• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

बाजुरा निर्वाचन : दुई ‘हेभिवेट’को रोचक भिडन्त

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, कात्तिक १७, २०७९  १५:२९
1140x725

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाजुराबाट दुई केन्द्रीय नेता प्रतिस्पर्धा गर्दैछन्। कांग्रेस नेता बद्रीप्रसाद पाण्डे र एमाले नेता कर्णबहादुर थापा चुनावी मैदानमा होमिएका छन्। कांग्रेस सहमहामन्त्री पाण्डे र एमाले पोलिटब्यूरो सदस्य थापाबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।

को हुन् पाण्डे?
२०४७ सालदेखि सक्रिय राजनीतिमा रहेका पाण्डे विद्यालय स्तरदेखि नै राजनीतिमा लागेका हुन्। नेपाल विद्यार्थी संघ बाजुराको जिल्ला अध्यक्ष हुँदै नेविसंघको केन्द्रीय उपसभापति र महामन्त्री बनेका पाण्डे बाल्मीकि क्याम्पसको स्ववियू सभापति, स्ववियु परिषदको केन्द्रीय सभापति समेत बनिसकेका छन्। 

कांग्रेसको १२औं र १३औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित पाण्डे १४औं महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका हुन्। पाण्डेको संसदीय यात्रा भने २०७० देखि सुरु भएको हो उनी। २०७० को संविधान सभा निर्वाचनमा समानुपातिक सांसद र २०७४ मा सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए। 

आफूलाई सामाजिक सद्भाव र सामाजिक न्यायको अभियान्ताको रुपमा परिचित गराउन चाहने पाण्डे राजनीतिसँगै अध्ययन अनुसन्धानमा समेत क्रियाशील छन्। उनी पहिलोपटक बाजुराबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन्।

पाण्डे भन्छन्, ‘समानुपातिक र राष्ट्रिय सभामार्फत् सांसद भए पनि एक पटक बाजुरा जिल्लाबाटै जनताबाट अनुमोदित बनेर निर्वाचित बन्न चाहन्छु। मलाई एक पटक बाजुराली आम मतदाताले परीक्षणका लागि पनि निर्वाचित गराउनुहुन्छ भन्ने विश्वास छ।’

दोहोरिने दाउमा थापा
दोस्रो संविधान सभा निर्वाचन २०७० मा बाजुराबाट प्रत्यक्ष निर्वाचन जितेका थापा यसपटक दोहोरिने दाउमा छन्। नेपाली कांग्रेस बाजुराका तत्कालीन पार्टी सभापति मानबहादुर रावललाई पराजित गर्दै संविधान सभा सदस्य बनेका एमाले नेता थापा उद्योग मन्त्री समेत बनेका थिए।

थापा मन्त्री बनेको ६ महिनामै पदबाट हट्नुपरेको थियो। २०७४ सालमा समानुपातिकतर्फबाट सांसद बन्न चाहे पनि नसकेका थापा यसपटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन्। 

नेकपा एमाले केन्द्रीय सदस्य हुँदै पोलिटब्यूरो र स्थायी कमिटी सदस्य बनेका थापा पार्टी अध्यक्ष केपी ओली निकट नेताका रुपमा परिचित छन्। 

Ncell 2
Ncell 2

कुन पार्टीको अवस्था कस्तो?
स्थानीय तह निर्वाचन २०७९ मा बाजुराका ९ स्थानीय तहमध्ये ६ वटामा एमालेले जितेको छ। ३ नगरपालिका र ३ गाउँपालिकामा एमालेले जितेको हो। नेपाली कांग्रेसले भने १ नगरपालिका र २ गाउँपालिका गरी ३ वटामा चित्त बुझाउनु पर्‍यो। 

निर्वाचन आयोगको तथ्यांकअनुसार वडाध्यक्षहरुको मत केलाउँदा एमालेले २७ हजार ६५५ मत ल्याएको छ। प्रतिस्पर्धी कांग्रेसको २४ हजार ४ सय ५७ मत छ। माओवादी केन्द्रले भने ३ हजार ९ सय ९२ मत प्राप्त गरेको छ। एकीकृत समाजवादीले १ हजार ३ सय ६४ मत पाएको छ। 

मुख्य भिडन्त पाण्डे र थापाबीच हुने देखिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जंगकुमार गिरी, जनता समाजवादी पार्टीबाट रामबहादुर शाही र टेकबहादुर बडुवालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रदेश सभा (१) मा गठबन्धन भित्रै विवाद
जिल्लाको प्रदेश सभा (१)मा गठबन्धनका तर्फबाट २ जनाको उम्मेदवारी परेको छ। नेकपा माओवादी केन्द्रबाट पूर्व सभासद केशव विक र नेकपा एकीकृत समाजावादीका तर्फबाट नरेश शाही प्रतिस्पर्धामा छन्।

केन्द्रमा गठबन्धनबीच सहमति भए पनि बाजुरा (१) प्रदेशबारे गठबन्धनले विवाद टुंग्याएको छैन। जसका कारण गठबन्धनका तीन दलहरु अलगअलग रुपमा चुनावी प्रतिस्पर्धामा देखिएका छन्। गठबन्धनबीचको विवाद समयमै नटुंगिने हो भने यसको प्रत्यक्ष फाइदा एमालेलाई हुने देखिन्छ। प्रदेश (१)मा एमालेका तर्फबाट पूर्व प्रदेश सभा सदस्य बलदेव रेग्मी चुनावी प्रतिस्पर्धामा छन्। 

माओवादी र समाजवादीको भोट नै निर्णायक
जिल्लामा प्रत्यक्षतर्फ निर्वाचित हुनका लागि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत नै निर्णायक हुने देखिन्छ। गठबन्धन भित्र इमान्दारिता देखिएको अवस्थामा त्यसको फाइदा कांग्रेसले लिने देखिन्छ भने असमझदारी रहिरहेको अवस्थामा त्यसको फाइदा एमालले उठाउने आकलन गर्न सकिन्छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत यसअघि निर्वाचन आचारसंहिताबारे आयोगको केन्द्रीय कार्यालयले नै उजुरी लिँदै आएको थियो । यो निर्णयपछि सम्बन्धी जिल्लाबाटै आचारसंहिता उल्... मंगलबार, माघ १३, २०८२
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग त्यसबाहेक श्रम संस्कृति पार्टीबाट सुनसरी १ बाट उम्मेदवार बनेका हर्क साम्पाङले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लग... मंगलबार, माघ १३, २०८२
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ विषयक कार्यक्रममा प्रमुख आयुक्त... सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्