Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
आसामका नेपाली

गोठालो बनेर आसाम पसेका पद्‌मका बा एकदिन जमिन्दार बने

64x64
समर्पण श्री शनिबार, मंसिर ३, २०७९  १५:०६
1140x725

‘६५ वर्षअघि बनेको यो घर अझै बलियो छ। खोज्नुभयो भने यसको इतिहास रोचक हुन्छ है,’ गाडीबाट आँगनमा ओर्लिएपछि दयालकृष्ण नाथले हिन्दी भाषामा भने। 

वरिपरि तामुलका रुखहरू स्वागतार्थ उभिएझैँ देखिन्थे। हरियो रङमा सजिएको घर साँझमा झनै सुन्दर देखिन्थ्यो। ‘नेपालबाट नेपाली पाहुना लिएर आएको छु,’ घरभित्रबाट निस्कँदै गरेका एक नेपालीलाई दयालले आसामी भाषामा बने। 

ती नेपाली मुसुक्क हाँस्दै स्वागतका लागि आँगनमा निस्किए। 

१ नोभेम्बरको साँझ हामी आसामको फूलबारी गाउँमा रोकियौँँ। अभिनव थिएटरको आयोजनामा हुन लागेको अन्तर्राष्ट्रिय थिएटर फेस्टिभलमा नेपालबाट शिल्पीको टोली ‘हिउँको पृथ्वी यात्रा’सँगै यहाँ आइपुगेको थियो।

फेस्टिभलका निर्देशक दयालकृष्णले गाउँमै ‘कम्युनिटी थिएटर’को फरक अभ्यास गरिरहेका थिए। 

भारतमा रहेका नेपालीभाषीको गाउँ पुग्दा भाषा मात्र हैन, भावना पनि जोडिएको अनुभूति हुने रहेछ। लख्खिमपुर जिल्लाको फूलबारी गाउँमा वर्षौंदेखि बसिरहेका ती नेपालीसँग भेट्दा पहिलो जिज्ञासा थियो, ‘तपाईँहरूको पुर्खा नेपालको कुन जिल्लाबाट आउनुभयो?’

‘म त जान पाएको छैन, बा उबेला चुहान डाँडाबाट मधेश झर्नुभएको रे,’ उनले जवाफ दिए। 

फूलबारीबासीको भाषा आसामी रहेछ। आँगन कटेपछि नेपालीहरू पनि आसामी बोल्दा रहेछन्। नेपाली नेपालीबीच भने नेपाली भाषा नै चलनचल्तीमा रहेछ। ‘हामीले बोल्ने नेपाली भाषा नेपालमा बोलिनेजस्तो प्रष्ट हुँदैन नि,’ पद्‌मप्रसाद सिटौलाले भाषाको सन्दर्भ जोड्दै भने। 

Ncell 2
Ncell 2
nimb
nimb

तर मैलेचाहिँ आसामीहरूको नेपाली लवजमा अलग्गै मिठास पाएँ।

१४ जनाको टोली त्यस साँझ बासका लागि ४ घरमा छरियो। पद्‌मप्रसाद सिटौला र उनका दुई दिदीहरूको घर सम्मुखमै थिए। बाँकी साथीहरू नेपाली मूलकै घिमिरेको ‘होम स्टे’मा बसे।

पद्‌मप्रसादको घरको भान्छाकोठाका भित्तामा दुई तस्बिर फ्रेममा राखिएका थिए। तस्बिरमा छडी बोकेर आँगनमा एक वृद्ध उभिइरहेका थिए। शीरमा सेतो फेटा बाँधिएको थियो। अर्को फ्रेममा वृद्ध दम्पत्ति सजिएका थिए। ‘मेरा बा लक्ष्मीप्रसाद र आमा जमुनादेवी,’ औँलाले फ्रेमतर्फ तेर्स्याउँदै पद्‌मप्रसादले भने, ‘उहाँहरूलेनै नेपालबाट यहाँ आएर यति सृष्टि गर्नुभयो।’

Xtrem

Xtrem

लक्ष्मीप्रसाद तेह्रथुमको चुहानडाँडाबाट विसं २००३ सालमा मधेश झरेका रहेछन्। मधेशमा औलोको प्रकोप फैलिरहेको बेला उनी भारत हिँडेछन्। ‘जेठो दाइ उता नेपालमै जन्मनुभयो। दाइपछिका बाँकी ८ सन्तान यतै जन्मियौँ,’ पद्‌मप्रसादले भने।

पद्‌मप्रसाद ६१ वर्षका भए। ६५ वर्षअघि बाले बनाएको घरमा उनीमात्र हैन, उनको सन्तान पनि हुर्किए। ‘उबेलाका काठ हेर्नु त, अझै पनि जुगौँसम्म टिक्ने घर छ हाम्रो,’ पद्‌मप्रसादले दलिनतिर देखाउँदै भने। लक्ष्मीप्रसादले फूलबारीमा आर्जेको विगौँ विगा जमिन अहिले सन्तानहरूले भोगचलन गरिरहेका छन्।

पद्‌मप्रसादकै मात्र सय विगा जमिन छ फूलबारीमा । ४० विगामा त उनको चिया बगान नै छ।

‘नियमित चियाको पात टिप्न ३० जना मदजुर छन्।  मासिक रुपमा बगानबाट ३ लाख बचत हुन्छ,’  उनी सुनाउँछन्। फूलबारीमै उनका दाजुको विशाल ‘सिटौला फार्म’ पनि छ।

पद्‌मप्रसाद सामुदायिक विद्यालयको प्रधानाध्यापक पनि हुन्। नेपाली आसामीहरूको हकहितमा लड्ने संस्था असम गोरखा सम्मेलनका उपसभापति पनि हुन् उनी।

०००

पद्‌म नेपालमा भएको पुर्ख्यौली थलोमा पुगेका त छैनन्। तर अझै पनि त्यहाँ घर र आफन्तहरू छन्। 'ठूलो पहाड र भिरको बाटो,' चुहानडाँडा नदेखे पनि उनको कल्पनामा त्यसको चित्र गढिबसेको छ।  

उतिबेला खेती नहुने, वर्ष दिन कुर्दा पनि चामलको भात खान नपाउनुको बाध्यता बा लक्ष्मीप्रसादले सुनाउँथे। ‘चुहानडाँडा सम्झनेबित्तिकै बा आमाले दुःख पाएको ठाउँ सम्झने रैछु,’पद्‌म भन्छन्। 

पद्‌मका अनुसार उतिबेला अभाव र भोकमरीले लक्ष्मीप्रसादको परिवार व्याकुल थियो। जहान र सन्तान पाल्न कठिन भएपछि उनी गरिखाने ठाउँको खोजी गर्न थाले। खोजी गर्ने क्रममा विसं २००१ सालमा उनी मधेश झरे। ‘मधेशमा त्यतिबेला मान्छे निकै कम थिए रे। झाडी नै झाडी थियो रे । औलोले थुप्रै मानिस लग्यो रे। बुबा त्यहाँबाट पनि इण्डिया पस्नु भयो,’ पद्‌म सुनाउँछन्। 

लक्ष्मीप्रसाद आसामको डिब्रुगढमा आएर कोइला खानीमा काम गर्न थालेछन्। पटक पटक ज्यानको बाजी थापेर लक्ष्मीप्रसादले मजदुर गरेछन्। झण्डै एक वर्षपछि उनी त्यहाँबाट भाग्न खोजेछन्। ‘यदि भागेको थाहा पाए भने ज्यान जाने थियो, एकजना दुध बेच्ने मान्छेले बुबालाई भाग्ने ठाउँ देखाइदिएछन्। बुबाले घाँटीसम्म पानी आउने नदी पार गरेर भाग्नुभएछ,’ पद्‌म सुनाउँछन्।

त्यसपछि लक्ष्मीप्रसादको भेट जर्मन फौजसँग भएछ। जर्मन फौजको समूहमा भान्छेको काम पाएछन्। तर, जर्मनको फौजको क्याम्प उठेपछि लक्ष्मीप्रसाद विलखबन्दमा परेछन्। 

त्यहाँबाट पनि कामको खोजीमा उनी लख्खिमपुरको फूलबारीमा पुगेछन्। ‘यहाँ अहिलेजस्तो त्यतिबेला घर थिएनन्। एउटा दुईटा मात्र थिए।  जंगल थियो, बाघ भालुहरू थिए,’ पद्‌म सुनाउँछन्।

सुनसान ठाउँमा एक साँझ उनी सुवेदी थरका नेपालीको घरमा बास बस्न पुगेछन्। ‘एउटा मात्र घर। को आउँछर र साथी हुन्छ भनेर पर्खिरहेको बेला बुबा पुग्नुभएछ,’ पद्‌म सुनाउँछन्।

लक्ष्मीप्रसाद केही महिना सुवेदीको घरमा गोठालो बसेछन्। त्यतिबेला जति जंगल फाँड्न सक्यो, त्यति जमिन आफ्नै हुन्थ्यो। केही महिनापछि अलि अलि पैसा हातमा पर्यो। अनि वरिपरिका जंगल फाँडेर खेतीयोग्य जमिन बनाएछन्। त्यही मेसोमा घर पनि।

घर बनाएपछि लक्ष्मीप्रसाद नेपाल फर्किएनन्। फूलबारीमा एक महिलासँग विवाह गरेर बसे। ‘सानीआमाबाट एउटा छोरी जन्मिइन्। माइली दिदी अझै पनि हुनुहुन्छ। तर सानीआमा दिदी जन्माउने बित्तिकै बित्नुभयो। त्यसपछि बुबा नेपाल फर्कनुभयो,’ पद्‌म भन्छन्।

लक्ष्मीप्रसादले घर छाडेपछि पद्‌मकी आमाले निकै कष्टकर दिन बिताउनुपर्‍यो । जेठो छोरा हुर्काउन र पेट पाल्न हम्मे हम्मे पर्‍यो। जमुनादेवीलाई फकाउनेहरू आउँथे र भन्थे, ‘तिम्रा बुढा अब फर्कन्नन्। हिँड मसँग ।’

तर उनी कहिल्यै फकिइनन्। परदेशिएका श्रीमान् फर्कन्छन् भन्ने आशमा रुँदै बसिरहिन्। एकदिन लक्ष्मीप्रसाद घर फर्किए। जमुनादेवीले  निकैबेर खुसीको आँसु खसालिरहिन्। 

‘बुबाले आमालाई नेपाल नफर्कने गरी यतै लिएर आउनुभयो। हामी ८ सन्तान यहीँ जन्मियौँ,’  पद्‌म भन्छन्।

विस्तारै आफन्त र दाजुभाइहरू पनि लक्ष्मीप्रसादलाई पछ्याएर आसामतिरै बसाइँ हिँडे।

नेपालीहरूकै बाहुल्य थियो गाउँमा पहिले। ‘तर यहाँबाट पनि बसाइँ सरेर धेरै गए। रैथाने मान्छेले यहाँ बस्न सकिन्छ भनेर देखे, उनीहरूले पैसा दिए, नेपालीहरू बेचेर फेरि जंगल खोज्दै हिँडे,’ पद्‌म भन्छन्।

पद्‌मलाई थाहा हुँदा फूलबारीमा त्यतिबेला उखुखेती हुन्थ्यो। रक्सी बनाउनका लागि उखुको प्रयोग हुन्थ्यो। ‘मालचन भन्ने माडवरीकोमा राँगाले तानेर टिनका टिन उखु लगिन्थे,’  उनी सुनाउँछन्।

कालान्तरमा लक्ष्मीप्रसाद गाउँको महाजनको रुपमा स्थापित भए। विपत् पर्दा मानिसहरू उनैलाई सम्झन थाले। जिल्लाभरि नै उनको प्रसिद्धि थियो। ‘कुनैबेला बुबाले सहयोग नगरेको मानिस नै थिएनन्, स्कुल खोल्दा होस् वा सामाजिक काम। बुबा सधैँ अग्रसर हुनुभयो,’ पद्‌म भन्छन्। 

लक्ष्मीेप्रसादको सय वर्ष बाँच्ने इच्छा थियो। तर शताब्दी नपुग्दै ९६ वर्षको उमेरमा उनले प्राण त्यागे। ‘चार वर्षअघि आमा बित्नुभयो। त्यही पीरले होला, चार वर्षपछि ०६८ सालमा बुबा बित्नुभयो,’ पद्‌म मलिन आवाजमा भन्छन्।

बुबा बितेको क्षण गाउँँ स्तब्ध थियो। घरको आँगनमा बाक्लो मानिसको उपस्थिति थियो।

उनका कानमा अझै पनि गुन्जिरहन्छन्, बा-आमाका आवाज। बा महाभारत, गीता र कृष्णचरित्र पढ्थे, उनी नजिक गएर सुनिबस्थे। बुबा बितेको कति दिनसम्म झ-झल्को आइरह्यो पद्‌मलाई।

पद्‌मको नेपालमा थुप्रै आफन्त छन्। जेठा दाइका परिवार नेपालकै विर्तामोडमा छन्। काइँला र कान्छा भाइका परिवार पनि नेपालमै छन्। पद्‌मका छोराले पनि काठमाडौँँबाटै एमबिबिएस सके।

मूल थलो नेपाल भन्ने कुराले नै नेपालप्रतिको प्रेम सधैँ गढ्दो रहेछ उनको मनमा।

‘नटेके पनि नेपाल आफ्नै भूमि लाग्दो रहेछ। नागरिक भारतका हौँ। तर आफ्नाहरूको आवतजावतले त्यो देश कहिल्यै विरानो नहुने रहेछ,’ पद्‌म मुसुक्क हाँस्छन्। 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्