काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल) बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)का कायममुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका हुन्। उक्त सम्झौतापश्चात् राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल)बाट गर्न सक्नेछन्।
बैंकको हाल २ सय ४ वटा शाखा कार्यालय, १ सय ३५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्गबाट ग्राहकलाई सेवा दिदैं आएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले १ खर्ब ६८ अर्ब निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब कर्जा लगानी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।