटक आगामी शनिबारका लागि आर्थिक प्रस्ताव खोल्नेगरी नयाँ मिति थप गरिएको छ। 

‘चिनियाँ दूतावासबाट पछिल्लो पटक माग गरिएका प्रमाण प्राप्त भएपछि त्यसको प्रतिवेदनसहित प्रधानमन्त्री कार्यालयमा बुझाउँछौं,’ प्राधिकरणका सम्पदा महाशाखा प्रमुख मानन्धरले भने। 
तर, यसपटक पनि चिनियाँ दूतावासबाट अपेक्षा अनुरुप जवाफ आउने छाँटकाँट भने छैन। 

यो किचलोकाबीच जारी टेन्डर प्रक्रिया रद्द गरेर नयाँ टेन्डर आह्वान गर्न पनि नमिल्ने प्राधिकरण बताउँछ। विवाद तत्काल सल्टिने नदेखिँदा तत्काल धरहरा पुनर्निर्माण अघि नबढ्ने निश्चित छ। 

जनताको पैसामा खेलवाड 

पहिलोपटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले ४ फागुन ०७२ मा धरहरा पुनर्निर्माणको शिलान्यास गर्दै जनताकै खर्चमा धरहराको निर्माणका लागि आफूले खातामा एक महिनाको तलब हालिदिने घोषणासमेत गरे। उनले कुनै वैदेशिक लगानी र सरकारी खर्चमा नभई जनताको खर्चमा नै धरहराको निर्माण गर्ने घोषणा गरेका थिए। 

त्यसलगत्तै प्राधिकरणले खोलेको ‘धरहरा पुनर्निर्माण कोष’ बैंक खातामा २४ करोड रुपैयाँ जम्मा भइसकेको छ। धरहरा पुनर्निर्माण अनिश्चित भएपछि उक्त कोषमा पछिल्लो समय पैसा जम्मा हुन छाडेको छ भने कोष पनि निश्क्रिय भएको छ। 

यस्तो बन्नेछ धरहरा 

धरहरा पुनर्निर्माणमा झन्डै ४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। दुई वर्षभित्र धरहराको निर्माण सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ।

नयाँ बन्ने धरहराको डिजाइन यसअघि नै प्राधिकरणले स्वीकृत गरिसकेको छ। डिजाइन अनुसार, नयाँ धरहरा जमिनमुनि दुई र जमिनमाथि २२ गरी २४ तलाको हुनेछ। धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फी ‘लिफ्ट’ राखेर अपांगमैत्री समेत बनाइनेछ।   

नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झनामा निर्माण गरेको धरहरा १९९० सालको भूकम्पमा आंशिक क्षति भएको थियो। २०७२ वैशाख १२ को भूकम्पले भने धरहरालाई पूर्णरुपमा भत्काएको थियो।

प्रकाशित मिति: आइतबार, साउन २०, २०७५  १२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्