• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

बाजुराको जनमतबाट अनुमोदित हुन चाहन्छुः बद्री पाण्डे [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १९, २०७९  ११:२०
1140x725

नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट उम्मेदवारी दिएका छन्। उनको प्रतिस्पर्धा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापासँग हुँदैछ।

२०४७ सालदेखि सक्रिय राजनीतिमा रहेका पाण्डे विद्यालय स्तरदेखि नै राजनीतिमा लागेका हुन्। नेपाल विद्यार्थी संघ बाजुराको जिल्ला अध्यक्ष हुँदै नेविसंघको केन्द्रीय उपसभापति र महामन्त्री बनेका पाण्डे बाल्मिकी क्याम्पसको स्ववियु सभापति, स्ववियु परिषद्को केन्द्रीय सभापति समेत बनिसकेका छन्। 

कांग्रेसको १२औं र १३औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित पाण्डे १४औं महाधिवेशनबाट सहमहामन्त्री बनेका हुन्। पाण्डेको संसदीय यात्रा भने २०७० देखि सुरु भएको हो। २०७० को संविधान सभा निर्वाचनमा समानुपातिक सांसद र २०७४ मा सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए।

आसन्न निर्वाचनमा बाजुराबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन मा उम्मेदवार बनेका पाण्डेसँग चुनावी तयारी र मतदातामाझ प्रस्तुत गर्ने अजेण्डाका विषयमा नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानी: 

तपाईं राष्ट्रिय सभा सदस्य भइसकेको व्यक्ति, प्रतिनिधि सभामा किन उम्मेदवार बन्नुभयो? 
म अहिले नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीमा छु। संसदमा पनि समानुपातिक बाटोबाट एक पटक र राष्ट्रिय सभामा दुई वर्षको कार्यकाल व्यतित गरेको छु। यसो हुँदा मलाई नेपाली कांग्रेस पार्टीको मात्र नेता भएजस्तो अनुभूति भयो। 

कामका सिलसिलामा बाजुरा जिल्ला घुम्दा पनि त्यहाँका जनताले जनप्रतिनिधि त अर्कै छ भन्ने ढंगले हेरेको पाएँ। जनताले प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै जनप्रतिनिधिको रुपमा विश्वास गरे जस्तो लाग्यो।

मतदाताको भावनाअनुसार जनताको बीचमा जाने, जनताको भावनाअनुसार काम गर्ने इच्छा जागृत भयो। बाजुरावासीको प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिका रुपमा काम गर्न सजिलो हुन्छ भन्ने हिसाबले पहिलोपटक प्रत्यक्ष निर्वाचनको मैदानमा उत्रिएको हुँ।

जनतासामु कस्ता किसिमका अजेण्डा लिएर जाँदै हुनुहुन्छ? 
म निर्वाचनको मुखमा भावावेशमा आएर गर्न नसकिने कामका बारेमा बोल्दिनँ। गर्न सकिने कामका आधार हेरेर, बुझेर, महसुस गरेर आफ्ना अजेण्डा प्रस्तुत गर्छु।

nimb
nimb
Ncell 2
Ncell 2

हाम्रो केन्द्रीय घोषणापत्र छ। म आफैंले पनि संकल्पपत्र सार्वजनिक गरेको छु। जसमा मैले १० वटा विषयलाई मात्रै उठान गरेको छु। सडकको भौतिक पूर्वाधारको क्षेत्र, विद्युतीकरणको क्षेत्र, पर्यटनका पूर्वाधारहरु खडा गर्ने विषय, एकीकृत वस्ती विकासको अवधारणा समेटेको छु। शिक्षा, स्वास्थ्य लगायतका विषयमा मैले सूत्रवद्ध रुपमा १० वटा बुँदामा संकल्प प्रस्ताव सार्वजनिक गरेको छु। यसैमा टेकेर आफ्ना अजेण्डा जनताबीचमा प्रस्तुत गर्ने हो।

तपाईं जिल्ला नबस्ने नेता भन्ने आरोप छ। जित्ने आधार के छ? जनताले तपाईंलाई किन नै मत दिने? 
म जिल्लामा धेरै नबस्नुको कारण कुनै व्यवसाय वा धन्दामा लागेर होइन। २०४७ सालदेखि आजका मितिसम्म पार्टीका लागि निष्ठापूर्वक क्रियाशील छु। ३६५ दिन नै नेपाली कांग्रेस पार्टीलाई सुदृढ बनाउने, पार्टीलाई मूल्य-मान्यतामा हिँडाउने र सिंगो राजनीतिलाई मूल्य-मान्यताको बाटोमा हिँडाउने काममा क्रियाशील छु। 

बाजुरामा नहुँदा वा देशको जुनसुकै भूभागमा हुँदा म राजनीतिलाई सुधार गर्ने, राजनीति सुधार गरेर देश सुधार गर्ने, देश सुधार गरेर जनताको अनुहारमा हाँसो र खुसी थप्ने अभियानमा छु। जनताको मुहारमा हाँसो र खुसी थप्नु नै हाम्रो राजनीतिको ध्येय हो भन्ने मुल मन्त्रका साथ हिँडेको छु। 

हो, म बाजुरामा कम छु। तर ७७ वटै जिल्लामा क्रियाशील छु। यसको पछाडिको कारण के हो भने, पार्टी सुधारका लागि देशैभरि प्रशिक्षण, भेला र आमसभाहरुमा म सक्रिय छु। देशको राजनीति सुधार गर्नु भनेको बाजुरालाई पनि फाइदा हुनु होइन र?

म बाजुराको चुनावी मैदानमा उत्रिनुको अर्थ चाहिँ अब मेरो ध्यान बढी बाजुरामा केन्द्रित हुन्छ भन्ने हो। जनप्रतिनिधिका रुपमा अब बाजुराको विकास-निर्माणदेखि सम्पूर्ण काममा जिल्लामै केन्द्रित हुनेछु। मेरो अनुभव र अध्ययनलाई आफ्नै क्षेत्रमा बाँड्छु भन्ने संकल्पका साथ चुनावी मैदानमा उत्रिएको हुँ। 

दुई पटक सांसद भइसकेको व्यक्ति फेरि किन दोहोरिन खोज्नुभयो? 
मैले अघि पनि भनें, यसअघि म समानुपातिकको बाटोबाट संविधान सभामा पुगे। राष्ट्रिय सभाको बाटोबाट म संघीय संसदमा पुगें। तर अब प्रत्यक्ष निर्वाचनबाट जनताको बीचबाट अनुमोदित हुन चाहन्छु। बाजुराको जनमतबाट अनुमोदित हुन चाहन्छु। जसले मेरो राजनीति एउटा सन्तुलनको बाटोमा पुगोस्। केन्द्रीय राजनीति त गरिराखेकै छु। जिल्लामा चाहिँ जन अनुमोदित भएको छैन भन्ने कतिपय मान्छेले भनेको सुनेको छु। 

जिल्लाका ९ वटा पालिकामध्ये अधिकांशमा नेकपा एमालेले जित हासिल गरेको छ। स्थानीय तहको मत परिणामलाई कसरी विश्लेषण गर्नुभएको छ? 
हामी अहिले गठबन्धनमा छौं। हामीलाई माओवादी र एकीकृत समाजवादीको साथ-समर्थन रहन्छ। अर्को, स्थानीय निर्वाचनको मतलाई मात्र हेरेर हुँदैन। जस्तो, २०७४ सालमा हामीले ६ वटा पालिका जितेका थियौं। तर प्रदेश र प्रतिनिधि सभाको निर्वाचन जित्न सकेनौं। यस पटक भने पहिलो पटक बाजुरामा आएको हुनाले एमालेका समेत थुप्रै मतदाता मलाई समर्थन गर्न तयार हुनुभएको छ। मप्रति भावना र सद्भाव दर्शाउनुभएको छ। सम्पूर्ण बाजुराबासीले मलाई जिताउनुहुन्छ भन्ने लाग्छ। 

प्रतिस्पर्धीप्रति तपाईंको मूल्यांकन के छ? 
उहाँहरु पटक-पटक निर्वाचनको मैदानमा आउनुभएको छ। जित्नु पनि भएको छ। मन्त्रीसमेत भइसक्नुभएको छ। उहाँहरुको मन्त्रीको कार्यकाल सुखद छैन। त्यस कारण युवा जमात र सचेत मतदाताले यस पटक मलाई परीक्षण गर्न खोज्नुभएको छ। मेरो काम हेर्न खोज्नुभएको छ।

यो पनि पढ्नुहोस

बाजुरा निर्वाचन : दुई ‘हेभिवेट’को रोचक भिडन्त

 

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  ११:२०
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्