काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकमा समयाभावले पछिल्लो घटनाक्रमका विषयमा विस्तृत छलफल गर्न नसकिएकोले बैठक आज पनि बस्ने भएको हो।
दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको बैठकमा संसदमा पार्टीको भूमिका, प्रधानन्यायाधीसमा दिपकराज जोशीको नाम अस्विकृत हुनु लगायतका विषयमा छलफल हुने बताइएको छ।
बिहीबारको संसद बैठकमा प्रश्नोत्तर गर्न समय नदिएको भन्दै कांग्रेसले सभामुखको भूमिकाप्रति पनि प्रश्न उठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।