• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

उपचारका लागि बीपी देशबाहिर गएका बेला दरबारबाट गणेशमानलाई प्रधानमन्त्रीको प्रस्ताव

डा मीता सिंह बिहीबार, कात्तिक २४, २०७९  ०८:०८
1140x725

इलाहावाद उच्च अदालतले भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको निर्वाचन क्षेत्रको चुनावमा व्यापक धाँधलीविरूद्धको याचिकालाई स्विकार गरेपछि उनले सन् १९७४ मा सङ्कटकालको घोषणा गरेकी थिइन्। उनले आफ्नो संसदीय सिट गुमाउनुपर्‍यो र प्रधानमन्त्री पदबाट पनि राजीनामा दिनुपर्‍यो। उच्च अदालतको फैसला आउनुअघि धेरै दिनसम्म भारतका धेरै सहरका सडकमा उनको राजीनामाको माग गर्दै व्यापक प्रदर्शन भएको थियो। आफ्नो सरकारविरुद्धको प्रदर्शन दबाउन उनले सङ्कटकाल घोषणा गरी आफ्ना बुबाका सहकर्मी समाजवादी नेता जयप्रकाश नारायणलगायत सबै विपक्षी नेताहरूलाई गिरफ्तार गरिन्।

भारतको सङ्कटकालीन शासनकालमा बालगायत नेपाली कांग्रेसका सबै सदस्यलाई भारतीय गुप्तचर निकायको कडा निगरानीमा राखिएको थियो र नेपाल–भारत सीमाको ४० किलोमिटरभित्र आवतजावतमा प्रतिबन्धजस्तो नियम लगाएर नेपाली कांग्रेसको आन्दोलनमा गम्भीर प्रतिबन्ध लगाइएको थियो। एकपटक बा दार्जिलिङको कलेजमा भर्खरै भर्ना भएकी कान्ता दिदीलाई भेट्न जानुभयो। अचम्मसँगले उहाँलाई तुरुन्तै दार्जिलिङ छोड्न भनियो। किनभने, यो प्रतिबन्धित ४० किलोमिटरको दायराभित्र अवस्थित थियो। यो प्रतिबन्धले उहाँको आन्दोलनलाई धेरै हदसम्म सीमित गर्‍यो। दार्जिलिङ जाँदा बा आफ्ना पुराना साथी रामशङ्कर लालकहाँ बस्नुहुन्थ्यो।

आफ्ना नेताहरूको रिहाइपछि निर्वासनबाट देशमा परिवर्तन ल्याउनका लागि नेपाली कांग्रेसले गरेका सबै प्रयास असफल भए। त्यसमाथि भारत सरकारले कडा प्रतिबन्ध लगाएपछि कुनै सम्भावना बाँकी रहेन। पार्टी सभापति बीपी कोइरालाले अब नयाँ ढङ्गले अघि बढ्ने बेला भएको ठानेर नेपाल फर्कने निर्णय गरे। उनको निर्णय उनका साथीहरू र बाको सल्लाहविपरीत थियो।

जेल र निर्वासन भोगेको वर्षौंपछि बीपी कोइरालालाई निरकुङ्श शासनसँग मेलमिलाप गर्नु नै अगाडिको बाटो हो भन्ने लाग्यो, जसलाई उनले ‘राष्ट्रिय मेलमिलाप नीति’को नाम दिए। बीपी कोइरालाले पार्टीमा प्रस्ताव गरेको यस नयाँ नीतिप्रति बाले आफ्नो असन्तुष्टि र चिन्ता व्यक्त गर्नुभयो। तर, पार्टीले भारतको पटनामा बैठक बसेर यो नीति अवलम्बन गर्ने निर्णय गर्‍यो। साँचो प्रजातन्त्रवादी र पार्टीको निर्णयमा दृढताका साथ अडिग रहनुपर्छ भन्ने मान्यताका कारण बा अन्ततः पार्टी सभापतिसँगै नेपाल फर्कन राजी हुनुभयो। यसरी बाको आठ वर्षको स्वनिर्वासन समाप्त भयो।

बा १६ पुस २०३३ मा नेपाल फर्कनुभयो। मैले माथि नै भनिसकेँ, निर्वासनको आखिरी दिनमा बा गोरखपुरमा हुनुहुन्थ्यो। बा बीपीसँगै नेपाल फर्किनुभएको थियो। फर्केको बेला उहाँहरू दुईको घाँटीमा फाँसीको फन्दा थियो। त्यो दिन उहाँहरूसँगै आएका अन्य बहादुरहरू थिए– शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु प्रसाईं र खुमबहादुर खड्का।

हामी पाँच दाजुबहिनी, आमा र पीएल दाइ त्यो दिन विमानस्थलमा बालाई स्वागत गर्न गयौँ। काठमाडौँ आइपुग्दा चिसो लाग्छ भनेर मैले बाको ज्याकेट र मफलर लिएर गएकी थिएँ। आमाले बोक्नु पर्दैन भन्नुभएको थियो तर मैले जिद्दी गरेर बोकेँ। हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका बाटाभरि सेनाको बाक्लो आवतजावत देख्यौँ। आफ्नो मातृभूमि फर्किरहेका निहत्था नागरिकका लागि सेना र अरु सरकारी अधिकारीहरूको जत्था हुनु एक प्रकारले अनौठो र असहज थियो। अर्को अचम्मको कुरा, एयरपोर्ट पुगेर हामी गाडीबाट बाहिर निस्कने बित्तिकै एकैचोटि धेरै क्यामेराहरूले आमाको मात्र नभएर हामी केटाकेटीसमेतको हरेक कोणबाट फोटो खिचे। सबै फोटो खिच्नेहरू सादा पोसाकमा गुप्तचर निकायका व्यक्ति थिए। मलाई पापाराजीको झुण्डले घेरिएको सेलिब्रिटीजस्तो महसुस भयो। एकै पटकमा यति धेरै मानिसले मेरो फोटो कहिल्यै खिचेका थिएनन्।

हामी बा र बीपीलाई हेर्न व्यग्र थियौँ। उहाँहरूलाई बोकेको विमान अवतरण गरेपछि यात्रुहरू ओर्लन थाले। बा र बीपीलाई देख्न पाउने हाम्रो आशा निराशामा बदलियो। किनभने, हामीले उहाँहरूलाई अवतरण गरेको देख्न पाएनौँ। उहाँहरू चढेर आएको विमान इन्डियन एयरलाइन्सको अर्को विमानको पछाडि पार्क भयो, जसले गर्दा उहाँहरू हाम्रो नजरमा पर्नुभएन। सबै यात्रु ओर्लिसकेपछि पनि हामीले बा र बीपीलाई देख्न पाएनौँ। 

निर्वासनबाट फर्किएपछि बाको गिरफ्तारी
हामीले बा र बीपी कोइरालाको अवस्थाबारे जान्न खोज्यौँ तर कसैले जवाफ दिएन। केही दिन र धेरै दौडधुपपछि अधिकारीहरूले अन्ततः मेरी आमालाई भने कि बालाई सुन्दरीजल जेलमा फर्काइयो। उहाँलाई भेट्ने हाम्रो अनुरोधको सुनुवाइ भएन। उहाँहरूलाई एकान्त कारावासमा राखिएको हामीले थाहा पायौँ। त्यहाँ उहाँहरूलाई एकअर्कासँग कुराकानी गर्न पनि अनुमति दिइएको थिएन।

Ncell 2
Ncell 2
nimb
nimb

बालाई एउटा भवनको मुसैमुसा भएको कोठामा राखिएको थियो। यो अमानवीय व्यवस्थामा उहाँले केही हप्ता बिताउनुभयो। उहाँ न निदाउन सक्नुहुन्थ्यो, न पल्टन नै। चारैतिर मुसा कुद्थे। कपडा धुने पानी नहुँदा उहाँले लुगा पनि फेर्न सक्नुभएन। रेडियो सुन्ने र पत्रपत्रिका पढ्ने अनुमति नभएकाले बाहिरी संसारसँग उहाँको कुनै सम्पर्क थिएन। उहाँलाई यति दुःखद र अमानवीय अवस्थामा राखिएको थियो कि मान्छे बहुलाउन सक्थ्यो। राणाकालमा उहाँलाई थुनामा राखेर कोर्रा लगाइयो तर शाह शासनकालमा शारीरिक भन्दा मानसिक यातना दिइयो। बा र बीपीलाई प्रहरी तालिम केन्द्र महाराजगन्जमा पुर्‍याएर कैद गरेपछि अन्ततः त्यहाँ उहाँहरूको भेट भयो।

बा र बीपी कोइराला जसै देशमा अवतरण गर्नुभयो, सरकारले उहाँहरूमाथि धेरै आरोप लगायो। त्यसमा मुख्य रूपमा देशद्रोह र सरकारलाई अपदस्थ गर्न खोजेको आरोप थिए। ती दुवै आरोपमा दोषी पाइएमा मृत्युदण्डको सजाय हुन्थ्यो।

नेपाल फर्केको केही महिना थुनामा राखेपछि राजा विरेन्द्रले बीपी कोइरालालाई रिहा गरे। प्रहरी तालिम केन्द्रमा बा एक्लै पर्नुभयो। बीपीलाई संसारको जुनसुकै ठाउँमा गएर स्वास्थ्य उपचार गराउन अनुमति मिल्यो। किनभने, उनलाई घाँटीको क्यान्सर थियो।

बालाई झण्डै एक वर्षसम्म एकान्त कारावासमा राखिएको थियो। गम्भीर स्वास्थ्य समस्याका कारण मात्रै उहाँलाई रिहा गरियो। उहाँका दुवै मृगौलामा पत्थरी भएका कारण धेरै दिनदेखि असह्य पीडामा हुनुहुन्थ्यो। उहाँ हिँडडुल गर्न पनि असमर्थ हुनुहुन्थ्यो।

Xtrem

Xtrem

बीपी कोइराला स्वास्थ्य उपचारका लागि देशबाहिर गएका बेला केही सर्त मानेमा दरबारले बालाई प्रधानमन्त्री पदको प्रस्ताव गरेको थियो। त्यो सर्तमा नयाँ संविधान जारी गर्न राजासँग काम गर्न बा सहमत हुनुपर्छ भन्ने थियो। राजाले मागेको यत्ति थियो कि उनलाई संविधानको नाम राख्ने अधिकार हुनुपर्छ। बाँकी सबै कुरा मेरो बाले लेख्न सक्नुहुन्थ्यो। बा प्रस्तावमा सहमत हुनुअघि आफ्नो पार्टीमा परामर्श गर्न चाहनुहुन्थ्यो। राजा र बाबीचको संवादका मध्यस्थकर्ता मेरो बाका वकिल कृष्णप्रसाद घिमिरे हुनुहुन्थ्यो।

पुनरावेदन अदालतमा आफ्नो बयानका क्रममा बाले व्यक्त गर्नुभएका केही ऐतिहासिक कथनहरू तल उल्लेख गरिएको छः

‘भोलि इतिहासको अदालतमा उभिने हामी नै हौँ।’

‘आफ्ना सिद्धान्तहरूका साथ बाँच्नुभन्दा सिद्धान्तका लागि मर्न सजिलो छ।’

‘सशस्त्र क्रान्तिका लागि, कुनै पनि पार्टी आफ्नो निहित लक्ष्य पूरा गर्न मजबुतीले सङ्गठित हुनुपर्छ। अन्यथा, केही अधुरो र अव्यवस्थित प्रयासहरूले क्रान्तिकारीहरूको जीवन व्यर्थ बनाउँछ र पार्टीले पनि त्यसको परिणाम भोग्नुपर्छ र पार्टी कमजोर बन्छ।’

प्रहरी तालिम केन्द्रबाट बाको रिहाइ
प्रहरी तालिम केन्द्रबाट बा रिहा भएपछि निश्चित रूपमा हामी खुसी भयौँ। ती दिनहरू हाम्रा लागि रमाइला थिए किनभने लामो समयपछि हामी सबै आफ्नै देशमा परिवारको रूपमा बस्न पाएका थियौँ। 

बा हिरासतबाट रिहा भएको केही दिनपछि, पार्टीका कार्यकर्ताहरूले उहाँलाई आफ्नोबीचमा स्वागत गर्न बैठक आयोजना गरे। उनीहरू भावी कार्यदिशा र देशमा प्रजातन्त्र फिर्ता ल्याउने योजनाहरूका बारेमा उहाँको के भनाइ छ भनेर सुन्न चाहन्थे। पार्टीका कार्यकर्ताले नै बालाई प्रजातन्त्रका लागि सङ्घर्षको ज्वाला बालिराख्न सघाए।


(बिहीबार सार्वजनिक हुने डा मीता सिंहद्वारा लिखित पुस्तक गणेशमान सिंहको सङ्घर्षको एक अंश। अंग्रेजी भाषामा लेखिएको पुस्तकलाई आन्विका गिरीले नेपालीमा अनुवाद गरेकी हुन्। )
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ०८:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्