काठमाडौं– एनएमबी बैंकले ‘बुक क्लोज’को मिति तय गरेको छ। बैंकको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले साउन १७ गतेदेखि साउन ३१ गतेसम्म ‘बुक क्लोज’ गर्ने निर्णय गरेको जनाएको छ।
त्यस्तै बैंकले साउन ३१ गते २२औं वार्षिक साधारणसभा डाकेको छ। उक्त साभाले बैंकले एफपिओबाट कायम भएका सेयरधनीलाई पनि १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ। तसर्थ साउन १६ गतेसम्म सेयर सुरक्षित गर्ने लगानीकर्ताले प्रस्तावित बोनस सेयर पाउनेछन्।
बैंकको एफपिओ निष्काशनपछि चुक्ता पूँजी ७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। बोनस सेयर वितरणपछि ८ अर्ब ७४ करोड रुपैयाँ पूँजी पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।