काठमाडौैं– गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)को अध्यक्षमा ध्रुव सिम्खडा विजयी भएका छन्।
मञ्चको गएराति सम्पन्न २२औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट अध्यक्ष सिम्खडासहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।
मञ्चको प्रथम उपाध्यक्षमा दीपक दाहाल, द्वितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा राजकुमार धमला र सहकोषाध्यक्षमा सकुन्तला देवकोटा निर्वा्चित हुनुभएको छ।
यस्तै मञ्चको सदस्यमा क्रमशः जीवन थपलिया, देवीकृष्ण रोकाया, राममणि रिजाल र कुमार बानियाँ निर्वाचित भएका छन्। १५ सदस्यीय कार्यसमितिमध्ये अध्यक्षसहित ११ पदाधिकारी निर्वाचनबाट चुनिएका हुन् भने बाँकी तीन सदस्य मनोनयन हुनेछन्।
निर्वाचनमा सिम्खडा र बासु पाण्डेको समूहले प्यानलसहित प्र्रतिस्पर्धा गरेको थियो । नवनिर्वाचित अध्यक्ष सिम्खडाले व्यावसायिक एकताका साथ सहरकेन्द्रित पर्यटनलाई देशका ग्रामीण भेगसम्म पु¥याउने बताए। नमूना घरबास कार्यक्रम ‘होम स्टे ट्रेल’, ‘अर्गानिक प्रोडक्ट’ तथा अन्तराष्ट्रिय होमस्टेसँगको समन्वय र सहकार्यलाई अघि बढाइनुका साथै उत्कृष्ट होमस्टे गन्तव्यमा सरकारी कर्मचारीलाई ‘लिभ होलिडे’ को व्यवस्था मिलाउन पहल उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।