काठमाडौं- नेपाल लाइभ डटकम, स्वास्थ्यखबर पत्रिका र स्वास्थ्यखबर डटकमको सम्पादकमा पत्रकार नारायण अमृत नियुक्त भएका छन्। दुई दशकदेखि विभिन्न सञ्चार माध्यममार्फत पत्रकारिता गर्दै आएका अमृतलाई बिहीबार हेल्प पब्लिकेसन्स प्रालिले सम्पादकमा नियुक्त गरेको हो। नेपाल लाइभमा सम्पादक रहेका विजय पौडेलले राजीनामा दिएपछि पब्लिकेसन्सले अमृतलाई सम्पादकको जिम्मेवारी सुम्पिएको छ।
हेल्प पब्लिकेसन्सका प्रकाशक अनिल न्यौपानेले स्वागत गर्दै सम्पादक अमृतले नेपाल लाइभ र स्वास्थ्य खबरलाई अझ उचाइमा पुर्याउने विश्वास लिएको बताए।

नेपाल लाइभको कार्यालयमा आयोजित स्वागत कार्यक्रममा सम्पादक अमृतले नयाँ मिडियाका रुपमा रहेको अनलाइनबाट पत्रकारिताको नवीन अभ्यास गर्न सकिने बताएका छन्।
उनले नेपाल लाइभ र स्वास्थ्य खबरले आर्जन गरेको विश्वसनीयतालाई अझ उचाइमा पुर्याउन हरसम्भव कोसिस गर्ने प्रतिबद्धता जनाएका छन्। सम्पादक अमृतले आफूले २२ वर्ष पत्रकारिता गरेर सँगालेको अनुभवलाई नेपाल लाइभ र स्वास्थ्य खबरमा उपयोग गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।