• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

६० वर्षदेखि फुटपाथमा नाङ्लो थापेर परिवार पालिरहेकी हरिमाया

64x64
कल्पना घिमिरे बिहीबार, असोज १३, २०७९  ०८:२६
1140x725

काठमाडौं– भोटाहिटीबाट असन छिर्ने बाटोको छेउ। हरेक दिनजसो एक वृद्धा नाङ्लो थापेर बसेकी हुन्छिन्। नाङ्लोभरी कहिले अमला हुन्छ, कहिले तितौरा। कहिले बदाम (मूंगफली) त कहिले कागती हुन्छ। नाङ्लोसँगै छेउमा गुट्खादेखि, चुरोट, नमकिन, कुरकुरे, चिजबल बच्चाहरुले खाने ‘ललिपप’ पनि राखेकी छन्। 

बाटो भएर ओहोर–दोहोर गर्ने मानिसतिर आशा भरिएका नजर डुलाउँदै हेर्छिन्। कसैका पाइला रोकिए भने सोधिहाल्छिन्– हेर्नोस् नानी, के लानुहुन्छ? 

उमेरले ८० कटिसकेकी हरिमाया शाही खड्की हुन् उनी। भोटाहिटीकी स्थायी बासिन्दा हरिमायाले सोही क्षेत्रमा नाङ्लो थापेर सामान बेच्न थालेको ६० वर्ष भइसक्यो। 

हरेक साँझ ५ बजेपछि छोरासँगै घरबाट निस्किन्छिन्। उनका सामान छोरा श्यामले बोकेर सडक छेउ (फुटपाथ)सम्म पुर्‍याइदिन्छन्। उनी नाङ्लोमा मिलाएर राख्छिन्। आँखाले उज्यालो देखुञ्जेलसम्म सडकमा सामान बेच्छिन्। गर्मीको समयमा ८ बजेसम्म र हिउँदमा ७ नबज्दै सामान प्याक गर्छिन्। छोरा श्याम आउँछन्, बिक्री नभएर बचेका सामान बोकेर घर लान्छन्। 

बाध्यताबाट सुरु भएको फुटपाथ व्यापार, अहिले त बानी भइसक्यो! 
कीर्तिपुरमा जन्मिएकी हरिमायाको विवाह भने भक्तपुर भयो। विवाह पछिको २/४ वर्ष भक्तपुरमै बसिन्। खेतीकिसानी गरेर गुजारा चलाउनुपर्ने। 

खानलाई ठिक्कै हुने खेतीकिसानीले लाउनका लागि भने धौ–धौ पर्ने। खानलाउनलाई राम्रैगरी पुगोस् भनेर श्रीमान्‌ले व्यापार गर्ने सोच बनाए। श्रीमान्‌को व्यापार गर्ने सोचसँगै उनको परिवार भक्तपुरबाट काठमाडौंको भोटाहिटी सर्‍यो। श्रीमान्‌ले व्यापार पनि सुरु गरे। तर, भनेको जस्तो भएन। 

हरिमायाले १० सन्तानलाई जन्म दिइन्। तर ६ जना छोराछोरी शिशु अवस्थामै मरे। कोही निमोनिया भएर मरे। कोही सामान्य बिरामी भएरै मरे। बल्लतल्ल बाँचेका ४ जना छोराछोरीको लालनपालन गर्नुपर्ने। श्रीमान्‌को व्यापार राम्रो नचलेपछि उनले फुटपाथमा सामान बेच्न सुरु गरिसकेकी थिइन्। 

उमेरले २० वर्षको हुँदा फुटपाथको व्यापार थालेकी हरिमायाले बेच्ने धेरै सामान फेरिए। पहिला उनी नाङ्लोमा राखेर बिँडी बेच्थिन्। पछि बिँडी पिउनेको स्वाद फेरिएर चुरोटमा सर्‍यो, उनको नाङ्लोमा पनि चुरोटको संख्या बढ्न थाल्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

सूर्तिजन्य पदार्थ खुला रुपमा बेच्न नपाइने नियम आयो। उनले नाङ्लोबाट चुरोट हटाएर छेउमा राखिन्। नाङ्लोमा भने सिजनअनुसारका उत्पादनहरु अटाउन थाले, कहिले अमला, कहिले लिची। कहिले स्ट्रबेरी, कहिले तितौरा, उनको नाङ्लोमा अटाउन थाले। हिउँदमा चना र बदाम पनि बेचिन्।     

‘पहिले त परिवार पाल्न यसरी सामान नबेची हुँदैन थियो। बाध्यता थियो नि नानी!’ हरिमायाले सुनाइन्। 

श्रीमान् गम्भीर रोगले थलिए। उपचारका लागि धेरै ठाउँ धाइयो, तर बचाउन सकिनन् हरिमायाले। श्रीमान् नभएपछि एक्लैले छोराछोरी हुर्काउनु पर्‍यो।  फुटपाथमा सामान बेचेर जोडेको ‘२/४ पैसा’ले नै ३ छोरा र १ छोरी हुर्काइन्। घरखर्चदेखि छोराछोरीको पढाइखर्च, सबै फुटपाथकै व्यापारले धानेकी थिइन् उनले। 

अहिले छोरा–छोरी आ–आफ्नो इलममा छन्। परिवारिक खर्च छोराछोरीकै कमाइले चलिहाल्छ। तर, हरिमायाको मन मान्दैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘जीवनभरी काम गरेर खाएको बानी। त्यत्तिकै घरमा त कसरी बस्नु नानी!’ उमेरले ८० कट्दा पनि फुटपाथमा बस्नुपर्ने ‘बाध्यता’बारे सुनाउँछिन् हरिमाया। 

अहिले उनका छोरा श्यामले पनि फुटपाथमै व्यापार थालेका छन्। सडक छेउमै कपडा र भगवानका फोटोहरु बेच्छन् श्याम। आमाछोरा दुवै जना नै फुटपाथमा व्यापार गरेर घर चलाइरहेका छन्। 

हरिमाया भन्छिन्, ‘काठमाडौंमा घर छ भन्दैमा काम नगरेर खान पुग्दैन। घर खोस्रेर खान मिल्दैन। आफूले सकुञ्जेल काम गरेर खाने हो। मरेपछि त सक्किगो नि!’

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ०८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्