• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
जनप्रतिनिधि फेरिएसँगै सर्‍यो स्वास्थ्य केन्द्र

जग्गादाता आक्रोशित, भन्छन्–नयाँ जनप्रतिनिधि आएपछि कसरी अनुपयुक्त भयो?

64x64
रिखिराम जिसी शनिबार, असोज ८, २०७९  १२:०३
1140x725

पोखरा– नेपाल सरकारले ०७६ मा ‘एक वडा, एक आधारभूत स्वास्थ्य सेवा केन्द्र’को अवधारणा ल्यायो। सोही बमोजिम आर्थिक वर्ष २०७६/७७ मा वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि बजेट विनियोजन भयो।

कास्कीको मादी गाउँपालिका–४ मा पनि सोही आवमा आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि ४६ लाख बजेट विनियोजन भएको थियो। त्यहाँ जग्गा खरिद तथा छनोटको प्रक्रिया सुरु भयो। वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ३ जग्गादाताबाट साढे २ रोपनी जग्गा निःशुल्क उपलब्ध भयो। 

जग्गा उपलब्ध भएसँगै त्यहाँसम्म मोटरबाटो निर्माण गरियो। गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न उपभोक्ता समितिलाई जिम्मा दियो। उपभोक्तामार्फत् ३८ लाखमा काम सम्पन्न भयो। उपभोक्ता समितिले २०७६ को अन्त्यतिरै गाउँपालिकालाई भवन हस्तान्तरण गर्‍यो। 

सोही वर्षबाट आधारभूत स्वास्थ्य केन्द्रको सेवा पनि प्रारम्भ भयो। तर, २ वर्षसम्म सेवा प्रवाह गरेको आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ जनप्रतिनिधि आएसँगै सार्ने निर्णय गरियो। वडामा आएका नयाँ जनप्रतिनिधिले सेवा केन्द्र सार्न सिफारिस गरे। वडाको सिफारिस तेस्रो गाउँकार्यपालिका बैठकले पनि सहजै स्वीकृत गर्‍यो।

अहिले आधारभूत स्वास्थ्य केन्द्र पुरानो ठाउँभन्दा एक सय मिटर टाढा सारिएको छ। तारकाङ सामुदायिक भवनमा अहिले आधारभूत स्वास्थ्य सेवा केन्द्र छ। 

No description available.
स्वास्थ्य केन्द्र अहिले सारिएको पुरानो भवन

गाउँपालिकाले आफूहरुसँग सल्लाह नगरी सेवा केन्द्र सारेको जग्गादाता रामजी सापकोटाको गुनासो छ। ‘जुन कामका लागि भनेर हामीले जग्गा दिएका हौं। जग्गा बेचेको होइन, दान गरेको हो। अघिल्ला जनप्रतिनिधिको सल्लाह र अनुरोधमा हामी जग्गा दिएका हौं। तर, नयाँ जनप्रतिनिधि आइसकेपछि बिना सल्लाह सुरुआतमै स्वास्थ्य केन्द्र सार्नुभयो,’ उनले भने।  

स्वास्थ्य केन्द्र पुरानै ठाउँबाट सञ्चालन हुनुपर्नेमा सापकोटाले जोड दिए। ‘कि स्वास्थ्य केन्द्र त्यहीँ हुनुपर्‍यो। सारिन्छ भने हाम्रो त्यसमा सहमति छैन। कि हामीलाई हाम्रो जग्गा फिर्ता दिनुपर्‍यो। जग्गा माग्ने बेला एउटा कुरा गर्ने अनि अहिले चाहिँ अर्काे कुरा गरेर हामीलाई पेन्डुलम बनाउने काम भयो,’ सापकोटाले आक्रोश पोखे। 

अहिले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको सापकोटा सुनाउँछन्। ‘हामीले ३ वर्षअघि पुराना जनप्रतिनिधि हुँदा पालिकालाई जग्गा उपलब्ध गरायौं। उहाँहरुले बनाउनुभो। उपयुक्त थिएन भने त्यतिखेरै नबनाउनुपर्ने पर्ने। अहिले के कारणले अनुपयुक्त भयो?,’ उनले प्रश्न गरे, ‘प्रष्ट जवाफ चाहियो, त्यसका लागि अख्तियारमा उजुरी गरेका छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

आफूखुशी गर्ने भए जग्गा फिर्ता गर्न उनले आग्रह गरे। ‘ठिक छ आफूखुसी गर्ने भए हाम्रो जग्गा फिर्ता दिनुस्। घरमै लगेर सञ्चालन गर्ने भए पनि गर्नुस् भन्ने कुरा हाम्रो छ,’ उनले थपे।

मादी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष शिव सापकोटाले पहिले स्वास्थ्य सेवा केन्द्र रहेकै भवनमा स्वास्थ्य सेवा केन्द्र सारिएको जिकिर गरे। ‘पहिले तारकाङ सामुदायिक भवनमा स्वास्थ्य सेवा केन्द्र थियो। पछि कोभिडका बेला आइसोलेसन बनाउँदा भवन पाइएन। नपाइएपछि त्यहाँ लगेर गाउँपालिका स्तरीय आइसोलेसन सेन्टर बनाइएपछि स्वास्थ्य सेवा केन्द्र सारिएको थियो,’ उनले भने। 

No description available.
जग्गादाताले दिएको जग्गामा बनेको स्वास्थ्य केन्द्रको नयाँ भवन। पायक नपर्ने भन्दै नयाँ जनप्रतिनिधिले यहाँ अब कृषि शाखा राख्ने निर्णय गरेका छन्। 

गाउँबासीकै अनुरोधमा स्वास्थ्य सेवा केन्द्र भवन सारिएको वडाध्यक्ष सापकोटाको तर्क छ। ‘गाउँबासीबाट जुन प्रयोजनका लागि सहयोग उठाएर भवन बनाइएको थियो, त्यही प्रयोजनका लागि प्रयोग गर्न गाउँबासीले आग्रह गरेका हुन्,’ उनले भने। 

‘हिजो व्यवहारिकताका लागि माथि सारियो। गाउँपालिकाको आइसोलेन सेन्टर बनाउनुपर्‍यो नि त,’ उनले थपे, ‘अहिले आइसोलेसन सेन्टर छैन। सामान्य अवस्थामा आइसकेका छौं। तल्लो भवनको तल्लो तला पूरै खाली थियो। त्यो खाली भएको हिसाबले गाउँलेकोे अनुरोध सारिएको हो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पहिलेको भवनभन्दा अहिलेको भवन धेरै हिसाबले पायक पर्ने स्थानमा रहेको सापकोटाले जनाए। ‘रोडसँग जोडिएको छ। एम्बुलेन्सको पहुँच छ। हरेक हिसाबले एम्बुलेन्स बाटैमा राखेर प्राथमिक उपचार गरेर त्यहाँबाट पठाम् भने पनि मिल्छ,’ उनले भने।

पहिलेको स्वास्थ्य सेवा केन्द्र भएको भवन र अहिले सारेको भवनको दूरी १ सय मिटर मात्र छ। स्वास्थ्य केन्द्र भएको भवनमा जान असजिलो भएको र सामुदायिक भवन आइसोलेसन हटाएपछि खाली रहेको भवनमा ल्याइएको वडाध्यक्ष सापकोटाले बताए। ‘अहिले र पहिलेको भवन १ सय मिटर दूरीमा पर्छन्। दूरीको हिसाबले सय मिटर फरक होला तर जाने बाटो अलिकति अप्ठ्यारो छ,’ उनले भने।   

स्वास्थ्य केन्द्र सारिएपछि खाली रहेको भवनमा गाउँपालिकाकै कृषि शाखा सञ्चालन हुने वडाध्यक्ष सापकोटाले जनाए। ‘सारिएको भवन गाउँपालिकाको स्वामित्वमा छ। उक्त भवनमा गाउँपालिका स्तरीय कृषिको शाखा राख्ने निर्णय भएको छ,’ उनले भने। 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले २२ वर्षदेखि जोडिएको ब्लग ‘माइसंसार’को सम्पादकीय जिम्मेवारी छाडेका छन्। मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग एवं सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले मंगलबार बिहान ६ बज... मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न २७ वटा व्यापारिक फर्म तथा उद्योगहरूमा अनुगमन तथा निरीक्षण ग... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित मंगलबार, असोज २७, २०८३
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण मंगलबार, असोज २७, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक मंगलबार, असोज २७, २०८३
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस मंगलबार, असोज २७, २०८३
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्