काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मदिरा र लागूऔषध सेवनले बलात्कारका घटना बढाएको बताएका छन्। समाजमा मदिरा खुला रहको र लागूऔषध कारोबार बढ्दा त्यसले बलात्कारका घटना बढाएको उनको भनाई छ।
लागूऔषध र मदिरा नियन्त्रणमा गृह मन्त्रालयले योजना अघि बढाएको जानकारी दिए।
प्रतिनिधि सभाको वैठकमा उठेका प्रश्नमा सम्वोधन गर्दै उनले कञ्चनपुरकी निर्मला पन्तको हत्या घटनामा पनि अनुसन्धान भइरहेको बताए। केही शंकास्पद व्यक्तिलाई पक्राउ समेत गरिएको उनले बताए।
मन्त्री थापाले सांसद देवी पाललाई धम्कीको घटनाको पनि गम्भीरताका साथ अनुसन्धान भइरहेको बताएकी छिन्। पाललाई मंगलबार केही व्यक्तिले पेस्तोल देखाएर धम्काएका थिए। सो घटना राजनीतिक प्रकृतीको अपराध भएको गृहमन्त्रीको भनाई छ।
यथास्थितिवादीहरु देशलाई अस्थीरता फैसला प्रयासमा सरकार गम्भीर भएको भन्दै उनले देशको समृद्धी र प्रगती नचाहने यस्तो कार्यमा संलग्न भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।