काठमाडौं– ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७४/०७५ को चौथो त्रैमाससम्ममा २ अर्ब १५ करेड ६५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले खुद नाफा ७ दशमलब ४९ प्रतिशतले बढाएको हो। बैंकले आर्थिक वर्ष २०७३/०७४ मा २ अर्ब ६१ लाख रुपैयाँ नाफा कमाएको थियो।
८ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले असारसम्ममा एक खर्ब ६ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरि ९३ अर्ब ३७ करोड रुपैयाँ ३४ लाख ऋण लगानी गरेको छ।
बैंकले गत वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ८० करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७ दशमलब ३१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ५६ करोड ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो।
बैंकको प्रति सेयर आम्दानी १ रुपैयाँ ८ पैसाले घटेर २२ रुपैयाँ ३० पैसा पुगेको छ। जगेडा कोष भने ८९ प्रतिशतले बढेर ४ अर्ब ५७ करोडरु रुपैयाँ पुगेको छ।
बैंकको आधार ब्याजदर १०.५५ प्रतिशत रहेकोमा स्प्रेड दर भने १.५ प्रतिशत बिन्दुले बढेर ४.८६ प्रतिशत पुगेको छ। बैंकको निष्कृय कर्जा ०.९१ प्रतिशतले घटेर ०.६९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।