• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

बाजुराको जनमतबाट अनुमोदित हुन चाहन्छुः बद्री पाण्डे [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १९, २०७९  ११:२०
1140x725

नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट उम्मेदवारी दिएका छन्। उनको प्रतिस्पर्धा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापासँग हुँदैछ।

२०४७ सालदेखि सक्रिय राजनीतिमा रहेका पाण्डे विद्यालय स्तरदेखि नै राजनीतिमा लागेका हुन्। नेपाल विद्यार्थी संघ बाजुराको जिल्ला अध्यक्ष हुँदै नेविसंघको केन्द्रीय उपसभापति र महामन्त्री बनेका पाण्डे बाल्मिकी क्याम्पसको स्ववियु सभापति, स्ववियु परिषद्को केन्द्रीय सभापति समेत बनिसकेका छन्। 

कांग्रेसको १२औं र १३औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित पाण्डे १४औं महाधिवेशनबाट सहमहामन्त्री बनेका हुन्। पाण्डेको संसदीय यात्रा भने २०७० देखि सुरु भएको हो। २०७० को संविधान सभा निर्वाचनमा समानुपातिक सांसद र २०७४ मा सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए।

आसन्न निर्वाचनमा बाजुराबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन मा उम्मेदवार बनेका पाण्डेसँग चुनावी तयारी र मतदातामाझ प्रस्तुत गर्ने अजेण्डाका विषयमा नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानी: 

तपाईं राष्ट्रिय सभा सदस्य भइसकेको व्यक्ति, प्रतिनिधि सभामा किन उम्मेदवार बन्नुभयो? 
म अहिले नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीमा छु। संसदमा पनि समानुपातिक बाटोबाट एक पटक र राष्ट्रिय सभामा दुई वर्षको कार्यकाल व्यतित गरेको छु। यसो हुँदा मलाई नेपाली कांग्रेस पार्टीको मात्र नेता भएजस्तो अनुभूति भयो। 

कामका सिलसिलामा बाजुरा जिल्ला घुम्दा पनि त्यहाँका जनताले जनप्रतिनिधि त अर्कै छ भन्ने ढंगले हेरेको पाएँ। जनताले प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै जनप्रतिनिधिको रुपमा विश्वास गरे जस्तो लाग्यो।

मतदाताको भावनाअनुसार जनताको बीचमा जाने, जनताको भावनाअनुसार काम गर्ने इच्छा जागृत भयो। बाजुरावासीको प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिका रुपमा काम गर्न सजिलो हुन्छ भन्ने हिसाबले पहिलोपटक प्रत्यक्ष निर्वाचनको मैदानमा उत्रिएको हुँ।

जनतासामु कस्ता किसिमका अजेण्डा लिएर जाँदै हुनुहुन्छ? 
म निर्वाचनको मुखमा भावावेशमा आएर गर्न नसकिने कामका बारेमा बोल्दिनँ। गर्न सकिने कामका आधार हेरेर, बुझेर, महसुस गरेर आफ्ना अजेण्डा प्रस्तुत गर्छु।

Ncell 2
Ncell 2

हाम्रो केन्द्रीय घोषणापत्र छ। म आफैंले पनि संकल्पपत्र सार्वजनिक गरेको छु। जसमा मैले १० वटा विषयलाई मात्रै उठान गरेको छु। सडकको भौतिक पूर्वाधारको क्षेत्र, विद्युतीकरणको क्षेत्र, पर्यटनका पूर्वाधारहरु खडा गर्ने विषय, एकीकृत वस्ती विकासको अवधारणा समेटेको छु। शिक्षा, स्वास्थ्य लगायतका विषयमा मैले सूत्रवद्ध रुपमा १० वटा बुँदामा संकल्प प्रस्ताव सार्वजनिक गरेको छु। यसैमा टेकेर आफ्ना अजेण्डा जनताबीचमा प्रस्तुत गर्ने हो।

तपाईं जिल्ला नबस्ने नेता भन्ने आरोप छ। जित्ने आधार के छ? जनताले तपाईंलाई किन नै मत दिने? 
म जिल्लामा धेरै नबस्नुको कारण कुनै व्यवसाय वा धन्दामा लागेर होइन। २०४७ सालदेखि आजका मितिसम्म पार्टीका लागि निष्ठापूर्वक क्रियाशील छु। ३६५ दिन नै नेपाली कांग्रेस पार्टीलाई सुदृढ बनाउने, पार्टीलाई मूल्य-मान्यतामा हिँडाउने र सिंगो राजनीतिलाई मूल्य-मान्यताको बाटोमा हिँडाउने काममा क्रियाशील छु। 

बाजुरामा नहुँदा वा देशको जुनसुकै भूभागमा हुँदा म राजनीतिलाई सुधार गर्ने, राजनीति सुधार गरेर देश सुधार गर्ने, देश सुधार गरेर जनताको अनुहारमा हाँसो र खुसी थप्ने अभियानमा छु। जनताको मुहारमा हाँसो र खुसी थप्नु नै हाम्रो राजनीतिको ध्येय हो भन्ने मुल मन्त्रका साथ हिँडेको छु। 

हो, म बाजुरामा कम छु। तर ७७ वटै जिल्लामा क्रियाशील छु। यसको पछाडिको कारण के हो भने, पार्टी सुधारका लागि देशैभरि प्रशिक्षण, भेला र आमसभाहरुमा म सक्रिय छु। देशको राजनीति सुधार गर्नु भनेको बाजुरालाई पनि फाइदा हुनु होइन र?

म बाजुराको चुनावी मैदानमा उत्रिनुको अर्थ चाहिँ अब मेरो ध्यान बढी बाजुरामा केन्द्रित हुन्छ भन्ने हो। जनप्रतिनिधिका रुपमा अब बाजुराको विकास-निर्माणदेखि सम्पूर्ण काममा जिल्लामै केन्द्रित हुनेछु। मेरो अनुभव र अध्ययनलाई आफ्नै क्षेत्रमा बाँड्छु भन्ने संकल्पका साथ चुनावी मैदानमा उत्रिएको हुँ। 

दुई पटक सांसद भइसकेको व्यक्ति फेरि किन दोहोरिन खोज्नुभयो? 
मैले अघि पनि भनें, यसअघि म समानुपातिकको बाटोबाट संविधान सभामा पुगे। राष्ट्रिय सभाको बाटोबाट म संघीय संसदमा पुगें। तर अब प्रत्यक्ष निर्वाचनबाट जनताको बीचबाट अनुमोदित हुन चाहन्छु। बाजुराको जनमतबाट अनुमोदित हुन चाहन्छु। जसले मेरो राजनीति एउटा सन्तुलनको बाटोमा पुगोस्। केन्द्रीय राजनीति त गरिराखेकै छु। जिल्लामा चाहिँ जन अनुमोदित भएको छैन भन्ने कतिपय मान्छेले भनेको सुनेको छु। 

जिल्लाका ९ वटा पालिकामध्ये अधिकांशमा नेकपा एमालेले जित हासिल गरेको छ। स्थानीय तहको मत परिणामलाई कसरी विश्लेषण गर्नुभएको छ? 
हामी अहिले गठबन्धनमा छौं। हामीलाई माओवादी र एकीकृत समाजवादीको साथ-समर्थन रहन्छ। अर्को, स्थानीय निर्वाचनको मतलाई मात्र हेरेर हुँदैन। जस्तो, २०७४ सालमा हामीले ६ वटा पालिका जितेका थियौं। तर प्रदेश र प्रतिनिधि सभाको निर्वाचन जित्न सकेनौं। यस पटक भने पहिलो पटक बाजुरामा आएको हुनाले एमालेका समेत थुप्रै मतदाता मलाई समर्थन गर्न तयार हुनुभएको छ। मप्रति भावना र सद्भाव दर्शाउनुभएको छ। सम्पूर्ण बाजुराबासीले मलाई जिताउनुहुन्छ भन्ने लाग्छ। 

प्रतिस्पर्धीप्रति तपाईंको मूल्यांकन के छ? 
उहाँहरु पटक-पटक निर्वाचनको मैदानमा आउनुभएको छ। जित्नु पनि भएको छ। मन्त्रीसमेत भइसक्नुभएको छ। उहाँहरुको मन्त्रीको कार्यकाल सुखद छैन। त्यस कारण युवा जमात र सचेत मतदाताले यस पटक मलाई परीक्षण गर्न खोज्नुभएको छ। मेरो काम हेर्न खोज्नुभएको छ।

यो पनि पढ्नुहोस

बाजुरा निर्वाचन : दुई ‘हेभिवेट’को रोचक भिडन्त

 

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  ११:२०
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद
सम्बन्धित सामग्री
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत यसअघि निर्वाचन आचारसंहिताबारे आयोगको केन्द्रीय कार्यालयले नै उजुरी लिँदै आएको थियो । यो निर्णयपछि सम्बन्धी जिल्लाबाटै आचारसंहिता उल्... मंगलबार, माघ १३, २०८२
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग त्यसबाहेक श्रम संस्कृति पार्टीबाट सुनसरी १ बाट उम्मेदवार बनेका हर्क साम्पाङले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लग... मंगलबार, माघ १३, २०८२
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ विषयक कार्यक्रममा प्रमुख आयुक्त... सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्