काठमाडौं– सरकारले कर्मचारीको सुविधा बृद्धि गरेको छ। पोशाक भत्ता बढाएर बार्षिक १० हजार रुपैयाँ पुर्याएको छ। यसअघि ७ हजार ५ सय रुपैयाँ थियो।
त्यस्तै बीमा सम्बन्धि सुविधा थप भएको छ। कर्मचारीहरुको बीमाकं बृद्धि गर्ने निर्णय भएको सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
समाज कल्याण परिषद्मा भएको अनियमितताको छानबिन गर्न समिति आयोग गठन भएको छ।
सशस्त्रका एआईजीहरुको जिम्मेवारी हेरफेर भएको छ। एआईजी पुष्पराम केसीलाई कार्य तथा सीमा सुरक्षा विभाग तथा नारायणबाबु थापालाई मानवस्रोत विभागमा सरुवा गरिएको हो।
मन्त्रिपरिषद्का थप निर्णयहरु यस्ता छन् -
-खाद्य तथा पोषण सुरक्षा अभिबृद्धि परियोजनाका विश्वबैंकबाट प्राप्त हुने अनुदान सहायत स्वरुप २२.७ मिलियन अमेरिकी डलर स्वीकार गर्न वार्ता टोली गठन गर्ने
-एडिबीबाट राजमार्ग सुधार परियोजनाका लागि एक ८० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने
-रणनीतिक सडक सञ्चालनमा पर्ने पुलहरुको सुधार तथा मर्मतबा लागि विश्व बैंकबाट एक सय ३३ मिलियन अमेरिकी डलर ऋण सहायता लिन वार्ता टोली बनाउने
-नेपाल सरकारले उखुको न्यूनतम समर्थन मूल्य परिवर्तन नगरेसम्मका लागि २०७५ जेठ १५ गतेदेखि लागू हुने गरी उखु उत्पादक कृषहरुलाई प्रति क्वीन्टल रु ६० रुपैयाँ अनुदान दिने
केन्द्रीय कानुन पुस्तकालयलाई निरन्तरता दिइ उपयुक्त स्थानमा स्थानान्तरण गर्ने।
-स्थानीय तहको निर्वाचनको सिलसिलामा २०७४ साल असार ४ गते उम्मेदवारी दर्ता गराउने क्रममा भएको झडपमा परी ज्यान गुमाएका बाजुराका हंस रावतकी श्रीमती कौशीदेवी रावतलाई रु १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउन
-अर्काे व्यवस्था नभएसम्मका लागि केन्द्रीय बालकल्याण समिति र जिल्ला बालकल्याण समितिलाई निरन्तरता दिने।
-बाँके, पर्सा, रुपन्देही र चितवनमा बाल सुधार गृह सञ्चालन गर्ने
-समाज कल्याण परिषद्मा भएको अनियमितताको छानबिन गर्न जाँचबुझ ऐन बमोजिम बिशेष अदालतका पूर्व न्यायधीश मोहनरमन भटराईको अध्यक्षमा जाँचबुझ आयोग गठन
-राष्ट्रिय प्रकृती संरक्षण कोष, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी, राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिको बिद्यमान संरचनालाई सुधारसहित निरन्तरता दिने
-वन बैदावार विकास समिति र टिम्बर कर्पाेरेसनलाई एक आपसमा गाभ्ने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।