काठमाडौं– नयाँ नियुक्त गरिएका र जिम्मेवारी हेरफेर गरिएका मन्त्रीहरुले सपथ लिई पदभार ग्रहण गरेका छन्। कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल, भूमी व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्याल र स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादबले सपथपछि पदभार ग्रहण गरेका हुन्।
मन्त्रीले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग तथा राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सपथ लिएका हुन्।
भाषणका कारण विवादमा परेपछि शेरबहादुर तामाङ राजिनामा दिएपछि ढकाल काूनमन्त्रीमा नियुक्त भएकी हुन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी पाएकी अर्याल यसअघि स्वास्थ्य राज्यमन्त्री थिइन्। स्वास्थ्यमन्त्रीमा संघीय समाजवादी फोरमका उपेन्द्र यादब नियुक्त भएपछि मन्त्रालय फुटाएर उनलाई नयाँ जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।