काठमाडौं- साउन १ देखि लागू भएको इन्टरनेटको बढेको शूल्क सरकारले फिर्ता लिएको छ। इन्टरनेट सेवाको मूल्य समायोजन सिफारिस गर्न गठित समितिको सिफारिसका आधारमा आजैदेखि लागू हुनेगरी सरकारले साबिककै मूल्य कायम गरेको हो। साउन १ देखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शूल्क लिने व्यवस्था सरकारले आर्थिक ऐनमार्फत् गरेको थियो।
उक्त व्यवस्थाबाट इन्टरनेट शूल्कमा हुनसक्ने वृद्धिलाई इन्टरनेट सेवा ब्यान्डविथ र फिक्स्ड्स वायर्ड ब्रोडब्यान्डको अध्ययन, सरकार तथा इन्टरनेट सेवा प्रदायकहरूको योगदान समेतका आधारमा यस्तो निर्णय लिइएको सूचना तथा सञ्चार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। इन्टरनेट सेवाको मूल्यवृद्धि नहुनेगरी मूल्य समायोजन गर्ने तथा तत्काल सर्वसाधारण उपभोक्ताले तिर्ने इन्टरनेट सेवाको मूल्यमा कुनै वृद्धि नगर्ने निर्णय पनि मन्त्रालयले गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।