• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
जनप्रतिनिधि फेरिएसँगै सर्‍यो स्वास्थ्य केन्द्र

जग्गादाता आक्रोशित, भन्छन्–नयाँ जनप्रतिनिधि आएपछि कसरी अनुपयुक्त भयो?

64x64
रिखिराम जिसी शनिबार, असोज ८, २०७९  १२:०३
1140x725

पोखरा– नेपाल सरकारले ०७६ मा ‘एक वडा, एक आधारभूत स्वास्थ्य सेवा केन्द्र’को अवधारणा ल्यायो। सोही बमोजिम आर्थिक वर्ष २०७६/७७ मा वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि बजेट विनियोजन भयो।

कास्कीको मादी गाउँपालिका–४ मा पनि सोही आवमा आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि ४६ लाख बजेट विनियोजन भएको थियो। त्यहाँ जग्गा खरिद तथा छनोटको प्रक्रिया सुरु भयो। वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ३ जग्गादाताबाट साढे २ रोपनी जग्गा निःशुल्क उपलब्ध भयो। 

जग्गा उपलब्ध भएसँगै त्यहाँसम्म मोटरबाटो निर्माण गरियो। गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न उपभोक्ता समितिलाई जिम्मा दियो। उपभोक्तामार्फत् ३८ लाखमा काम सम्पन्न भयो। उपभोक्ता समितिले २०७६ को अन्त्यतिरै गाउँपालिकालाई भवन हस्तान्तरण गर्‍यो। 

सोही वर्षबाट आधारभूत स्वास्थ्य केन्द्रको सेवा पनि प्रारम्भ भयो। तर, २ वर्षसम्म सेवा प्रवाह गरेको आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ जनप्रतिनिधि आएसँगै सार्ने निर्णय गरियो। वडामा आएका नयाँ जनप्रतिनिधिले सेवा केन्द्र सार्न सिफारिस गरे। वडाको सिफारिस तेस्रो गाउँकार्यपालिका बैठकले पनि सहजै स्वीकृत गर्‍यो।

अहिले आधारभूत स्वास्थ्य केन्द्र पुरानो ठाउँभन्दा एक सय मिटर टाढा सारिएको छ। तारकाङ सामुदायिक भवनमा अहिले आधारभूत स्वास्थ्य सेवा केन्द्र छ। 

No description available.
स्वास्थ्य केन्द्र अहिले सारिएको पुरानो भवन

गाउँपालिकाले आफूहरुसँग सल्लाह नगरी सेवा केन्द्र सारेको जग्गादाता रामजी सापकोटाको गुनासो छ। ‘जुन कामका लागि भनेर हामीले जग्गा दिएका हौं। जग्गा बेचेको होइन, दान गरेको हो। अघिल्ला जनप्रतिनिधिको सल्लाह र अनुरोधमा हामी जग्गा दिएका हौं। तर, नयाँ जनप्रतिनिधि आइसकेपछि बिना सल्लाह सुरुआतमै स्वास्थ्य केन्द्र सार्नुभयो,’ उनले भने।  

स्वास्थ्य केन्द्र पुरानै ठाउँबाट सञ्चालन हुनुपर्नेमा सापकोटाले जोड दिए। ‘कि स्वास्थ्य केन्द्र त्यहीँ हुनुपर्‍यो। सारिन्छ भने हाम्रो त्यसमा सहमति छैन। कि हामीलाई हाम्रो जग्गा फिर्ता दिनुपर्‍यो। जग्गा माग्ने बेला एउटा कुरा गर्ने अनि अहिले चाहिँ अर्काे कुरा गरेर हामीलाई पेन्डुलम बनाउने काम भयो,’ सापकोटाले आक्रोश पोखे। 

अहिले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको सापकोटा सुनाउँछन्। ‘हामीले ३ वर्षअघि पुराना जनप्रतिनिधि हुँदा पालिकालाई जग्गा उपलब्ध गरायौं। उहाँहरुले बनाउनुभो। उपयुक्त थिएन भने त्यतिखेरै नबनाउनुपर्ने पर्ने। अहिले के कारणले अनुपयुक्त भयो?,’ उनले प्रश्न गरे, ‘प्रष्ट जवाफ चाहियो, त्यसका लागि अख्तियारमा उजुरी गरेका छौं।’

Ncell 2
Ncell 2

आफूखुशी गर्ने भए जग्गा फिर्ता गर्न उनले आग्रह गरे। ‘ठिक छ आफूखुसी गर्ने भए हाम्रो जग्गा फिर्ता दिनुस्। घरमै लगेर सञ्चालन गर्ने भए पनि गर्नुस् भन्ने कुरा हाम्रो छ,’ उनले थपे।

मादी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष शिव सापकोटाले पहिले स्वास्थ्य सेवा केन्द्र रहेकै भवनमा स्वास्थ्य सेवा केन्द्र सारिएको जिकिर गरे। ‘पहिले तारकाङ सामुदायिक भवनमा स्वास्थ्य सेवा केन्द्र थियो। पछि कोभिडका बेला आइसोलेसन बनाउँदा भवन पाइएन। नपाइएपछि त्यहाँ लगेर गाउँपालिका स्तरीय आइसोलेसन सेन्टर बनाइएपछि स्वास्थ्य सेवा केन्द्र सारिएको थियो,’ उनले भने। 

No description available.
जग्गादाताले दिएको जग्गामा बनेको स्वास्थ्य केन्द्रको नयाँ भवन। पायक नपर्ने भन्दै नयाँ जनप्रतिनिधिले यहाँ अब कृषि शाखा राख्ने निर्णय गरेका छन्। 

गाउँबासीकै अनुरोधमा स्वास्थ्य सेवा केन्द्र भवन सारिएको वडाध्यक्ष सापकोटाको तर्क छ। ‘गाउँबासीबाट जुन प्रयोजनका लागि सहयोग उठाएर भवन बनाइएको थियो, त्यही प्रयोजनका लागि प्रयोग गर्न गाउँबासीले आग्रह गरेका हुन्,’ उनले भने। 

‘हिजो व्यवहारिकताका लागि माथि सारियो। गाउँपालिकाको आइसोलेन सेन्टर बनाउनुपर्‍यो नि त,’ उनले थपे, ‘अहिले आइसोलेसन सेन्टर छैन। सामान्य अवस्थामा आइसकेका छौं। तल्लो भवनको तल्लो तला पूरै खाली थियो। त्यो खाली भएको हिसाबले गाउँलेकोे अनुरोध सारिएको हो।’

पहिलेको भवनभन्दा अहिलेको भवन धेरै हिसाबले पायक पर्ने स्थानमा रहेको सापकोटाले जनाए। ‘रोडसँग जोडिएको छ। एम्बुलेन्सको पहुँच छ। हरेक हिसाबले एम्बुलेन्स बाटैमा राखेर प्राथमिक उपचार गरेर त्यहाँबाट पठाम् भने पनि मिल्छ,’ उनले भने।

पहिलेको स्वास्थ्य सेवा केन्द्र भएको भवन र अहिले सारेको भवनको दूरी १ सय मिटर मात्र छ। स्वास्थ्य केन्द्र भएको भवनमा जान असजिलो भएको र सामुदायिक भवन आइसोलेसन हटाएपछि खाली रहेको भवनमा ल्याइएको वडाध्यक्ष सापकोटाले बताए। ‘अहिले र पहिलेको भवन १ सय मिटर दूरीमा पर्छन्। दूरीको हिसाबले सय मिटर फरक होला तर जाने बाटो अलिकति अप्ठ्यारो छ,’ उनले भने।   

स्वास्थ्य केन्द्र सारिएपछि खाली रहेको भवनमा गाउँपालिकाकै कृषि शाखा सञ्चालन हुने वडाध्यक्ष सापकोटाले जनाए। ‘सारिएको भवन गाउँपालिकाको स्वामित्वमा छ। उक्त भवनमा गाउँपालिका स्तरीय कृषिको शाखा राख्ने निर्णय भएको छ,’ उनले भने। 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कर्फ्यु वीरगंज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गे... मंगलबार, पुस २२, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै आज दुई संसदीय समितिको बैठक बस्दै मंगलबार, पुस २२, २०८२
झापामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय शनिबार, पुस १९, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
सिनामंगलको काठ गोदाममा आगलागी मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्