• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

महारानी एलिजाबेथले पोखरेलीलाई दिएको मेसिन 

64x64
रिखिराम जिसी शनिबार, भदौ २५, २०७९  १०:३८
1140x725

पोखरा– पोखरा संसारभरका पर्यटकले घुम्न आउने पर्यटकीय नगरी हो । तर, कमै देशका सरकार तथा राष्ट्र प्रमुखको पाइला यो सहरमा परेको छ। औँलामा गन्न सकिने ती भीभीआईपीमध्ये एक थिइन्, बेलायती महारानी एलिजाबेथ द्वितीय। सात दशक बेलायतकी महारानी रहेकी उनी नेपाल भ्रमणका क्रममा विसं २०१७ फागुन १९ मा पोखरा आएकी थिइन्। महारानीसँगै उनका श्रीमान् ड्युक अफ एडिन्बरा फिलिप पनि थिए । 

पोखरा विमानस्थलमा शाही पाहुनाको भव्य स्वागत गरिएको थियो। एलिजाबेथ र फिलिपको स्वागतका लागि पोखरा विमानस्थलमा २ सय भूतपूर्व गोर्खा सैनिक सहभागी थिए । पोखरामा देशैभरबाट गोर्खा पूर्वसैनिकहरु स्वागतका लागि पुगिसकेका थिए। उनीहरूको नेतृत्व भिक्टोरिया क्रस विजेता क्याप्टेन लालबहादुर थापाले गरेका थिए। स्वागतका लागि पोखरा विमानस्थलमा विद्यालयका छात्रछात्राहरुलाई पनि लगिएको थियो । 

31662785646.jpg

‘पोखरा उपत्यकाका त्यतिबेलाका स्कुलका सम्पूर्ण विद्यार्थी, शिक्षकहरुसहित एयरपोर्टमा भेला हुने र स्वागत गर्ने लाइनमा बस्ने भन्ने दृष्टिकोणबाट सहभागी भएको हो,’ बाल्यकाललाई सम्झिँदै कृषि वैज्ञानिक अनिल सुवेदीले भने। 

बेलायतमा सबैभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बुधबार निधन भएको छ। उनका श्रीमान् फिलिपको २०७७ चैतमा निधन भएको थियो। सुवेदीले सामाजिक सञ्जालमा महारानीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनको पोखरा भ्रमण पनि सम्झिएका छन्। 

आफ्नी आमाले स्वागत समितिमा रहेर महारानीलाई स्वागत गरेको सुवेदी बताउँछन्। ‘मेरी आमा कृष्णकुमारी सुवेदी तत्कालीन समयमा कास्की जिल्ला महिला संगठनको सभापति हुनुहुन्थ्यो। स्वागत समितिमा मेरी आमा पनि सहभागी हुनुहुन्थ्यो। स्वागत समितिमा एकजनामात्र महिला मेरी आमा हुनुहुन्थ्यो, उहाँ चाहिँ एयरपोर्ट भित्रपट्टि स्वागत गर्न बस्नुभएको हो।,’ उनले भने । 

11662785646.jpg

महारानी एलिजाबेथका श्रीमान् फिलिपलाई परिचय दिँदै आमा कृष्णकुमारीले स्वागत गरेको फोटो आफूसँग रहेको कृषि वैज्ञानिक सुवेदी बताउँछन्। ‘मेरी आमाले स्वागत गर्ने क्रममा त्यतिबेलाको फोटोग्राफीको स्थितिमा रानीसँगको फोटोग्राफी त भएन सायद छुट्यो होला,’ उनले भने, ‘तर महारानीका श्रीमान् फिलिपसँगको फोटोग्राफ अहिले पनि छ।’
 
महारानीको स्वागतका लागि एयरपोर्टमा गेट बनाउने, मञ्च सजाउने काम आफ्नो बाबुले गरेको इतिहास अध्येता सुनील उलक बताउँछन्। शाही दम्पतीको स्वागतका लागि स्वागतद्वारहरु बजारभरि बनाइएका थिए। भीमसेन टोलका स्थानीयहरुको सक्रियतामा बनाइएको सेलरोटीको स्वागतद्वारको चर्चा त्यो बेला निकै चलेको थियो,’ बाबु जगन्नाथ उलकलाई उद्धृत गर्दै सुनीलले भने। 

Ncell 2
Ncell 2

आफ्नो बुबाले त्यसबेलाका फोटोहरु खिचेको सुनील बताउँछन्। ‘भीमसेन टोलमा भुत्तेको नामले प्रख्यात सिद्धिलाल चुल्याजुले सेलरोटी बनाएका थिए। सजाउने काम सबै टोलबासी मिलेर गरेका थिए। सोही दिन महारानीका तर्फबाट भारतीय पेन्सन क्याम्पमा पूर्व गोर्खा सैनिक पत्नीहरुलाई लुगा सिलाउने हाते मेसिन उपहार दिइएको थियो,’ सुनीलले फेरि आफ्नै बाबुलाई उद्धृत गर्दै भने। 

21662785646.jpg

महारानी एलिजाबेथले पोखरा टुँडिखेलस्थित तत्कालीन मिसन हस्पिटल पनि अवलोकन गरेकी थिइन्। त्यहाँबाट रानी एलिजाबेथ जिपमा र उनका श्रीमान् प्रिन्स फिलिप भने पैदल हिँडेर फर्किएका थिए। विन्ध्यावासिनीसम्मै उनी हिँडेर आउने इच्छा गरेपछि तत्कालीन युवराज वीरेन्द्रले साथ दिएको पुराना लिखतहरुमा भेटिन्छ। पोखराअघि महारानी एलिजाबेथ दम्पतीले चितवन भ्रमण गरेका थिए। एलिजाबेथ गोर्खा सैनिकलाई माया गर्ने राष्ट्र प्रमुखका रुपमा थिइन्। 

बेलायतको दैनिक पत्रिका 'द गार्डियन' का अनुसार एलिजाबेथका जेठा छोरा ७३ वर्षीय चार्ल्स नयाँ राजा घोषित भएका छन्। नेपाल सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा तीन दिन शोक मनाउने भएको छ। 

तस्बिर संकलक : सुनील उलक

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कर्फ्यु वीरगंज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गे... मंगलबार, पुस २२, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै आज दुई संसदीय समितिको बैठक बस्दै मंगलबार, पुस २२, २०८२
झापामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय शनिबार, पुस १९, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
सिनामंगलको काठ गोदाममा आगलागी मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्