जाजरकोट– जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजार नजिक गएको पहिलोमा मृत्यु हुनेको संख्या ७ पुगेको छ। पहिरोमा एकै परिवारका ४ जनाको मृत्यु भएको छ।
पहिरोले तीर्थ बोहरा र जीतबहादुर सुनारको घर पुरेको हो।
पहिरोमा तीर्थराज बोहराकी छोरी ५ वर्षीय नज्मा बोहरा,२५ वर्षीय सितला लुहार, ६ वर्षीय सम्झना बिक, ३ वर्षीय मनिसा बिक, ९ वर्षीय भगवती बिकको मृत्यु भएको छ। पहिरोमा पुरिएका ३५ बर्षीय लालबहादुर लुहारको उद्धार गरी उपचार भइरहेको छ।
पहिरोमा जीतबहादुर सुनारको घरमा बस्ने ४ जना समेत पुरिएकोमा २ जनाको शव निकालिएको र २ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
उद्दार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। अहिले घटनास्थलमा सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सक्रियतामा उद्दार कार्य जारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।