• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

‘आरआरआर’लाई पछाडी पार्दै कसरी अस्करमा सिफारिस भयो ‘छेल्लो शो’? 

64x64
नेपाल लाइभ बिहीबार, असोज १३, २०७९  १३:३७
1140x725

काठमाडौं– गुजराती फिल्म ‘छेल्लो शो’ (अन्तिम शो) अमेरिकी एकेडेमी अफ मोसन पिक्चर आर्ट एन्ड साइन्स (अस्कर)मा पठाउने घोषणा भएसँगै विगत वर्षझैं आरोप–प्रत्यारोपको सिलसिला सुरु भएको छ। 

कसैलाई लाग्छ कि यो अस्करका लागि कमजोर फिल्म हो। कसैले यसको ‘गुजराती’ भाषामा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राजनीतिज्ञको हात देखिएको टिप्पणी गरेका छन्। 

कसैले भने यसलाई विदेशी फिल्मको नक्कल गरेको बताइरहेका छन्। कतिपयले भने आरआरआर या ‘द कश्मीर फाइल्स’जस्ता फिल्मलाई नपठाइनुमा अचम्म प्रकट गरिरहेका छन्।  तर, यस्ता टिप्पणी न नयाँ रहेका छन् न त यसअघि नसुनिएका हुन्। प्रत्येक वर्ष अस्करमा पठाउने फिल्मका विषयमा सर्मथन र विरोधका आवाज सुनिने गरेका छन्।

अस्करमा अधिकांश हलिउड चलचित्रका लागि हुने गर्दछ। तर, विभिन्न देशबाट सहभागी हुने आफ्नै भाषाका फिल्महरुका लागि अन्तर्राष्ट्रिय फिचर फिल्मको क्याटागोरीमा आमन्त्रण गरिन्छ। यसका लागि विश्वभरका भाषाका फिल्महरुले प्रतिस्पर्धा गर्दछन्। २०१८ सम्म यो पुरस्कारको नाम विदेशी भाषाको सर्वश्रेष्ठ फिल्म थियो। भारतबाट अस्करका लागि फिल्म छानेर पठाउने आधिकारिक संस्था फिल्म फेडेरेसन अफ इन्डिया (एफएफआई) हो। 

जसमा देशभरका फिल्म निर्माताहरुसँग पछिल्लो एक सालमा निर्माण भएका कुनै एक सिनेमा जुन कमसेकम एक सातासम्म सार्वजनिक रुपमा प्रर्दशन भएको हुनुपर्ने भनिन्छ। यसको मनसाय यो हो कि अस्करमा पठाउने फिल्म निर्माताको आत्मसन्तुष्टि या सिर्फ अवार्ड पाउने मनसाय राखेर मात्र निर्माण नभई दर्शकसम्म पुगेको होस् भन्ने हो।

तर, यो अलग कुरा हो कि कयौंपटक निर्देशक÷निर्माताहरुले आफ्नो खल्तीबाट खर्च गरेर फिल्म रिलिज गर्ने गरेका छन्। उनीहरुले खाली थिएटरमा पनि फिल्म देखाएका छन्। २०२३ मा हुने ९५ अस्कर अवार्डका लागि १ जनवरी २०२२ देखि ३० नोभेम्बर २०२२ सम्म फिल्म प्रर्दशन भएको हुनुपर्ने नियम बनाइएको छ। 

त्यसैकारण ‘छेल्लो शो’ अब १४ अक्टुबरमा थिएटरमा रिलिज गरिँदैछ। अस्करका लागि जाने फिल्म अंग्रेजी भाषामा नभई आमरुपमा त्यो देशको कुनै औपचारिक भाषामा हुनुपर्ने छ। अलग–अलग भाषामा आउने यस्ता फिल्म जुरी समितिले हेरेर फिल्मलाई छानेर अस्करका लागि पठाउँदछ। 

१९५७ बाट भारतले पठाउँदै आएको छ फिल्म 
भारतबाट पहिलो फिल्म महबुब खानको मदर इन्डिया १९५७ मा अस्करका लागि पठाइएको थियो। उक्त फिल्म अन्तिम पाँचमा नोमिनेसनमा परेको थियो। यसपछि फाइनल पाँचमा नामांकित हुने सम्मान पाएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

१९८८ मा पठाइएको मीरा नायरको ‘सलाम बाबे’ थियो। नामांकन पाउने यो तेस्रो र अहिलेसम्मको अन्तिम फिल्म अमिर खानको ‘लगान’ हो। जसलाई २००१ मा पठाइएको थियो। पछिल्लो समय अस्करमा पठाउने संख्या बढेको छ। 

‘अदामिन्ते माकन अबू’, ‘द गुड रोड’, ‘कोर्ट’, ‘विसरनई’, ‘न्यूटन’जस्ता दमदार फिल्म पनि पठाइएको थियो। तर, यी कुनै पनि फिल्म शर्टलिस्ट पनि भएनन्। 

यो वर्षको अवस्था 
२०२२ मा फिल्म फेडरेसन अफ इन्डियाले भारतभरि अस्कर दौडमा जाने फिल्महरुको सूची बनाएको थियो। त्यसपछि अस्करको दौडमा जाने मौका गुजरातको ‘छेल्लो शो’का साथै तेलगूको ‘आरआरआर’, हिन्दीको ‘द कश्मीर फाइल्स’ तेलुगूको ‘श्या सिंघा रोय’, मलयालमको ‘मालायनकुन्जू’ हिन्दी, तमिल र अंग्रेजीमा बनेको ‘रकेट द नंबी इफेक्ट’, तमिलको ‘इराविन निझल’जस्ता फिल्महरु सहभागी थिए। धेरै मानिसहरुको अनुमान थियो कि यो वर्ष अस्करमा भारतका तर्फबाट ‘आरआरआर’ पठाइनेछ। 

यहाँसम्म कि प्रमुख विदेशी पत्रिकाहरुले पनि यो फिल्मलाई तीन वा चार तहमा अस्कार दिने भविष्यवाणी गरेका थिए। यो फिल्मका निर्माताहरुको पनि अमेरिकामा प्राप्त प्रशंसाका कारण निकै उत्साही थिए। भारतमा पनि यो फिल्मको पक्षमा उद्योग, सञ्चारमाध्यम र दर्शक पनि देखिएका थिए। तर, ‘छेल्लो शो’लाई पठाइएपछि सामाजिक सञ्जाल विभिन्न व्यक्तिहरुको आक्रोश पोखिरहेका छन्। 

नामी फिल्म समीक्षक नम्रता जोशीले लेखेकी छन् ‘म सोच्नै सक्दिनँ कि ‘आरआरआर’लाई किन अनदेखा गरियो। यो फिल्मलाई पठाएर यो वर्ष अस्कर जित्ने सुनौलो मौका थियो।’ 

उनले अगाडि लेखेकी छन्, ‘अस्कर एक रणनीतिक खेल हो। जसमा राम्रा वा खराब फिल्म भन्दा सही फिल्म पठाउन जरुरी छ।’ 

‘छेल्लो शो’ माथि विवाद 
गुजराती भाषाको ‘छेल्लो शो’को बारेमा यो पनि भनिएको छ कि अघिल्लो वर्ष पनि यसलाई अस्करमा पठाउनेमा विचार गरिएको थियो। 

तत्कालीन समयमा यसलाई अस्वीकार गरिएको थियो। केही मानिसहरुले १९८८ मा आएको इटालियन फिल्म ‘सिनेमा पैराडिसो’को फोटो सेयर गर्दै ‘छेल्लो शो’ सोही घटनाको कपि भएको टिप्पणी गरिरहेका छन्। 

एक बच्चाको कथा 
अलग प्रकारका फिल्म बनाउनका लागि चर्चित फिल्ममेकर पेन नलिन (नलिनकुमार पंड्या)को फिल्म ‘छेल्लो शो’ गुजरातको एक यस्तो केटाको कथा हो जसले आफ्नो बाबुको पसलमा चिया पकाउने काममा सहयोग गर्छ। ऊ सिनेमा हेर्न शौखिन हुन्छ। यसमा प्रमुख भूमिका निभाउनेमा भाविन, रबारी, भावेश, श्रीमाली, ऋचा मीणा, दीपेन रावल र परेश मेहत्ता छन्। यसको प्रिमियर २०२१ मा ट्रिबेका फिल्म फेस्टिभलमा भएको थियो।

२०२१ मा अक्टोबरमा ‘छेल्लो शो’ले ६६ बैलाडोलिड अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा गोल्डन स्पाइक जितेको थियो। फिल्म भारतका लागि बेस्ट इन्टरनेशनल फिचरको क्याटागोरीमा चुनिएको थियो। आशालाग्दो कुरा यो हो कि हालसम्म भारतले अस्करका लागि पठाएको फिल्ममध्ये कसैले पनि यो पुरस्कार जितेको छैन। आमिर खानको ‘लगान’ बेस्ट इन्टरनेशनल फिल्मको क्याटागोरीमा  नोमिनेशन मात्र भएको थियो।

अघिल्लो वर्ष भारतका तर्फबाट ‘राइटिङ विद फायर’ बेस्ट डकुमेन्ट्रीको क्याटागोरीमा नोमिनेसन भएको थियो। 

(द प्रिन्टबाट भावानुवाद गरिएको) 
 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १३:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न?
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै
सम्बन्धित सामग्री
यस्तो छ निर्वाण–प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य ‘टनेल २६’को टिजर शुक्रबार सार्वजनिक भएको फिल्मको टिजरमा  अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी... मंगलबार, भदौ २, २०८३
‘कंगाल करोडपति’मा जोडिए रक्षा र मञ्जिलकुमार, कलाकारको लाइनअप बलियो निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भ... मंगलबार, भदौ २, २०८३
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन अभिनेत्री तथा निर्देशक रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को आधिकारिक टिजर सार्वजनिक भएको छ। शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्