• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

पाँचथरको चुनावी माहोल: दुई चिर प्रतिद्वन्द्वी पूर्वमन्त्री- सांसदकाे फेरि पनि टक्कर!

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २०, २०७९  ०७:५०
1140x725

काठमाडौ‌ं– आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा एक मात्र क्षेत्र रहेको पाँचथरमा परिचित पूर्वमन्त्री र पुर्व सांसदकाबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बे र एमाले नेता बसन्तकुमार नेम्वाङ पाँचथरको चुनावी मैदानमा होमिएका छन्।

२०७४ सालमा पनि यी दुई चिरप्रतिद्वन्द्वीबीच प्रतिस्पर्धा हुँदा नेम्वाङले बाजी मारेका थिए। तत्कालीन समयमा नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन थियो भने अहिले माओवादी र नेपाली कांग्रेसको गठबन्धन रहेको छ।

ह्याट्रिकको खोजीमा नेम्वाङ
गणतन्त्रअघि नेम्वाङले पाँचथरमा तीन पटक चुनावी प्रतिस्पर्धा गरिसकेका छन्। उनी २०४८ सालमा ३० वर्ष उमेर नपुग्दै पाँचथर- १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित  भएर सांसद भएका थिए। २०५१ को मध्यावधि निर्वाचनमा उनी पराजित भए। तर २०५६ मा पुनः विजय हासिल गरे। गणतन्त्रपछि भएको निर्वाचनमा उनी उम्मेदवार हुन पाएनन्। एमालेबाट संविधान सभाका दुवै निर्वाचनमा पाँचथर– १ बाट गणेशकुमार काम्बाङलाई उम्मेदवार बनाइयो। पहिलो संविधान सभा निर्वाचनमा पराजित काम्बाङले दोस्रो संविधान सभामा जित हात पारे। 

संविधान जारी भई मुलुक संघीय व्यवस्थामा प्रवेश गरेसँगै नेम्वाङ पुनः पाँचथर जिल्लाबाट २०७४ सालमा संघीय संसद् पुगे। लगत्तै उनी मन्त्री समेत भए। भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा राम्रो काम गरेको भन्दै प्रशंसा पनि पाएका थिए।   

चौथो हार रोक्ने रणनीतिमा आङदेम्बे 
आङदेम्बे नेपाली कांग्रेसका सहमहामन्त्री हुन्। पार्टीभित्र प्रमुख पदाधिकारीको रुपमा रहेकाले पनि उनलाई यस पटक आफ्नो परिचित प्रतिद्वन्द्वीलाई हराउनुपर्ने बाध्यता छ। आठ सहमहामन्त्रीमध्येका एक आङदम्बेलाई यस पटक नेकपा माओवादी र एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीले पनि साथ दिएका कारण उनी उत्साहसहित निर्वाचनको मैदानमा छन्।  

कांग्रेस नेता आङदेम्बे २०७० मा एमालेका डम्बरसिंह सम्बाहाम्फेलाई पराजित गर्न सफल भए। त्यसअघि २०५६ र २०६४ मा सम्बाहाम्फेबाटै आङदेम्बे दुई पटक पराजित भए भने २०७४ मा नेम्वाङबाट पराजित भए। 

यसरी विजय र पराजयको इतिहास बोकेका दुवै उम्मेदवारको चुनावी लडाइँ यस पटक पाँचथरमा रोचक हुने देखिएको छ। 

२०७४ पछिका चिर प्रतिस्पर्धी 
नेम्वाङका प्रतिस्पर्धी आङदेम्बे पनि २०५६ पछि भएका प्रतिनिधि सभा र संविधान सभा निर्वाचनमा निरन्तर उम्मेदवार छन् । हालसम्म  ५ पटक कांग्रेसबाट टिकट पाएका आङदेम्बेसँग २०७० को संविधान सभा निर्वाचनमा एक पटक निर्वाचित भए पनि तीन पटक पराजित भएको इतिहास छ । उनलाई उक्त इतिहास मेटाउन र पार्टी राजनीतिमा पदाधिकारीको जिम्मेवारीमा समेत भएकाले पनि आवश्यक देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आङदेम्बे २०७४ अघिका सबै निर्वाचनमा साविक पाँचथर– २ बाट चुनाव लड्दै आएका थिए । मुलुक संघीय संरचनामा गएर प्रतिनिधि सभाका लागि एक सिट कायम भएपछि नेम्वाङ र आङदेम्बेकाबीच २०७४ मा पहिलो पटक चुनावी मैदानमा भेट भएको थियो । यस पटक उनीहरू दोस्रो पटक चुनावी मैदानमा छन् ।

अघिल्लो पटक माओवादी केन्द्रसँगको वाम गठबन्धनबाट जितेका नेम्वाङ यस पटक एमालेबाट कुनै दलसँग तालमेल नगरी चुनावी मैदानमा निस्केकाले कडा मिहिनेत गरिरहेका छन्।

आङदेम्बेलाई माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनको साथ भएकाले आन्तरिक रुपमा आउनसक्ने समस्या मिलाउनमा केन्द्रित रहेका छन्। २०७० को निर्वाचनमा संविधान सभा सदस्य चुनिएबाहेक आफूले समग्र जिल्लाबाट प्रतिनिधित्व गर्दै काम गर्ने अवसर नपाएकाले पुनः उम्मेदवार बनेर आएको भन्दै आङदेम्बे भोट मागिरहेका छन् । उनले विगतमा एमाले सरकारको समयमा जिल्लाले प्राथमिकता नपाएको र समग्र विकासका लागि आफ्नो जित आवश्यक भएको उनको दावी छ। 

स्थानीय निर्वाचनको मतमा कांग्रेस भारी 
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेम्वाङले ३८ हजार ६ सय ४१ मत पाउँदा कांग्रेसका आङदेम्बेले २८ हजार २५ मत प्राप्त गरेका थिए । १० हजार मतले आङदेम्बे पछि परेका थिए। तर यस पटक स्थानीय निर्वाचनको नतिजा हेर्दा का्रग्रेस आफैं बलियो देखिन्छ।

कांग्रेसले उक्त जिल्लामा ८ स्थानीय तहमध्ये पाँचमा प्रमुख जितेको छ। एमालेले एउटा मात्र जितेको छ। पाँचथरमा कुम्याक, तुम्वेवा, फालेलुङ, फाल्गुनन्द, फिदिम नगरपालिका, मिक्लाजुङ, याङवरक, हिलिहाङ गाउँपालिका रहेका छन्। स्थानीय चुनावमा जिल्लाभर कांग्रेसले ४१ हजार २ सय ५० पाएको थियो भने नेकपा एमाले ३४ हजार १ सय ६४ मत पाएको थियो। माओवादी केन्द्र २८ हजार मत पाउँदा एकीकृत समाजवादी ५ हजार मत पाएको थियो।

यसरी हेर्दा सत्ता गठबन्धन निकै अगाडि देखिन्छ। सत्ता गठबन्धनको मत जोगाउँदै आफू जित हात पार्ने आङदेम्बेको दावी छ। तर नेवाम्ङ भने माओवादी र एकीकृत समाजवादी भित्रको विवादका साथै राप्रपा र अन्य दलको मत आफूले पाउँदै जित हात पार्ने दाउमा रहेका छन्।

आफूले भौतिक पूर्वाधार मन्त्री हुँदा यस क्षेत्रमा धेरै विकासका कामहरुको थालनी गरेकाले त्यसलाई पूरा गर्न पनि जनताले जिताउने उनले बताए। अधुरा योजनाहरु पूरा गर्नका लागि पनि आफ्नो जितको आवश्यकता रहेको उनको दावी छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  ०७:५०
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार, भदौ १७, २०८३
भोटेकोशी विपत्तिबारे वस्तुगत विवेचना आवश्यक : सांसद थापा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्