• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गठबन्धन भए पनि भुसाललाई सहज छैन पूर्वमन्त्री रायमाझीको चुनौती 

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २८, २०७९  १२:००
1140x725

काठमाडौं– प्रतिनिधि सभाको कार्यकाल केही महिना मात्र बाँकी रहँदा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार हुँदै पुष्पा भुसाल उपसभामुख निर्वाचित भइन्।

असार ३१ गते उनी उपसभामुखमा निर्वाचित भएकी थिइन्। करिब ४ महिनापछि उनी निर्वतमान उपसभामुख हुँदै निर्वाचनको मैदानमा छिन्। उनी अर्घखाँचीमा माओवादी केन्द्र हुँदै हाल नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसँग आमुन्ने–सामुन्ने भएकी छिन्।

रायमाझी उक्त क्षेत्रमा तेस्रोपटक जित हात पार्दै आफ्नो प्रभाव कायम राख्ने पक्षमा छन् भने भुसाल नयाँ क्षेत्रमा जित हात पार्ने दाउमा छिन्। 

एमालेको राम्रो संगठन भएको क्षेत्र हो यो। साथै रायमाझी पार्टीको केन्द्रीय पदाधिकारीसमेत भएकाले उनी आफ्नो क्षेत्रमा प्रभाव बढाउने दाबी गर्दै आएका छन्। सत्ता गठबन्धनको साथमा निर्वाचनको मैदानमा रहेकी भुसाल पनि रायमाझीलाई हराएर प्रत्यक्षरुपमा निर्वाचित हुने रणनीतिमा छिन्। 

अंक गणितमा हेर्दा भने दुवै उम्मेदवारको टक्कर हुने देखिन्छ। २०७४ सालको निर्वाचनमा रायमाझीले जितेका थिए। तत्कालीन समयमा एमाले र माओवादी केन्द्र वाम गठबन्धन बनाएर चुनावी मैदानमा थिए। तत्कालीन अवस्थामा माओवादीमा सक्रिय रायमाझीले ५० हजार ८६७ मत प्राप्त गरेका थिए। 

रायमाझीसँग प्रतिस्पर्धा गरेका कांग्रेसका डा रामबहादुर विसीले ३२ हजार ५४४ मत पाएका थिए। रायमाझी र विसीको मतान्तर १८ हजार २ सय ९३ थियो। तर, यस पटक माओवादी केन्द्र रायमाझीको विपक्षमा रहेको छ।

त्यस्तै नेकपा एमाले विभाजन हुँदै एकीकृत समाजवादीको रुपमा रहेको छ। माओवादी र एकीकृत समाजवादीले भुसाललाई सहयोग गरेका छन्। 

दुई हाइप्रोफाइलको टक्कर 
एउटा मात्र निर्वाचन क्षेत्र रहेको उक्त जिल्लामा हाइप्रोफाइल टक्कर हो। रायमाझी एमालेका सचिव हुन् भने भुसाल पनि पार्टीभित्र प्रभावशाली नेतृ हुन्। संसदीय दलको सचेतक हुँदै उपसभामुखसमेत बनेकी उनी केन्द्रीय सदस्य हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अघिल्लोपटक समानुपातिकबाट सांसद भएकी भुसाललाई यसपटक जित हात पार्दै आफ्नो प्रभाव विस्तार गर्नुपर्ने भएकाले चुनावी मैदानमा खटिएकी छन्। रायमाझी पनि माओवादी केन्द्रबाट नेकपा विभाजन हुँदा एमालेमै बसेकाले उनका लागि पनि जित महत्वपूर्ण छ।

स्थानीय तहको मतभारमा सत्ता गठबन्धन भारी  
स्थानीय तहमा अर्घाखाँचीका ६ पालिकामध्ये एमाले ३, कांग्रेस २ र राष्ट्रिय जनमोर्चा एउटामा विजयी भएका छन्। वडाध्यक्षहरूको मतका आधारमा सत्ता गठबन्धनभित्र ५२ हजार ७ सय ५५ मत देखिन्छ।

त्यस्तै एमालेको ४८ हजार २६० मत देखिन्छ। उक्त जिल्लामा नेपाली कांग्रेसको ३७ हजार २५, माओवादी केन्द्रको ७ हजार ७ सय ९०, राष्ट्रिय जनमोर्चाको ४ हजार २०४ र एकीकृत समाजवादीको ३ हजार ७३६ मत देखिन्छ।

अर्घाखाँचीमा एमाले वडाध्यक्षहरूले पाएको मतमा कांग्रेस र माओवादी केन्द्रभन्दा बढी भए पनि राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको मत समेटिँदा एमालेभन्दा गठबन्धन अगाडि हुने देखिन्छ। भुसाललाई यो मत एकीकृत गराएर राख्नुपर्ने चुनौती रहेको छ भने रायमाझीलाई गठबन्धनको भोट आफूतिर तान्नुपर्ने बाध्यता छ । 

अनुभवी प्रतिस्पर्धी 
दुवै उम्मेदवार संसदीय राजनीति र निर्वाचनमा अनुभवी छन्। भुसाल २०६४ सालको संविधानसभा निर्वाचनमा अर्घाखाँची २ बाट विजयी भएकी थिइन्। २०७० मा अर्घाखाँची २ बाट उनी पराजित भइन्। एमाले उम्मेदवार डा. दुमन थापासँग पराजित भएकी थिइन्। त्यसपछि भएको २०७४ सालको निर्वाचनमा भुसाल चुनावी मैदानमा आइनन्। उनी समानुपातिक सुचीमा रहदै सांसद भएर कांग्रेस संसदीय दलको सचेतक र पछि उपसभामुखसमेत बनिन्। 

रायमाझी भने २०६४ सालदेखि लगातार निर्वाचित हुँदै आएका छन्। २०६४ र ०७० मा माओवादी केन्द्रबाट अर्घाखाँची १ मा जितेका थिए। वाम गठबन्धनबाट  एमाले र जनमोर्चाको साथ लिएर निर्वाचित भएका थिए रायमाझी। नेकपा विभाजन हुँदा माओवादी केन्द्र त्यागेर नेकपा एमाले रोजेका रायमाझी उपप्रधान, भौतिक योजना तथा निर्माण, स्थानीय विकास र ऊर्जा मन्त्रीसमेत भएका थिए। 

दुवै उम्मेदवारले चुनावी प्रचारका दौरानमा एक टेलिभिजनसँगको कुराकानीमा यस क्षेत्रको विकासका लागि आफ्नो उम्मेदवारी भएको दाबी गरेका छन्। रायमाझीले अर्घखाँचीमा सबैको घरमा विजुली पु¥याउने लक्ष्य लिएर आफूले ऊर्जामन्त्री हुँदा काम गरेको र पुरानो संरचना भएका कारण सबै स्थानमा पु¥याउन नसकिएकाले अव ती क्षेत्रमा काम गर्ने आश्वासन दिएका छन्। 

यस्तै सबै क्षेत्रमा खानेपानी पुर्‍याउने गरी काम भइरहेको र एक घर एक धारा बनाउने अभियान आफू निर्वाचित भएपछि अघि बढाउने बताएका छन्। 

यता नेपाली कांग्रेसकी उम्मेदवार भुसालले आफू पहिलोपटक निर्वाचित हुँदा संविधान लेखनमा सक्रिय भूमिका खेलेको र आफ्नो पार्टी विभिन्न समयमा सहभागी हुन नसकेकाले काम गर्न नसकेको बताएकी छन्। जिल्लाको विकासका लागि आफू सधैं लागिपरेको दाबी गरेकी छन्। निर्वाचित भएपछि काम गर्नका लागि आफूसँग धेरै योजना रहेको भुसालको भनाइ छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १२:००
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति?
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
प्रतिनिधिसभाको बैठक बस्दै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्