काठमाडौं– सिभिल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा १ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ। सो मुनाफा आर्थिक वर्ष २०७३/०७४ को यही अवधिको दाँजोमा ८४ दशमलब ९६ प्रतिशतले बढी हो। २०७३/७४ मा संस्थाले ६२ लाख १३ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो।
सिभिल लघुवित्तको खुद ब्याज आम्दानी २७ दशमलब ६३ प्रतिशतले बढेको छ। बैंकको खुद ब्याज आम्दानी ४ करोड ६३ लाख ९४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले ३ करोड ६३ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको चुक्ता पुँजी १० करोड ९७ लाख २५ हजार रुपैयाँ थियो।
संस्थाको निस्क्रिय कर्जा शून्य दशमलब ७८ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४७ पैसा (वार्षिक) र प्रतिसेयर ‘नेटवर्थ’ १ सय १३ रुपैयाँ १० पैसा छ। मूल्य आम्दानी अनुपात ७० दशमलब ६८ छ भने तरलता अनुपात ४० दशमलब ३३ प्रतिशत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।