• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

महाकवि बाँचिरहेका भए!

नारायण गोपाल सोमबार, कात्तिक ७, २०७९  १५:४९
1140x725

​महाकवि देवकोटा बाँचिरहेको भए कति खुसी हुने थिए होलान्, उहाँकै गीत 'सागरभरि छाती चिरी' सुनेर। एकदिन गीत सुनाऊ है नानी भन्ने उहाँको आवाज मेरो कानमा अझै गुञ्जिरहेको छ। नजाने अरु के-के भन्नुभएको थियो उहाँले त्यतिबेला, सम्झन सक्तिनँ। कारण, त्यतिबेला म सानै थिएँ। 

भारतीय सांस्कृतिक केन्द्र वसन्तपुरमा भएको हाम्रो भेटघाटको त्यो दिन म निकै खुसी भएको थिएँ, आफ्ना प्यारा कविबाट गीत गाउने प्रेरणा पाएर। तर… तर उक्त पहिलो भेटघाट अन्तिम पनि बन्न जान्छ भनेर मैले सोचेको पनि थिइनँ। एकदिन म सुन्छु- देवकोटा हामी सबैलाई छाडी क्षितिज पारि जानुभयो रे।

म छाँगोबाट खसेको अनुभव गर्दै आर्यघाट पुग्छु। एकचोटि कमसेकम मुख हेर्ने मेरो इच्छा थियो तर… म निकै ढिलो पुगेको रहेछु, रोक्दारोक्दै पनि दुई थोपा आँसु झर्छन् मेरा आँखाबाट। गीत सुन्ने मेरा महाकविको धोकोलाई मैले पूरा गर्न सकिनँ, म कति अभागी!

भारतीय सांस्कृतिक केन्द्रमा पहिलो र अन्तिम भेट महाकविसित भएको मेरो जीवनको एक अविष्मरणीय घटना हो। एक धमिलो सम्झना आएर खडा हुन्छ मेरो अघिल्तिर त्यस दिनको, अनि लाग्छ- महाकविले मेरो गीत सुनिरहेका छन् यहीँ कहीँ शीत, बतास, फूल, माटो, ढुंगा, पहरा, छहरा, खोला, वन, पाखा र पर्वत अनि आकाशभरिभरि नै लुकेर।

जिन्दगीको गोरेटोमा उफ्रँदै, ढलमलाउँदै, सुस्केरा हाल्दै, सुसेल्दै अनि गुनगुनाउँदै कहाँ-कहाँ पुग्छु म, मलाई थाहा छैन। एकदिन म यस्तो ठाउँमा आएर विश्राम लिन पुग्छु, जहाँ मैले आफ्नो अस्तित्तवको नाङ्गो आभास पाउँछु। मैले सबै-सबै हराइसकेको रहेछु यात्राको लामो अवधिमा। हरलाको याद आउँछ- कसरी उसलाई एक अज्ञात बाउन्नेले इल्युजनमा पारेको रहेछ। (बिचरा हरला ! के तिम्रो यात्रा कहिल्यै टुंगिएला ?) हतास भएर मैले यता-उता हेरेँ, निकै अबेर भइसकेको रहेछ।

विवशताको कुहिरो मेरो सम्पूर्ण शरीरभरि नै फैलिएर मलाई बन्द गरिदिन्छ काठमान्डूको मुटुभित्र।

Devkota_Ill1666600693.jpg

अनायासै एकदिन नगेन्द्र (शर्मा) ले आएर झकझक्याउँछ मलाई। म ब्यूँझन्छु। एक गीति प्रदर्शन गर्ने कुरा झिक्छ। वर्षौंदेखि कोठामा लडिराखेको तानपूरा, हार्मोनियम, मादल र मेन्डोलिनलाई सोध्छु म। उनीहरुको मौनता भंग हुँदैन। मैले अस्वीकृतिको बोध दर्शाइदिएँ। उसले सम्झाउँदै थियो मलाई बाख र बिथोवन अनि देवकोटा र रिमालको उदाहरण दिँदै। किंकर्त्तव्यविमूढ भएर म पश्चिमपट्टि खुलिराखेको झ्यालबाट टाढा-टाढासम्म हेर्ने प्रयास गर्छु छातीभरि अन्तरद्वन्द्वको पहाड बोकेर। म यसरी निकैबेर अलमलिरहेको थिएँ, नगेन्द्रले कुन्नि के-के भन्दै थियो, म सुन्दिनँ। अकस्मात् स्वयम्भूमाथि मेरो दृष्टि पुग्छ, हावाको एक झोक्का आएर कोठाको सारा वातावरणलाई तरंगित बनाइदिन्छ, बाजाहरु झंकृत हुन्छन्।

Ncell 2
Ncell 2

मेरो मीत गोपाल योञ्जनको संगीत र मेरो स्वरको समन्वय गरेर मीतज्यू नाइट भनेर नामकरण भएको गीति प्रदर्शन पुलिस क्लबमा गर्ने पक्का हुन्छ। साथीहरुबाट सहयोग पाइने भयो, मीतज्यू थापाथलीमा रिहर्सल गर्न थाल्नुहुन्छ, नगेन्द्र चाँजो मिलाउने कामतिर। किलागलको चारतले कोठामा पश्चिमबाट आएको चिसो सिरेटोसँग हाँस्दै-खेल्दै म गीत गाउँछु लगातार दुई… तीन… चार अनि पाँच घन्टासम्म। वर्षौंपछिको अभ्यासले कस्तो-कस्तो एक प्रकारको चिरचिराहट उत्पन्न भएको रहेछ मेरो आवाजमा। जे होस्, विश्वास सधैं मेरो साथमा थियो र भाद्र १, २ र ३ गते पुलिस क्लबमा कार्यक्रम हुन्छ।

जेठी साँझपछि माहिली साँ जान्छे पालैपालो सलाम गरेर अनि कान्छी आउँछे टन्न भरेको छाती बोकेर हाँसो र आँखाभरि उत्सुकता दौडिरहेको मैले मञ्चको पर्दाभित्रैबाट लुकेर हेरेँ। खुसीले मेरो छाती हिमाल जत्रो भएर आयो।

पर्दा खुल्छ। दर्शकहरुको दृष्टि 'हाम्रो कलाकार हाम्रो गीत' को तुलिकाक्षरमाथि पर्छ। मेरा साथी अनि भाइबहिनीहरु पहिल्यै स्टेजमा आ-आफ्नो तयारीसाथ बसेका हुन्छन्।

नगेन्द्रले उद्घोषण गर्छ अनि परिचय गराउँछ हामी सबैको। एकातिरबाट मीतज्यू र अर्कोतिरबाट म आएर श्रोता महानुभावहरुलाई अभिभावन गर्छौं। कार्यक्रम सुरु हुन्छ 'सबलाई रिझाऊ भन्दा पसलमा बेचिएछु, मेरा कोही भए सबैको म भएछु' बाट अनि टुंगिन्छ 'अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा।' श्रोताहरुको ताली र बधाईको बाँध फुटेर मभित्र जन्माइदिन्छ एक सन्देहको काँचो धागो 'के उपहास त होइन !' नयाँ-नया दर्शकहरुले बधाईमाथि धन्यवाद दिँदै थिए मलाई, उनीहरुको मन पर्ने गीत गाइदियो भनेर। गुड नाइट ! गुड नाइट !! भन्दै हात हल्लाउँदै गए सबै। हेर्दाहेर्दै मोटर अँध्यारोमा पुलिस क्लबको ढोका नाघेर नजाने कतातिर मोडिन्छ, म पत्तै पाउँदिनँ। श्रोताहरु आफ्नो बाटो लाग्छन् मीतज्यू नाइटको सुस्केराहरु बोकेर, अन्तमा म पनि लाग्छु घरतिर कुन्नि के-के बोकेर।

घर पुगेर ओछ्यानमा पल्टिँदा किसिम-किसिमका कुरा मनमा खेल्छन्। होसै भएन, कुन बेला निदाएछु।

यसरी तीनदिने उक्त नाइट सफल र रोचक भन्ने श्रोताहरुको प्रतिक्रिया हुँदाहुँदै पनि मलाई चित्त बुझेको थिएन कति कुराको। गीत गाउँदा कैयन् त्रुटि गरेँ, आवाजमा पूर्णता थिए, भाव र अभिव्यक्ति दिने प्रयत्न गरेको हुँ, कहाँसम्म सफल भएँ वा असफल, श्रोताहरु जानून्।

लामो समयपछि यसरी गीत गाउँदा सफल होस् वा नहोस्, गीत गाउने प्रेरणा पाएको थिएँ अवश्यै श्रोताहरुको चाखले गर्दा, यसैमा मलाई सन्तोष थियो। तर, बाटा-बाटामा, रेस्टुराँमा, कोठामा, पार्कमा मलाई साथीहरुले, हितैषीहरुले व्यंग्यात्मक प्रश्न गरे, 'गीत गाएर के पायौ ?' घरमा त्यही प्रश्न, टोलमा त्यही प्रश्न, नजाने अरु कहाँ-कहाँबाट यस्तो प्रश्न आउने हो, बुझ्दिनँ। के जवाफ दिऊँ म उनीहरुलाई ? आर्थिक लाभको मात्र ध्यान दिएर आत्मा विरुद्ध भिन्न-भिन्न प्रकारले फाइदा उठाउने कोसिस गरेको भए म पनि अर्कै भइसक्थेँ हुँला, तर म चाहन्नँ ती सब, बरु ढुंगा खाएर मर्छु। मलाई केवल जनताको सहानुभूति भए पुग्छ। कारण, म जनताको लागि मात्र गाउँछु।

'मीतज्यू नाइट' गरेर म र मेरा साथीहरुर करोडपति बन्न खोजेका होइनन्, कलाकार र साहित्यकारको जिउँदो लाश (रुप) मात्र देखाउने प्रयास भएको थियो। हामीले उनीहरुप्रति श्रद्धा र सहानुभूति मात्र पेश गर्न सक्यौं, सायद यो हाम्रो भूल थियो। त्यसैले त होला, महान् कहलाउने कवयित्रीले हामीलाई सातपत्रे आडम्बर भनेर दोष लाउने असफल प्रयास गर्नुभएको ? मीतज्यू नाइटको उद्गार ढोंग हो भने उहाँका कृतिहरु नि ? धेरै दुःख लाग्यो मलाई एक कवयित्रीले कलाकारको भावना नबुझेकोमा। संगीत जस्तो कठिन, अमूर्त अनि विवादास्पद विषयमाथि लेख्नु नै किन (?) यो उहाँको विषय होइन। कस्तो हास्यास्पद अनि दुःखद कुरा!

मेरो मन फेरि भाँच्चिएको छ। सती जाने बेलामा भीम मल्लकी विधवा स्त्रीले साँच्चै मेरो देशलाई सराप दिएकी थिइन् रे। मलाई थाहा छैन, घरबाट मैले अझै कति धिक्कार पाउनु बाँकी छ र श्रोताहरु अनि हितैषीहरुबाट स्याबास अनि यही स्याबास र धिक्कारको लहरसँग पौडी खेल्दाखेल्दै म नजाने कहाँ पुग्छु एकदिन, मलाई थाहा छैन। म गीत सुनाउँछु, सुनाउँदै जान्छु मेरा स्वजनहरुलाई, एकले भन्छ- स्याबास। दोस्रोले सोध्छ- के पायौं ? घरबाट आउँछ- धिक्कार!

आज मेरा महाकवि बाँचिरहेका भए एक पन्थ दुई काज हुन्थ्यो होला। एक, उनको गीत सुन्ने धोकोलाई पूरा गर्थे। दोस्रो सोध्ने थिए- 'गीत गाएर मैले के पाएँ?'


गोरखापत्रका एक सय एक निबन्ध (२०६०) बाट

​

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १५:४९
  • #लक्ष्मीप्रसाददेवकोटा
  • #लक्ष्मीजयन्ती

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह
राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ सूची !
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ सूची ! आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
सुदूरपश्चिममा एमालेबाट लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्