काठमाडौं– नेपाली कांग्रेसका सांसदहरुले संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गरेको छ। समितिमा सदस्य रहेका कांग्रेस सांसद ज्ञानेन्द्र कार्कीले बैठक बहिस्कार गरिएको जानकारी दिए।
कांग्रेस सांसद्ले बैठक बहिस्कार गरे पनि नेकपा र फोरमका सांसद सदस्यहरुबीच बैठक जारी छ। प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई अस्वीकृत गर्ने निचोडमा नेकपाका सांसद पुगेपछि कांग्रेस सांसद बैठक छोडेर निस्किएको जनाइएको छ।
समितिका १५ सदस्यमध्ये कांग्रेसका ४ सदस्य छन्। सघीय समाजवादी फोरम र राजपाका १/१ सदस्य छन्। समितिमा नेकपाका ९ सांसद छन्। अनुमोदन अस्वीकृत गर्न दुई तिहाईका लागि १० मत आवश्यक हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।