काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलको थप सार्वजनिक निष्कासन (एफपिओ) साउन १५ देखि बिक्री खुल्ला भएको छ। बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २ सय रुपैयाँका दरले ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपिओ निष्कासन गरेको हो।
बैंकको एफपिओमा साउन १५ देखि छिटोमा १८ सम्म र ढिलोमा भदौ १४ सम्म आवेदन दिन पाइने सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
बैंकले निष्कासन गरेको एफपिओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात् १० हजार रुपैयाँदेखि २३ सय कित्ता अर्थात् ४ लाख ६० हजार रुपैयाँसम्मको आवेदन दिन सक्नेछन्।
बैंकमा संस्थापक र साधारण सेयरको अनुपात ५१ र ४९ कायम गर्न बैंकले एफपिओ निष्कासन गर्न लागेको हो। हाल बैंकमा संस्थापकको ५१ दशमलब २९ प्रतिशत तथा साधारण सेयरको ४८ दशमलब ७१ प्रतिशत सेयर अनुपात छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।