• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मकै पोलेरै मासिक ३० हजार बढी कमाउँछिन् पार्वती

64x64
कल्पना घिमिरे मंगलबार, भदौ २८, २०७९  ०७:३७
1140x725

काठमाडौं- हातमा फलामको चिम्टा, मुखमा मास्क, निधारभरि पसिना लिएर काटुले धुवाँ पत्ताउँदै ठेला लिएर सडकमा आइपुग्छिन् पार्वती साउद। दिउँसो २ बजेदेखि मकै पोल्न थाल्छिन्। साँझसम्म सडक छेउमा मकै पोलेर बेच्नु उनको दैनिकी बनेको छ।

मकै लिन बजार जान उनलाई बिहानै उठ्नुपर्छ । ‘बिहान ४ बजे नै उठेर तिनकुने जान्छु। डेढ सय घोगा जति मकै लिन्छु। मकैको बोरा काँधमा हाल्छु। डेरातिर लाग्छु’, उनले भनिन्।

पार्वतीको पुर्ख्यौली घर कैलाली हो। उनी विगत १५ वर्षदेखि काठमाडौंमा बस्दै आएकी छन्। उमेरले ३६ वर्ष पुगेकी साउद सधैंजसो बाग्मती करिडोरको चोकमा बसेर मकै पोल्छिन्। मकै पोलेर नै उनले पाँच जनाको परिवार पाल्दै आएकी छन्। 

‘श्रीमानले केही काम गर्नुभएको छैन। छोरा, छोरी र म गरेर चार जनाको परिवार छ। छोराछोरी दिउँसो विद्यालय जान्छन्,’ उनले भनिन्, ‘उहाँले घरको काममा मलाई सघाउनुहुन्छ। साँझ-बिहान छोराछोरी विद्यालय पुर्याउने र ल्याउने गर्नुहुन्छ। म दिनभरि मकै पोल्छु।’

Parwati-saud (5)1662875188.jpg

पहिला पार्वतीले सिंहदरबारभित्र सरसफाइको काम गर्थिन्। त्यहाँ काम गरेवापत मासिक १२ हजार पाउँथिन्। उनका श्रीमान् क्यासिनोमा काम गर्थे। श्रीमानको कमाइ पनि राम्रै थियो। तर क्यासिनो बन्द भएपछि श्रीमान् बेरोजगार भए। 

सिंहदरबारमा पार्वतीले काम गरेको दुई वर्ष मात्र भएको थियो। उनको मात्र कमाइले परिवार धान्न मुश्किल हुँदै गयो । विकल्प सोचिन् र सिंहदरबारको काम छाडेर मकै पोल्न सुरू गरिन्।

घर-परिवार कसरी चलाउने?

Ncell 2
Ncell 2
nimb
nimb

‘मेरो कमाइ १२ हजार मात्र थियो। त्यतिले कति पुग्थ्यो र? पैसाजति गाडी भाडामै सकिन्थ्यो। घर-परिवार कसरी चलाउने भन्ने भयो। अनि मकै पोल्न सुरू गरेँ,’ उनले भनिन्।

पार्वतीले आजभन्दा ठिक ७ वर्षअघि यही ठाउँबाट मकै पोल्ने काम थालेकी हुन्। उनले पहिलो दिन त भुइँमा नै आगो बालेर मकै पोलेर बेचिन्। सुरुमा २० घोगा बेचेको प्रष्टै याद छ पार्वतीलाई। 

Parwati-saud (1)1662875210.jpg

उनले त्यो दिन तीनकुनेको होलसेल पसलबाट हरियो मकै सस्तो छानेर प्रतिघोगा १० रुपैयाँका दरले किनेर ६० घोगा ल्याएकी थिइन्। उनले बेच्दा प्रतिघोगा २० रुपैयाँ लिइन्। तर त्यस दिन ४० घोगा बाँकी रह्यो। किन खेर फाल्ने भनेर उनले बाँकी रहेको मकै भोलिपल्ट बेच्न थालिन् ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, व्यापारमा दाग लाग्ने अवस्था उत्पन्न भयो । ‘बासी मकै बेच्दा कस्तो खल्लो मकै? भनेर ग्राहकले नाक खुम्च्याए। कतिले त गाली गरे,’ उनले भनिन्, ‘भोलि पल्टदेखि ताजा मात्र बेच्न थालेँ।’

होलसेलमा पनि बासी मकै सस्तो हुने र ताजा महँगो हुने पनि उनलाई थाहा हुँदै गयो। मूल्य अलिक बढी परे पनि ताजा ल्याउन सक्दा ग्राहक बिच्किदैनन् भन्ने कुरा पनि उनले पत्तो पाइन्।

भोलिपल्टदेखि ताजा मकै किनेर ल्याएर बेच्न थालिन्। ताजा रसिला हुने हुँदा ग्राहकहरू नियमित आउन थाले। दिनमा ६० घोगा मकै ल्याउँथिन्। ४० घोगा जति बिक्री हुन्थे। केही हरियो नै बेच्थिन्। केही घरमा लगेर आफ्नो छाक टार्थिन्। चार वर्षसम्म उनले भुइँमा नै पोलेर गुजारा चलाइन्। ‘मकै बेचेको पैसाले नै घर खर्च चलाएँ। खान-लाउन र छोराछोरी पढाउन पुगेको थियो,’ उनले भनिन्।

Parwati-saud (2)1662875232.jpg

कोरोना महामारीले विश्व नै आक्रान्त बन्दै जाँदा उनको दैनिकीमा गडबढी आउनु नसोचिएको विषय थिएन। महामारीको चाप यति धेरै पर्यो कि नेपाल पनि केही समयपछि लकडाउन भयो। लकडाउन अवधिमा छाक टार्न समस्या पर्ने अवस्था आयो उनलाई। केही बचत गरेको पैसाले खर्च धान्दै थिइन्। बचत सकिएपछि के खाने? अवस्थाले उनलाई घाँटीमै च्याप्यो। त्यसपछि श्रीमानसँग सल्लाह गरिन् र एउटा ठेला किनेर तरकारी बेच्ने निष्कर्षमा पुगिन्। त्यसपछि ठेला किनिन्। ठेलामा राखेर तरकारी बेचिन्। 

‘त्यही तरकारी बेचेर कमाएको पैसाले लकडाउनको समयमा समस्या टारेँ। पछि लकडाउन खुल्यो र मकै पोल्ने काम फेरि सुरु गरेँ,’ उनले भनिन्। दिन प्रतिदिन मकै राम्रै बिक्री हुन थाल्यो। पहिला जस्तै मकै व्यापार बढ्दै गयो। तर हिजोआज बिक्रीमा केही मन्दी आएको अनुभूत उनलाई भएको छ।

'छोराछोरीको पढाइ शुल्क तिर्छु'

‘अहिले दिनमा पोलेको मकै एक सयदेखि डेढ सय घोगासम्म नै बेच्छु। नपोलेको ५० घोगासम्म बिक्री गर्छु। धेरै नभए नि दिनमा एक हजार चोखो कमाउँछु। त्यही पैसाले छोराछोरीको पढाइ शुल्क तिर्छौं,’ उनले भनिन्, '१० हजार रुपैयाँ कोठा भाडा तिर्छु।’

Parwati-saud (4)1662875274.jpg

उनले पोलेको मकै धेरै मान्छेले मन पराउँछन्। तीनकुने, कोटेश्वर र शंखमूलतिरबाट मकै खानकै लागि ग्राहक आइपुग्छन्। पाँच-सात मिनेट पालो कुरेर बस्छन्। पार्वतीले पोलेको मकै एक पटक चाखेका ग्राहक फेरि पनि फर्केर आउने गरेको उनी बताउँछिन्।

तर, प्याकेट फुडको प्रभावले गर्दा मकै खानेको संख्या घट्दै गएको पार्वती बताउँछिन्। मःम, चाउचाउ, चाउमिन, चटपटे, पानीपुरी जस्ता तयारी खानेकुराको स्वाद परेको जिब्रोले मकैको स्वादलाई खोसेको उनको अनुभव छ। 

‘तर पनि यहाँ पोलेको मकै मन पराउने पनि थुप्रै ग्राहक हुनुहुन्छ। मलाई माया गरेर मेरामा आएर मकै किनिदिनु भाको छ। मेरो व्यापारमा थोरै भए पनि राहत मिलेको छ,’ उनले भनिन्।

तैपनि. सडक किनारको व्यापार पनि सुरक्षित छैन। कहिलेकाहीं महानगर प्रहरी पनि पार्वतीको ठेला भएसम्म पुग्छन्। पार्वतीलाई ठेला हटाउन निर्देशन गर्छन्। उनी महानगर प्रहरी छउञ्जेल ठेला हटाएजस्तो गर्छिन्। महानगर प्रहरी गएपछि फेरि राख्छिन्।

‘महानगर प्रहरीले ठेला हटा भन्छ। म हस् सर भन्छु र यसोउसो ठेला हल्लाएजस्तो गर्छु अनि उनीहरू गइसकेपछि फेरि मकै पोलिरहन्छु। कहिले त आँखा झिम्काएरै पठाउँछु,’ उनले हाँस्दै भनिन्।

पार्वतीले अहिलेसम्म कति जनालाई कति घोगा मकै बेचिन् भन्ने कुनै यकिन छैन। उनका ग्राहकहरु भने विभिन्न प्रकारका छन्। कोही सरर गाडीमा आउँछन्। घरमा लगेर परिवारसँग बसेर खानका लागि मकै लिएर जान्छन्।

कोही दिनभरिको ज्याला मजदूरी सकाएर त्यहीं ठेलाको छेउमा बसेर पार्वतीसँग गफ गर्दै पोलेको मकै खान्छन्। कसैले काँचै नै किनेर घर लैजान्छन्। पार्वतीको ठेला कहिलेकाहीं मानिसहरुकाे गफ गर्ने चौतारीझैं बन्ने गरेको छ। 

करिडोर क्षेत्रमा निकै ठूलाठूला रेस्टुराँहरु खुलेका छन्। तैपनि, कार चढेका मान्छेहरू रेस्टुराँ नगएर ठेलामा पोलेको मकै खान आउने गरेको पार्वती बताउँछिन्।

पार्वती आफ्नो काममा निरन्तर लागिरहेकी छन्। उनले आफ्नो मिहिनेतले नै कमाएर दैनिकी चलाएकी छन्। काम कुनै पनि ठूलो-सानो हुँदैन भन्ने मान्यता राख्ने उनी मकै पोलेर नै मासिक ३० हजारभन्दा बढी कमाउँछिन्।

‘कतिपय मान्छे कामै गर्न लाखौं खर्च गरेर विदेश जान्छन्, तर मलाई चाहिँ नेपालमा बसेर थोरै खर्चमा धेरै कमाइ गर्न सकिने रहेछ भन्ने लाग्छ। यसमा मेरो लगानी भनेको ठेलालाई १० हजार लाग्यो। अरू त खासै महँगो पर्दैन,’ उनले भनिन्।

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  ०७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी सहमहामन्त्री खुल्लातर्फ दुई पदका लागि नौ जनाबीच प्रतिस्पर्धा भएको थियो । मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
४० सरकारी इन्जिनियरको सरुवा (सूचीसहित) मन्त्रालयको २०८३ असोज २७ गतेको निर्णयअनुसार राजपत्राङ्कित तृतीय श्रेणीका इन्जिनियरहरूको विभिन्न मन्त्रालय, विभाग तथा सरकारी कार्यालय... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल मंगलबार, असोज २७, २०८३
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्