• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
काठमाडौं ५ स्थलगत

ईश्वर पोखरेलको घरदैलो अभियानमा केपी ओलीको गुणगान!

64x64
धनु विश्वकर्मा शुक्रबार, कात्तिक २५, २०७९  १६:४९
1140x725

काठमाडौं– बिहान ९ बजेको छ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं- ५ का प्रतिनिधि सभा उम्मेदवार ईश्वर पोखरेलको घरदैलो अभियानको टोली बुढानीलकण्ठ- ६ को खड्का भद्रकालीस्थित हात्तिगौंडा नजिकै पुगेको छ।

हात्तिगौंडास्थित भक्ति इन्टरनेसनल स्कूलका विद्यार्थीहरु मैदानमा खेलिरहेका छन्। रोडको छेउमै रहेको उक्त विद्यालय नजिक ईश्वरको समूह पुगेको छ।

घरदैलो अभियानमा बद्री पंगेनी र पूर्णकला बिसीको स्वर रहेको ‘म त यसै एमाले, मेरो देशै एमाले’ बोलको गीतमा कार्यकर्ता झुमिरहेका छन्। कोही नाँच्दै छन्, कोही सेल्फी खिच्न व्यस्त छन्। 

साउण्ड बक्समा बजिरहेको गीतले विद्यार्थीको ध्यान एमालेको घरदैलो अभियानमा तान्यो। भोट माग्दै हिँडेका कार्यकर्ता ‘भोट केमा, सूर्यमा’ भन्दै नारा लगाइरहेका थिए। यत्तिकैमा विद्यालय हाता भित्रबाट विद्यार्थीले एकाएक ‘भोट केमा, सूर्यमा’ भन्दै नारा लगाए।

ishor-51668075421.jpg

पोखरेल टक्क रोकिएर विद्यालयतिर फर्के। मुसुक्क हाँसे। तर कुनै प्रतिक्रया दिएनन्। विद्यार्थीले नारा लगाएपछि कार्यकर्ताले झनै चर्को स्वरमा नारा लगाए। विद्यार्थी नै नारा लगाउन थालेपछि विद्यालयका शिक्षक-शिक्षिका आएर वातावरणलाई शान्त पारे। ईश्वरको समूह भने अर्को गल्लीमा छिर्‍यो। 

घरदैलो टोली घनगाउँ पुग्दा स्थानीय विष्णुमायाले ईश्वरलाई नचिने पनि उनको पार्टीलाई २०५६ देखि नै मत हाल्दै आएको बताइन्। ईश्वरसँगै रहेका प्रदेश सभाका उम्मेदवार दीपक निरौलालाई भने उनले चिनेकी रहिछन्। यो क्षेत्रमा विकास गरेकोले एमालेलाई भोट दिएको उनले बताइन्। विष्णुमायाले भनिन्, ‘बुढाबुढीले एमालेकै दानापानी त खाएका छन्।’ 

ईश्वरले मतदाताको दैलो-दैलोमा पुगेर मतको लागि अपिल गरे। उनले कुनै आश्वासन भने दिएनन्। मतदाताले पनि अजेण्डामा कुनै गुनासो गरेनन्। मत माग्ने क्रममा ईश्वर मतदातासँग निकै आत्मियता दर्शाइरहन्थे। वृद्धदेखि बच्चासम्मलाई नमस्कार गर्दै नजिकै गएर कुराकानी गरे।

nimb
nimb
Ncell 2
Ncell 2

विष्णुमायासँगै बसेकी मीना नगरकोटीले दुई वटा सयपत्रीको माला लगेर ईश्वर र दीपकलाई लगाइदिइन् र जितको शुभकामना दिइन्। उनले भनिन्न्, ‘मैले उहाँको लागि बिहानै पशुपति पुगेर पूजा गरी माला ल्याएकी हुँ।’ 

घर-घरमा खानेपानी नपुर्‍याए अर्कोपटक मत नहाल्ने
घनगाउँबाट ईश्वरको टोली गणेशस्थान पुग्यो। हामी उनको टोलीलाई पछ्याउँदै छौं। ६ र ७ वडाका चोकचोकमा रातो रङले सूर्य चिह्न बनाएर ईश्वरलाई स्वागत स्वागत गरिएको छ। 

ishor-41668075421.jpg

७९ वर्षीय रत्नप्रसाद बिडारी र उनकी बुहारी बिन्दु बिडारीलाई नमस्कार गर्दै ईश्वरले मत मागे। बिडारी सासुरा-बुहारीको पुर्ख्यौली घर र ईश्वरको पुराननो घर ओखलढुंगा भएकोले उनीहरुको चिनजान पनि लामै रहेछ। ईश्वरले भने, ‘म तपाईंहरुसँग मत माग्नभन्दा पनि शुभकामना र आशीर्वाद माग्न आएको हुँ।’ 

शिरमा हात राख्दैं रत्नप्रसादले देशले खोजेको नेता भन्दै जितका लागि ईश्वरलाई आशीर्वाद दिए। ‘जित पक्का छ तर, जनताको बाचालाई धोका नहोस्,’ रत्नप्रसादले भने। यो क्षेत्रमा खानेपानी बाहेक अरु कुनै ठूलो समस्या नभएको बिन्दुले बताइन्। उनले भनिन्, ‘उहाँले जनताको घर-घरमा खानेपानी पुर्याए पुग्छ।’ 

६६ वर्षीया सुनमाया नगरकोटी र ५५ वर्षीया सुशीला थापा ईश्वरको पक्षमा मत माग्न पछिपछि हिँडेका छन्। ‘राजनीति खास्सै बुझेको छैन। तर पनि ईश्वरको लागि मत माग्न आएका हौं,’ उनीहरु भन्छन्। 

यो क्षेत्रका जनतालाई पानी खुवाउन नसके भने अर्को पालि मत नहाल्ने सुशीला बताउँछिन्। यसका साथै शिक्षा र स्वास्थ्य नि:शुल्क गर्न सके मात्र देशको विकास हुने सुशीलाको भनाइ छ।

क्यान्सरपीडितलाई सहयोगको आश्वासन
घनगाउँ र गोल्फुटारको बीचमा पिपलबोट छ। पिपलबोटको दक्षिणतर्फ तीन वटा जस्ताका टहरा छन्। ईश्वरको समूह त्यही टहरोमा भोट माग्न पस्यो। भोट माग्ने क्रममा ईश्वर भुईंमा लम्पसार परेका अस्तराम नगरकोटी नजिकै गए। श्रीमती राममाया नगरकोटीले अस्तरामलाई ओछ्यानबाट उठाइन्। 

६ महिनाअघि अस्तरामको घाँटीमा क्यान्सर भयो। अहिले उनको घाँटीमा पलाएको मासु काटिएको छ। क्यान्सरका साथै उनलाई टिबी पनि छ। ईश्वरलाई देख्नेवित्तिकै राममायाले सहयोगको अपिल गरिन्। उनले वडाध्यक्ष बसनारायण महर्जनसँग समन्वय गरेर आर्थिक सहयोग गर्ने आश्वासन दिए। राममायाको नजिकै गएर आजै बेलुका सहयोग गर्ने वाचा गर्दै ईश्वर गोल्फुटारतिर झरे। 

ishor-31668075421.jpg

ईश्वरको घरदैलोमा ओलीको गुणगान
घरदैलो अभियानलाई पछ्याउँदै गर्दा ईश्वरभन्दा पनि केपी ओलीलाई हेरेर मत दिने मतदाताको मनसाय देखियो। यहाँका मतदातासँग कुराकानी गर्दा ईश्वरलाई भन्दा प्रधानमन्त्री हुने भएकोले ओलीका लागि मत दिने प्रतिक्रिया बाक्लै सुनियो। 

रत्नमाया महर्जन डढुँगाउँमा ईश्वरको समूहलाई कुरेर बसेकी थिइन्। घरदैलो टोली डढुँ पुग्नेवित्तिकै रत्नमायाले ईश्वरलाई माला र अबिर लगाइदिइन्। उनले पनि अबको ५ वर्ष नेपाली जनताले केपी ओलीलाई प्रधानमन्त्री हुने अवसर दिनुपर्ने तर्क पेस गरिन्। ‘केपी सरकारले नै हामीजस्ता बुढाबुढीलाई वृद्धभत्ता दिएको हो। फेरि ओली नै प्रधानमन्त्री बन्नुपर्छ,’ रत्नमायाले भनिन्।  

सँगै रहेकी नातिनी बबितातर्फ देखाउँदै रत्नमायाले भनिन्, ‘भोलिका पुस्ताको भविष्य ओलीका हातमा छ।’ बबिताले पनि ओलीलाई सामाजिक सञ्जालमा पछ्याउँदै आएकी रहिछन्। नयाँ मतदाता बबिता भन्छिन्, ‘यो देशमा केपी ओली जस्तो देशलाई माया गर्ने अरु नेता छैनन्।’ 

७ नम्बर वडा कार्यालय नजिकै किराना पसलमा छिरेर ईश्वरले सन्तबहादुर छन्त्यालसँग मत मागे। सन्तबहादुरले ओली देश विकासमा लागेको मान्छे, फेरि प्रधानमन्त्री बन्नुहोस् भन्दै आशीर्वाद दिए।

अबको प्रधानमन्त्री ओली बने मात्र देशको समस्या समाधान हुने उनको दाबी छ। उनले भने, ‘ओलीले भारतलाई समेत घुँडा टेकाएका छन्। चुच्चे नक्सा, नाकाबन्दीको समयमा ओलीको अडान मलाई मन परेको छ। एमालेलाई मत हाल्ने पनि ओलीको काम देखेर नै हो।’

ishor-21668075421.jpg

यो क्षेत्रमा एक जना मात्र स्वतन्त्र उठेको भए सहयोग गर्न तयार रहेको, तर स्वतन्त्रका नाममा कोही घण्टी, कोही सुई, कोही लौरो, कोही आमा, कोही सेलरोटी भन्दै मत माग्न आएपछि दिक्दार लागेको उनले बताए। छन्त्यालले भने, ‘स्वतन्त्र पनि एकै मात्र उठून् न। अनि हामी पनि मत बदल्छौं।’

काठमाडौं- ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल र नेकपा एमालेका ईश्वर पोखरेल मुख्य प्रतिस्पर्धी छन्। 

२०७४ मा काठमाडौं महानगरपालिकाको मेयरमा उठेर चर्चामा आएकी रञ्जु दर्शनाको पनि त्यो बेलाको जस्तो क्रेज नभएको मतदाता बताउँछन्। छन्त्यालले भने, ‘पाँच वर्ष निदाउने अनि चुनावी आएपछि मात्र जाग्ने?’

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १६:४९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सोमबार, असार १५, २०८३
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन सोमबार, असार १५, २०८३
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा सोमबार, असार १५, २०८३
सार्वजनिक लेखा परीक्षणलाई प्रविधिमैत्री र नतिजा केन्द्रित बनाउनुपर्नेमा सभामुखको जोड सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्