काठमाडौं– शुक्रबारको संसदीय सुनुवाइ विशेष समिति बैठकको निर्णयबाट प्रधानन्यायाधीस बन्न वञ्चित भएका दिपकराज जोशीले राजीनामा नदिने मनस्थिति बनाएका छन्। कायममुकायम प्रधानन्यायाधीसको हैसियतमा रहेका जोशीले राजीनामा नदिई पेशी तोक्ने बताएका छन्।
प्रधानन्यायाधीसमा अस्विकृत भएपनि न्यायाधीसको रुपमा भने उनले कार्य गर्न पाउने छन्। वरिष्ठ न्यायाधिसले पेशी तोक्न पाउने व्यवस्था अनुरुप जोशीले सर्वोच्चको दैनिक कार्य सञ्चालन गर्ने बुझिएको छ।
सत्तापक्षका सांसदहरुले भने जोशीले राजीनामा नदिए महाअभियोग लगाएर हटाउने अभिव्यक्ति दिइसकेका छन्।
रिक्त प्रधानन्यायधीसका लागि संवैधानिक परिषद्ले पुनः न्यायाधीसहरुको नाम सिफारिस गर्नुपर्ने भएको छ। जोशीपछिको रोलक्रममा ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा रहेका छन्। न्यायपरिषद्बाट यसअघि सिफारिस भएका मिश्र र राणामध्येबाट एकलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइका लागि पठाउने छ।
संवैधानिक परिषद्ले सिफारिस गरेकालाई संसदीय समितिले डेढ महिनाभित्र स्वीकृत÷अस्वीकृतको निर्णय दिनुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।