• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

हर्टअट्याकका लक्षण

64x64
नेपाल लाइभ शनिबार, साउन १९, २०७५  ०८:५२
1140x725

मुटुको आकस्मिक (इमर्जेन्सी) अवस्थामा तत्काल उपचार नगरे ज्यान जाने खतरा हुन्छ । मुटुले दिमाग (गिदी) लगायत शरीरका विभिन्न अंगहरूमा रगतको साथमा अक्सिजन, ग्लुकोज र पोषण तत्वहरू आपूर्ति गर्छ ।

शरीरका लागी अत्यावश्यक यी वस्तुहरूको आपूर्ति रोकिएमा सबैभन्दा पहिले दिमागमा असर पर्छ । ५ मिनेटसम्म दिमागमा अक्सिजन र ग्लुकोज आपूर्ति बन्द भएको खण्डमा दिमागको मृत्यु हुन्छ । दिमाग मरेपछि ज्यान सकिएको मानिन्छ ।

 मुटुको इमर्जेन्सी अवस्था उत्पन्न हुँदा रक्तसञ्चालनमा अवरोध उत्पन्न हुन्छ । र, दिमाग लगायत अन्य अंगहरूमा अक्सिजन र ग्लुकोजको आपूर्ति घट्छ । यस प्रकार आवश्यक वस्तुहरूको आपूर्ति घट्दै जाँदा ज्यान खतरामा पर्छ । इमर्जेन्सी अवस्थामा उपचार गर्न कत्ति पनि ढिलाइ गर्नुहुदैन ।

एकपल्ट दिमाग मरेपछि यसलाई फेरि ब्यूँताउन सकिँदैन । ५ मिनेट अघि वा पछि भन्ने कुराले धेरै फरक पार्छ । अस्पताल पुग्न ढीला भएर अकालमै ज्यान गएको धेरै घटना हामीले देखेका छौँ । अस्पताल समयमा नै पु¥याएर पनि उपचारमा ढिलाई भई ज्यान गुमेका दुःखदायी घटनाहरू पनि देखेका छौँ । त्यसैले इमर्जेन्सी अवस्थामा तुरुन्त अस्पताल गइ चाँडो उपचार सुरु गरिनुपर्छ । इमर्जेन्सी विभागको काम भनेकै यस्ता तत्काल उपचार गरिहाल्नुपर्ने रोगीहरूलाई सेवा पु¥याउने हो ।

हात गोडाको नसा काटिएर रक्तश्राव भइरहनु, झाडा–वान्ता भएर शरीरमा रक्तचाप घट्नु, पानी र लवण कमी हुनु, शरीरमा कुनै कारणवश अत्याधिक पीडा हुनु, उल्टी र बेहोस हुने गरि टाउकोमा चोट लाग्नु, पेटभित्र आन्द्रा फुट्नु वा बट्टारिनु आदी सबै इमर्जेन्सी अवस्थाहरू हुन् ।

मुटुका इमर्जेन्सी अवस्थाहरूबारे धेरैलाई जानकारी नै छैन । यसकारण बेस्सरी छाती दुख्दा अस्पताल जानुको साटो डाक्टरलाई घरमा बोलाएर जँचाउने, एकैछिनमा सन्चो हुन्छ कि भन्ने आशमा घरमै आराम गरि समय बर्बाद गर्ने गरेको पाईन्छ । हातको नाडी बिस्तारै चल्ने र बेहोस हुने अवस्थामा पनि कमजोरी हो कि भनी आराम गरि बस्ने, रक्तचाप धेरै नै बढि हुँदा पनि मलाई टाउको दुखेकै छैन भनि उपचार गर्न नमान्ने चलन छ । मुटुका इमर्जेन्सी अवस्थाहरूको समयमै पहिचान गरी प्राथमिक उपचार विधि अपनाई सक्दो चाँडो अस्पतालको इमर्जेन्सी विभागमा पुग्नुपर्छ भन्ने जानकारी सबैमा हुनु पर्छ । यी अवस्थाहरू मुटुका इमर्जेन्सी अवस्था हुन् ।

छातीको बीच भागमा धेरै पीडा हुने
मुटु छातीको बीच भागमा हुन्छ । यस भागमा धेरै नै दुख्यो भने हृदयघातको शंका गर्नुपर्छ । हृदयघात हुँदा छातीको बीच भागमा छुरीले रोपेजस्तो, डोरीले कसेजस्तो वा ढुंगाले थिचेजस्तो पीडा हुन्छ र मरी पो हाल्छु कि भन्ने डर उत्पन्न हुन्छ । कसै–कसैलाई आगोले पालेजस्तो हुने, पीडा केही गर्दा पनि ठीक नहुने, खलखली पसिना आउने र वाकवाकी लाग्ने हुन्छ । मुटुभित्र रगत पु¥याउने नशा बन्द भयो भने यस्तो पीडा उत्पन्न हुन्छ । यो इमर्जेन्सी अवस्था हो ।

छातीमा पीडा उत्पन्न हुनेबित्तीकै यसको उपचार सुरु गर्नुपर्छ । बन्द भएको नशालाई खुलाउनेतर्फ उपचार केन्द्रित हुनुपर्छ । बन्द भएको नशालाई जति चाँडो खुलाउन सक्यो त्यति राम्रो हुन्छ । छातीमा पीडा उत्पन्न भएको एक घण्टाभित्र अस्पताल पु¥याएर उपचार सुरु गर्नु सबैभन्दा उत्तम हुन्छ । यो पहिलो एक घण्टालाई स्वर्ण घण्टा (गोल्डेन आवर) भनिन्छ । यो समयमा बन्द भएको नशा खुल्यो भने हृदयघात भएतापनि मुटुलाई क्षति पुग्नबाट पूर्णरुपले बचाउन सकिन्छ । ६ घण्टाभित्र नशालाई खुलाउन सक्यो भने सानो क्षति पुग्छ । योभन्दा ढिला भयो भने धेरै नै ठूलो क्षति पुग्छ । यस अवस्थामा मुटुका मांशपेशीको केहि भाग मर्दछ र मुटु सदाको लागी कमजोर भएर जान्छ । एकपल्ट मुटुको मांशपेशी मरेपछि त्यो फेरि ब्यूँतिदैन ।

Ncell 2
Ncell 2
nimb
nimb

 हृदयघातको उपचारमा समयको एकदमै ठूलो महत्व छ । मर्ने बाँच्ने समय ढिलोचाडोले निर्धारण गर्छ । अस्पताल जाने क्रममा केहि प्राथमिक उपचार विधिहरू अपनाँउदा बेस हुन्छ । जस्तै– एक चक्की एस्पिरिन औषधि मुखमा हालेर चुस्ने, कस्सिएको कपडा, कमर पेटी आदि फुकालेर जीउ हलुका बनाउने, टाउकोलाई केहि उठाउनेगरि सिरानी राखेर आरामसँग पल्टने, झयाल–ढोका खोलेर खुला हावामा सास फेर्ने, ५ मिलिग्राम सोरविट्रेट वा आयसोड्रिल चक्की जिब्रोमुनि राख्ने, खानेकुरा केहि पनि नखाने आदि ।

 अस्पताल नपुग्दासम्म हातको नाडी छाम्दै गर्नुपर्छ । नाडी पूर्णतया बन्द भयो, हरायो र बिरामी बेहोस भयो भने छातीको मसाज र कृत्रिम श्वास दिनुपर्छ । यसो गरेर पनि बिरामीलाई ३०–४० मिनेट सम्म बचाईराख्न सकिन्छ । अस्पताल नपु¥याउँदासम्म यो कार्य जारी राख्नुपर्छ ।

दम धेरै बढ्ने
मुटुरोगीमा दम बढ्नु भनेको मुटु फेल हुनु जस्तो हो । दम खतराको घण्टी हो तर यो आफैमा रोग भने होईन । अलि–अलि मात्र दम बढ्ने भएको छ भने इमर्जेन्सी अवस्था होईन तर धेरै बढेकोछ भने इमर्जेन्सी अवस्था हो ।

आरामसाथ बस्दा वा दुई–चार पाइलामात्र हिड्दा पनि दम बढने, पल्टिदा दम बढ्ने, बस्दा घट्ने हार्टफेलको माथिल्लो अवस्था हो । यस्तो हुँदा अस्पतालको इमर्जेन्सीमा उपचारका लागी जानुपर्छ। हार्ट फेल हुँदा दमको साथमा खोकी लाग्ने, कहिलेकाहीँ कफमा रगत देखा पर्ने, दुवै खुट्टा सुन्निने हुन्छ । हार्ट फेल भएको अवस्थामा खुट्टा तल झार्ने र टाउको माथी उठाउने पोजिसनमा बस्नुपर्छ । टाउकोको पोजिसन जीउ र खुट्टाहरूको भन्दा जतिसक्दो माथी उठाउनुपर्छ । २–३ वटा तकियामा आड लागेर बस्नु उत्तम हुन्छ । झोल पदार्थ पिउनुहुँदैन तर पिसाब बढाउने औषधि लिनुपर्छ । अक्सिजन लिनुपर्छ र जतिसक्दो चाँडो उपचारका लागी अस्पताल जानुपर्छ ।

मुटु धेरै छिटो वा धेरै ढिलो चल्ने
मुटुको गति प्रतिसेकेण्ड ६० देखि १०० हुनुपर्छ । यदि कसैको मुटु प्रतिमिनेट ४० भन्दा कम वा १४० भन्दा बढी भयो भने इमर्जेन्सी अवस्था हो । यस्तो अवस्थामा चक्कर लाग्ने बेहोस हुने हुन्छ । मुटु धेरै ढिलो वा धेरै छिटो चल्यो भने मुटुले राम्रोसँग पम्प गर्न सक्दैन, जसका कारण दिमागमा पर्याप्त मात्रामा रगत पुग्दैन । यसो हुँदा दिमागमा क्षति पुग्छ । धेरै क्षति पुग्यो भने दिमाग मर्न सक्छ । जति सक्यो चाँडो मुटुको धड्कन ठीक पार्ने उपचार सुरु गर्नुपर्छ । प्राथमिक उपचारको रुपमा मुटु छिटो चल्दा गहिरो श्वास तानेर भित्रै रोक्ने, आँखामा चिसो पानीले भिजेको रुमाल राख्ने, घाँटीको दाँयातर्फको ठूलो नशा मालिस गर्ने, हातका औँलाहरूलाई मुखभित्र छिराएर घाँटीसम्म पु¥याई उल्टी हुने गरी वाक्वाक् गर्ने आदि गर्नुपर्छ ।

यसो गर्दा छिटो–छिटो चलेको मुटु ठीक गतिमा चल्ने हुन सक्छ । मुटु धेरै छिटो चलेर बिरामी बेहोस भयो, रक्तचाप धेरै नै घट्यो, मृत्युको सम्भावना जस्तो देखियो भने ढिला नगरी दाँया हात मुठ्ठी कसेर बेस्सरी बिरामीको छातीमाथि एकपल्ट बजार्नुपर्छ । यसले करेन्ट (सक) दिएजस्तै काम गर्छ । एकपल्टमा नभएमा फेरि मुठ्ठीले छातीमा हिर्काउने काम दोहो¥याउनुपर्छ । यो कार्य निर्दयीजस्तो देखिए पनि मुटु धेरै छिटो वा ढिलो चली बेहोस भएको अवस्थामा ज्यान बचाउन सक्ने एकमात्र प्राथमिक उपचार हो । अस्पतालमा मेसिनबाट विघुतिय झड्का मुटुमा लगाईन्छ । अस्पताल पु¥याउनु भन्दा अगाडी जोडले छातीमा बजारेको मुक्काले विघुतीय झड्का सरह सञ्जीवनीको काम गर्न सक्छ ।

मुटुको गति बन्द हुन नदिन बिरामी आफैले अपनाउन सकिने महत्वपूर्ण उपाय
हृदयघात वा अन्य कारणले मुटुको गति बन्द हुने अवस्था आयो भने चक्कर लाग्छ, बेहोस हुने स्थिति आँउछ । १० सेकेण्डभित्र प्राथमिक उपचार नगरे बेहोस भइन्छ । बिरामी एक्लै भएको अवस्थामा यस्तो पस्थिति आयो, साथमा कोही छैन, औषधि पनि केहि छैन तर अस्पताल धेरै टाढा छैन भने अस्पताल जाँदाजाँदै एक प्रभावकारी र महत्वपूर्ण उपाय अपनाँउन सकिन्छ । यसरी प्राथमिक उपचार गर्दा आत्तिनुहुदैन र बेस्सरी जोडसँग खोक्न सुरु गर्नुपर्छ । खोकी कफ निकाल्न सक्ने जति जोडको साथ हुनुपर्छ । यसरी गहिरो सास लिने र जोडसँग खोक्ने गर्नुपर्छ । यसोगर्दा कृत्रिम श्वास र मुटुको बाहिरी मालिस (हार्ट मसाज ) गर्दाको जस्तै लाभ मिल्छ । अस्पताल पुगेर उपचार सुरु नहुन्जेल श्वास तान्ने, जोडले खोक्ने कार्य जारी राख्नुपर्छ ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०७५  ०८:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ
यस्तो छ विदेशी मुद्राको विनिमय दर
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता मंगलबार, असोज ६, २०८३
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्