• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

बाजुरा निर्वाचन : दुई ‘हेभिवेट’को रोचक भिडन्त

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, कात्तिक १७, २०७९  १५:२९
1140x725

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाजुराबाट दुई केन्द्रीय नेता प्रतिस्पर्धा गर्दैछन्। कांग्रेस नेता बद्रीप्रसाद पाण्डे र एमाले नेता कर्णबहादुर थापा चुनावी मैदानमा होमिएका छन्। कांग्रेस सहमहामन्त्री पाण्डे र एमाले पोलिटब्यूरो सदस्य थापाबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।

को हुन् पाण्डे?
२०४७ सालदेखि सक्रिय राजनीतिमा रहेका पाण्डे विद्यालय स्तरदेखि नै राजनीतिमा लागेका हुन्। नेपाल विद्यार्थी संघ बाजुराको जिल्ला अध्यक्ष हुँदै नेविसंघको केन्द्रीय उपसभापति र महामन्त्री बनेका पाण्डे बाल्मीकि क्याम्पसको स्ववियू सभापति, स्ववियु परिषदको केन्द्रीय सभापति समेत बनिसकेका छन्। 

कांग्रेसको १२औं र १३औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित पाण्डे १४औं महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका हुन्। पाण्डेको संसदीय यात्रा भने २०७० देखि सुरु भएको हो उनी। २०७० को संविधान सभा निर्वाचनमा समानुपातिक सांसद र २०७४ मा सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए। 

आफूलाई सामाजिक सद्भाव र सामाजिक न्यायको अभियान्ताको रुपमा परिचित गराउन चाहने पाण्डे राजनीतिसँगै अध्ययन अनुसन्धानमा समेत क्रियाशील छन्। उनी पहिलोपटक बाजुराबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन्।

पाण्डे भन्छन्, ‘समानुपातिक र राष्ट्रिय सभामार्फत् सांसद भए पनि एक पटक बाजुरा जिल्लाबाटै जनताबाट अनुमोदित बनेर निर्वाचित बन्न चाहन्छु। मलाई एक पटक बाजुराली आम मतदाताले परीक्षणका लागि पनि निर्वाचित गराउनुहुन्छ भन्ने विश्वास छ।’

दोहोरिने दाउमा थापा
दोस्रो संविधान सभा निर्वाचन २०७० मा बाजुराबाट प्रत्यक्ष निर्वाचन जितेका थापा यसपटक दोहोरिने दाउमा छन्। नेपाली कांग्रेस बाजुराका तत्कालीन पार्टी सभापति मानबहादुर रावललाई पराजित गर्दै संविधान सभा सदस्य बनेका एमाले नेता थापा उद्योग मन्त्री समेत बनेका थिए।

थापा मन्त्री बनेको ६ महिनामै पदबाट हट्नुपरेको थियो। २०७४ सालमा समानुपातिकतर्फबाट सांसद बन्न चाहे पनि नसकेका थापा यसपटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन्। 

नेकपा एमाले केन्द्रीय सदस्य हुँदै पोलिटब्यूरो र स्थायी कमिटी सदस्य बनेका थापा पार्टी अध्यक्ष केपी ओली निकट नेताका रुपमा परिचित छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कुन पार्टीको अवस्था कस्तो?
स्थानीय तह निर्वाचन २०७९ मा बाजुराका ९ स्थानीय तहमध्ये ६ वटामा एमालेले जितेको छ। ३ नगरपालिका र ३ गाउँपालिकामा एमालेले जितेको हो। नेपाली कांग्रेसले भने १ नगरपालिका र २ गाउँपालिका गरी ३ वटामा चित्त बुझाउनु पर्‍यो। 

निर्वाचन आयोगको तथ्यांकअनुसार वडाध्यक्षहरुको मत केलाउँदा एमालेले २७ हजार ६५५ मत ल्याएको छ। प्रतिस्पर्धी कांग्रेसको २४ हजार ४ सय ५७ मत छ। माओवादी केन्द्रले भने ३ हजार ९ सय ९२ मत प्राप्त गरेको छ। एकीकृत समाजवादीले १ हजार ३ सय ६४ मत पाएको छ। 

मुख्य भिडन्त पाण्डे र थापाबीच हुने देखिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जंगकुमार गिरी, जनता समाजवादी पार्टीबाट रामबहादुर शाही र टेकबहादुर बडुवालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रदेश सभा (१) मा गठबन्धन भित्रै विवाद
जिल्लाको प्रदेश सभा (१)मा गठबन्धनका तर्फबाट २ जनाको उम्मेदवारी परेको छ। नेकपा माओवादी केन्द्रबाट पूर्व सभासद केशव विक र नेकपा एकीकृत समाजावादीका तर्फबाट नरेश शाही प्रतिस्पर्धामा छन्।

केन्द्रमा गठबन्धनबीच सहमति भए पनि बाजुरा (१) प्रदेशबारे गठबन्धनले विवाद टुंग्याएको छैन। जसका कारण गठबन्धनका तीन दलहरु अलगअलग रुपमा चुनावी प्रतिस्पर्धामा देखिएका छन्। गठबन्धनबीचको विवाद समयमै नटुंगिने हो भने यसको प्रत्यक्ष फाइदा एमालेलाई हुने देखिन्छ। प्रदेश (१)मा एमालेका तर्फबाट पूर्व प्रदेश सभा सदस्य बलदेव रेग्मी चुनावी प्रतिस्पर्धामा छन्। 

माओवादी र समाजवादीको भोट नै निर्णायक
जिल्लामा प्रत्यक्षतर्फ निर्वाचित हुनका लागि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत नै निर्णायक हुने देखिन्छ। गठबन्धन भित्र इमान्दारिता देखिएको अवस्थामा त्यसको फाइदा कांग्रेसले लिने देखिन्छ भने असमझदारी रहिरहेको अवस्थामा त्यसको फाइदा एमालले उठाउने आकलन गर्न सकिन्छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
प्रधानन्यायाधीश र न्यायाधीशहरुले राहत कोषमा १ करोड २४ लाख योगदान गर्ने बुधबार, भदौ १७, २०८३
बाढीपछि दक्षिण एसियाली विद्युत् नियमन खाका बनाउन कार्यदल गठन बुधबार, भदौ १७, २०८३
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी बुधबार, भदौ १७, २०८३
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्