• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
घोषणापत्र-२०७९

कुन दलको घोषणापत्रमा कस्तो छ शैक्षिक अजेन्डा?

64x64
कल्पना घिमिरे मंगलबार, कात्तिक १५, २०७९  २१:४७
1140x725

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि राजनीतिक दलहरूले घोषणपत्र सार्वजनिक गरिसकेका छन्। सबै राजनीतिक दलहरुले फरफरक शैलिमा आफ्ना घोषण पत्र सार्वजनिक गरेका छन्।

नेपाली कांग्रेसले गत शनिबार, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार र नेकपा (एमाले)ले मंगलबार घोषणापत्र सार्वजनिक गरेका हुन्।

पार्टीहरूले जारी गरेका घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका विषयका बारेमा प्रतिबद्धतासहित आफ्नो घोषणापत्र लेखेका छन्। त्यसमध्ये शिक्षाबारे आ–आफ्नै प्रतिबद्धता उल्लेख गरेका छन्। 

एमाले

प्रमुख प्रतिपक्षी एमालेले मंगलबार घोषणापत्र सार्वजनिक गरेको छ। राष्ट्र निर्माणको आधार, गुणस्तरीय शैक्षिक पूर्वधार भन्ने मूल नाराका साथ एमालेले शिक्षालाई घोषणापत्रमा प्राथमिकताका साथ उल्लेख गरेको छ।

‘सम्पूर्ण बालबालिकालाई शिक्षाको अवसर सुनिश्चित गरिने छ। कुनै पनि बालबालिका आर्थिक दुरावस्थाका कारण विद्यालय जानबाट बञ्चित हुने वा बीचैमा पढाइ छोड्नुपर्ने अवस्था अन्त्य गरिनेछ । प्रारम्भिक बालविकास कार्यक्रमदेखि माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य गरिने छ,’ एमालेको प्रतिवद्धता छ।

शैक्षिक वर्ष सुरु हुनुभन्दा अगाडि हरेक वर्ष विद्यालय भर्ना अभियान सञ्चालन गरिने र आगामी दुई वर्षभित्र विद्यार्थी भर्नादर शतप्रतिशत पुर्याइनेछ।    जीवनपयोगी नमुना शिक्षा र त्यसका लागि नमुना पाठ्यक्रमको निर्माण गरिने एमालेको घोषणा पत्रमा उल्लेख छ। 

साथै, शिक्षण पेशालाई मर्यादित बनाइने तथा अतिरिक्त आम्दानी गर्न भौँतारिनुपर्ने अवस्था अन्त्य गरी शिक्षकलाई सम्मानजनक जीवन जिउन पुग्ने तलब–सुविधा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, माध्यमिक शिक्षालाई उत्पादनसँग जोड्दै जीवनोपयोगी तुल्याउन प्रत्येक पालिकामा प्राविधिक धारका माध्यमिक विद्यालय स्थापना र तिनलाई गुणस्तरीय रुपमा सञ्चालन गर्न संघ र प्रदेशबाट सहकार्य गर्ने उल्लेख छ। 

एमालेले शैक्षिक संरचनालाई रुपान्तण गरी वैज्ञानिक, प्राविधिक र व्यावसायिक शिक्षाको हिस्सा ७० प्रतिशत बनाउने भएको छ। रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने जनशक्ति उत्पादन गर्ने उसले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको मागअनुसारका उत्कृष्ट, प्रतिस्पर्धी जनशक्ति विकास गर्ने घोषणापत्रमा उल्लेख छ।

‘योग्य शिक्षक–शिक्षिकाहरूको व्यवस्था गरिने छ । शिक्षक शिक्षिकाहरूको क्षमता विकास र प्रोत्साहनका कार्यक्रमहरू ल्याइनेछ। पाठ्यपुस्तक र शैक्षिक सामग्री समयमै उपलब्ध गराइने छ । खाजा, पोसाक, शैक्षिक सामग्रीलगायत विद्यार्थीलाई उपलब्ध गराइने सुविधामा वृद्धि गरिने छ। विद्यालयमा नर्सको सेवा उपलब्ध गराइनेछ,’ घोषणापत्रमा भनिएको छ। 

आगामी पाँच वर्षभित्र विद्यालयका भौतिक पूर्वाधार व्यवस्थित गरिने छ। सबै विद्यालयमा पर्याप्त कक्षा कोठा, सुविधायुक्त फर्निचर, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधि प्रयोगशाला, स्वच्छ पिउनेपानी, शौचालय र सम्भव भएसम्म खेल मैदानको व्यवस्था गर्ने एमालले जनाएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसैगरी, सबै विद्यालयलाई सूचना प्रविधिका पूर्वाधारसँग आबद्ध गरी डिजिटल शिक्षण आरम्भ गरिने उल्लेख गरिएको छ। 

अपाङ्गता भएका विद्यार्थीहरूलाई विशेष सुविधा र शिक्षाको व्यवस्था गर्ने उल्लेख छ। संरचनाहरु अपाङ्गमैत्री बनाइने भएको छ। दुर्गम क्षेत्रका, विपन्न र विद्यालय टाढा भएका विद्यार्थीहरूका निम्ति आवासीय शिक्षाको व्यवस्था गर्ने घोषणा पत्र मार्फत जनाएको छ।

कांग्रेस

सरकारको नेतृत्व गरिहेको कांग्रेसले निर्वाचन लक्षित ल्याएको घोषणापत्रमा शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ राखेको छ। कांग्रेसले गुणस्तरीय शिक्षामा सबैको पहुँच र उद्यमशील तथा रोजगारमुलक शिक्षामा जोड दिएको छ।

कांग्रेसले घोषणापत्रमा  आधारभूत तथा माध्यमिक शिक्षा निःशुल्क बनाउने कुरा उल्लेख गरेको छ। यस्तै, अपाङ्गता भएका व्यक्ति, दलित र विपन्न विद्यार्थीका लागि उच्च शिक्षासम्म विशेष सहयोग र छात्रवृत्तिको व्यवस्था गर्ने कुरा उल्लेख गरेको छ। साथै, प्राविधिक शिक्षा सहायता र छात्रवृत्तिसमेत घोषणपत्रमा समावेश गरेको छ। 

शैक्षिक संस्थामा आवास, खाना, पोसाक, छात्रवृत्ति र प्रोत्साहन (साइकल, ल्यापटप) लगायतका शैक्षिक सामग्रीको व्यवस्थाको कुरासमेत कांग्रेसले प्राथमिकतामा राखेको छ। 

त्यसैगरी, कांग्रेसले आफ्नो पाँच वर्षे लक्ष्यमा सिकाइका संकटको मापन गर्ने संस्थागत ंरुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। जसमध्ये महिला (१५–२४ वर्ष) साक्षरता दर ९५ प्रतिशत पुर्याउने, इन्टरनेट सेवा पुगेका शैक्षिक संस्था ८० प्रतिशत, कक्षा ११ मा भर्ना हुनेको दर कम्तीमा ५० प्रतिशत पुर्याउनुका साथै पाठयक्रममा प्राविधिक र व्यावसायिक सीप ४० प्रतिशत पुर्याउने प्रतिबद्धता कांग्रेसले गरेको छ। 
माओवादी केन्द्र 

सत्ता गठबन्धन दलको अर्काे मुख्य घटक माओवादी केन्द्रले सोमबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। जसमा माओवादी केन्द्रले शिक्षालाई समेत प्राथमिकताका साथ राखेको देखिन्छ। शिक्षा नागरिकको अधिकार, समाजवाद निर्माणको आधार, सबैका लागि गुणस्तरीय शिक्षा, माओवादी केन्द्रको प्रतिबद्धता भन्ने मुल नारासहित अघि बढाएको प्रतिबद्धतामा उल्लेख छ।

माओवादी केन्द्रले शैक्षिक क्षेत्रमा बन्द हड्ताललाई निरुत्साहित गरिने जनाएको छ। शैक्षिक क्षेत्रका विकृति, विसंगतिको अन्त्य गर्ने कुरामा प्रतिबद्धतासमेत गरेको छ।

माओवादी केन्द्रले पनि निःशुल्क तथा अनिवार्य शिक्षामा जोड दिँदैसम्बन्धी ऐन तथा नियमावलीको मर्म र भावना बमोजिम कार्यान्वयन गरी नागरिकको शिक्षा पाउने अधिकार सुनिश्चित गरिने कुरा घोषणापत्रमा उल्लेख गरेको छ। यस्तै, कक्षा १२ सम्मको शिक्षा निःशुल्क साथै अनिवार्य बनाउनुका साथै १२ कक्षा पास गरेको कुनै पनि विद्यार्थी बेरोजगार बन्न नपर्नेगरी सैद्धान्तिक एवम् व्यावहारिक पक्षबीच सन्तुलन हुनेगरी पाठ्यक्रममा आमूल परिवर्तन गरिने उसले उल्लेख गरेको छ। 

शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिना अगावै अनिवार्य रुपमा पुस्तक सम्बन्धित सबै शैक्षिक संस्थामा पुग्ने व्यवस्था मिलाइने माओवादी केन्द्रको प्रतिबद्धता छ।

विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीहरूको नियुक्ति योग्यता र क्षमताको आधारमा गरिने उल्लेख गर्दै प्रत्येक प्रदेशमा कम्तीमा एउटा प्रादेशिक विश्वविद्यालय स्थापना गरिने माओवादी केन्द्रले जनाएको छ। यसका साथै प्रत्येक जिल्लामा त्रिभुवन विश्वविद्यालयको कम्तीमा एउटा आंगिक क्याम्पसको स्थापनाका लागि आवश्यक पहल गर्ने उसले उल्लेख गरेको छ। 

एकीकृत समाजवादी 

सरकारमा आबद्ध दल एकीकृत समाजवादीले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार: राष्ट्र निर्माणको आधार भन्ने मुल नारासहित शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ। 

एकीकृत समाजवादीले संविधानप्रदत्त शिक्षाको मौलिक हक कार्यान्वयन गर्न सबै तहमा कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्ने कुरा घोषणापत्रमा उल्लेख गरेको छ।

माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा अनिवार्य र निःशुल्क गर्न पहल गर्ने कुरामा जोड दिँदै उसले शिक्षाको उज्यालोबाट कोही पनि बञ्चित हुनुनपर्ने अवस्था सिर्जना गर्न पहल गरिने उल्लेख गरेको छ।

सामुदायिक विद्यालयको पढाइको स्तर निजीकोे भन्दा राम्रो बनाउन पहल गरिनुका साथै गैरप्राविधिक विषयमा ३० प्रतिशत र व्यावसायिक तथा प्राविधिक विषयमा ७० प्रतिशत जनशक्ति उत्पादन गर्नेगरी शिक्षा नीति परिवर्तन गर्न पहल गरिने एकीकृत समाजवादीले प्रतिबद्धता व्यक्त गरेको छ। 

त्यसैगरी, दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि ‘एक जिल्ला, एक बहुप्राविधिक शिक्षालय’, ‘एक पालिका, एक प्राविधिक विषय’को अवधारणाअनुसार प्राविधिक शिक्षामा जोड दिइने उसले घोषणापत्रमा उल्लेख गरेको छ।  यसका साथै कृषि र पशु विज्ञान, इन्जिनियरिङ, सूचना तथा प्रविधि लगायतका विषयमा विद्यार्थीले ‘सिक्दै र कमाउँदै’ गर्ने प्रणालीको विकास गर्ने योजना उसले सुनाएको छ।

एकीकृत समाजवादीले पनि शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त गराउन तथा विद्यालय एवं बालबालिकालाई शान्ति क्षेत्रका रुपमा स्थापित गर्न विशेष जोड दिने कुरा घोषणपत्रमा उल्लेख गरेको छ। 

राप्रपा

वर्तमान शासकीय प्रणालीप्रति नै फरकमत राखिरहेको प्रतिपक्षी दल राप्रपाले आफ्नो चुनावी घोषणापत्र सोमबार सार्वजनिक गरेको छ। उसले ‘शिक्षा, स्वास्थ्य र न्याय — निःशुल्क तथा समान’ भन्ने मूल नाराका साथ शिक्षालाई समेटेको छ।

काठमाडौंको बूढानिलकण्ठ स्कुललाई सातै प्रदेशमा नमुना विद्यालयको रुपमा स्थापना गर्ने राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ। साथै, प्राविधिक विद्यालयहरूलाई स्रोतसाधानयुक्त बनाइने, आधारभूत तहमा स्थानीय मातृभाषा शिक्षा लागु गर्ने र कक्षा १२ सम्म पूर्णरुपमा निःशुल्क र गुणस्तरीय शिक्षाको संवैधानिक व्यवस्थालाई पूर्णतः लागू गर्ने घोषणापत्रमा उल्लेख छ।

विश्वविद्यालयहरूमा प्रधानमन्त्री — कुलपपति र शिक्षा मन्त्री सहकुलपति हुने व्यवस्थालाई अन्त्य गरी प्रतिष्पर्धाको नयाँ मापदण्ड अपनाइ कुलपति, सहकुलपति र उपकुलपति चयन गर्ने व्यवस्था गर्ने राप्रपाले धारणा राखेको छ। यस्तै, शिक्षा क्षेत्रमा देखिएको अत्यधिक राजनीतिकरण, दलीय भागवण्डा, अराजकता र विसंगतिलाई कानूनी रुपमा अन्त्य गर्ने घोषणापत्रमा उल्लेख छ।

साथै, प्रत्येक स्थानीय तहमा बेरोजगार युवाको लागि सीपमूलक तालिम केन्द्र स्थापना गर्ने र यसरी सीप सिकेका युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने राप्रपाको घोषणपत्रमा उल्लेख छ। 


 

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  २१:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्