• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अर्थतन्त्रमा देखिएको समस्या सुधार भएको हो? 

64x64
सुमित्रा कार्की मंगलबार, भदौ ७, २०७९  २०:०२
1140x725

काठमाडौं– नेपाल राष्ट्र बैंकले हालै आर्थिक वर्ष २०७८/०७९ को तथ्यांक सार्वजनिक गर्‍यो। असार समान्तसम्मको देशको आर्थिक अवस्थाको तथ्यांकले वैशाखयता देशमा विदेशी मुलुकबाट भित्रिने रेमिट्यान्स केही प्रतिशत बढेको र देशको ढुकुटी पनि वैशाखकोभन्दा केही सुधार भएको देखाएको छ। 

यही सुधारलाई व्याख्या गर्दै कतिपयले देशको अर्थतन्त्रमा सुधार आएको बुझेको अर्थशास्त्री तथा पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षत्री बताउँछन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार समान्तसम्मको तथ्यांकमा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ थियो। 

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाखदेखि असारमसान्तसम्म दुई महिनाको अवधिमा रेमिट्यान्स एक खर्ब ९५ अर्ब ६१ करोड रुपैयाँले बढेको छ। वैशाखमा ८ खर्ब ११ अर्ब ६९ करोड रुपैयाँ बराबर रेमिट्यान्स नेपालमा भित्रिएको थियो। दुई महिनाकोे अवधिमै रेमिट्यान्स आउने क्रम ठूलो मात्रामा बढेका कारण अहिले देशमा देखिएको आर्थिक समस्या केही हदसम्म सुधारको बाटोमा रहेको जानकारहरू बताउँछन्।

पूर्वगभर्नर क्षत्री भन्छन्, ‘जुन बेला नेपालको अर्थतन्त्र बिग्रियो भनेर हामीले भनेका थियौं। त्यो बेला पनि नेपालको अर्थतन्त्र बिग्रिसकेको थिएन। अर्थतन्त्रका केही सूचकमा समस्या देखिएको थियो। जस्तै, विदेशी मुद्रा सञ्चितिमा दबाब देखिएको थियो। त्यसले गर्दा सचेतनाका लागि हामीले नेपाललाई श्रीलंका हुन नदिउँ मात्र भनेका थियौं।’ 

त्यो अवस्था अहिले पनि नहटेको उनी बताउँछन्। ‘हाम्रो आउने श्रोत केही बढेको होला। जस्तै, रेमिट्यान्स बढेको छ। तर, रेमिट्यान्स अर्को महिना पनि बढ्छ वा बढ्दैन त्यो त हामी भन्न सक्दैनौं। अर्को महिना घटेर आयो भने फेरि अर्थतन्त्र संकटमा भन्ने अवस्था आउँछ। त्यसकारण अहिले पनि हाम्रो अर्थतन्त्र दबाबमै छ’, उनी भन्छन्। 

यसलाई सुधार गर्न नीति, निर्माण गर्ने र निर्णय गर्नेहरूले ध्यान दिनुपर्ने आवश्यकता रहेको उनी बताउँछन्। ‘राष्ट्र बैंकले सार्वजनिक गरेको केही सूचकहरूमा सुधार पनि भएको छ। असार मसान्तसम्म हाम्रो रेमिट्यान्स ४.८ प्रतिशतले बढ्यो। पहिले १२/१५, मानौं १६ ले बढ्दा पनि त्यसको चर्चा हुँदैन थियो’, उनी भन्छन्, ‘अहिले सामान्य बढ्दा पनि सुधारको अवस्थामा छौं भन्नुपर्ने अवस्था छ। आशावादी छौं भनिएको छ। त्यो भनेको हामीले सापेक्षिक रुपमा विश्लेषण गर्दा त्यस्तो देखिएको छ। नेगेटिभ हुनुभन्दा सामान्य नै भएपनि बढेको राम्रो हो।’

अहिलेको अन्य सूचक हेर्ने हो भने गत आर्थिक वर्षको ११ महिनासम्म प्रत्यक्ष विदेशी लगानी केही बढेको उनको बुझाई छ। ‘१२औं महिनामा त्यो केही घटेको छ। अहिले हामीले केही ऋण अन्तर्राष्ट्रिय दाताहरूबाट प्राप्त गरेका छौं। विश्व बैंक तगायतका संगठनहरूले हामीलाई केही ऋण प्रदान गरेका छन्। यस्ता पैसा देखिँदा हाम्रो रिजर्भमा केही सुधार देखिएको छ’, क्षत्रीले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, अहिलेको अवस्था हेर्ने हो भने व्यापार घाटा उस्तै छ। १७ खर्ब रुपैयाँ बराबर व्यापार घाटा छ। २ खर्ब ६६ अर्ब रुपैयाँ शोधनान्तर घाटा रहेको छ। सवा ६ खर्ब भन्दा धेरै चालु खाता घाटामा छ। यी सबै कुरा हेर्दा अर्थतन्त्र सुधार भएको मान्न नसकिने उनी बताउँछन्।

व्यापार घाटा, चालु खाता घाटालाई सुधार गर्न सके मात्र अर्थतन्त्र सुध्रिएको संकेत हो भन्न सकिने उनको भनाइ छ। मुख्यतया चालु खाता घाटा कम हुनु नै देशको अर्थतन्त्र सुधारतर्फ जानु भएको उनको बुझाइ छ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ भन्छन्, ‘अर्थतन्त्रमा देखिएको केही सीमान्त कुराहरू सुधार हुँदै गएको हो। तर, अहिले पनि हामी ढुक्क हुन सक्ने अवस्था छैन। अझै पनि हाम्रो अर्थतन्त्र लक्ष्य भन्दा तल छ। अहिले हाम्रो अर्थतन्त्र धान्न सक्ने क्षमता ९ महिनाको छ। वैशाखको तुलनामा सुधार भएको छ।’

तर, आर्थिक सुधार पर्याप्त भइनसकेको उनको दाबी छ। उनी भन्छन्, ‘हाम्रो अर्थतन्त्र सुधारको पाटो अझै पर्याप्त छैन। अहिले नै नेपालको अर्थतन्त्र पूरा रुपमा कहिलेसम्म सुधार हुन्छ भन्ने अनुमान लगाउन सकिने अवस्था पनि छैन। अब आर्थिक गतिविधि कुन रुपमा चलायमान हुन्छन्। त्यो अनुसार सुधार हुन्छ।’ 

Xtrem

Xtrem

अघिल्लो आर्थिक वर्षकै तुलनामा आयात भयो र देशको आर्थिक गतिविधि अघिल्लो आर्थिक वर्षको तुलनामा चलायमान हुन सकेन भने अझै पनि देशको अर्थतन्त्रको अवस्था उस्तै रहने उनको चेतावनी छ।

व्यापार घाटा र चालु घाटामा सुधार आयो भने देशको अर्थतन्त्र पनि सुधारतर्फको बाटोमा जाने उनी बताउँछन्। ‘यसमा पनि रेमिट्यान्ट बढ्यो, सरकारले विदेशीबाट ल्याउने सहयोग बढाउन सक्यो भने पनि विस्तारै देशको अर्थतन्त्र सुधारको बाटोमा जान्छ। यस्तो भयो भने अर्थतन्त्र सुधार हुन समय लाग्दैन। तर, हाम्रो देशको अर्थतन्त्र आयातमुखी भएका कारण यसमा पनि भर पर्छ’, श्रेष्ठले भने।

आर्थिक अवस्था सुधार नभएको देखाउने सूचकहरू 
व्यापार घाटा
आर्थिक वर्ष २०७८/०८९ को असारम सान्तसम्म नेपालको कूल वस्तु व्यापार घाटा १७ खर्ब २० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को भन्दा व्यापार घाटा २३.० प्रतिशतले वृद्धि भएको हो। 
आर्थिक वर्ष २०७७/७८ मा कूल वस्तु व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ थियो। एक वर्षको अवधिमा व्यापार घाटा रकममा ३ खर्ब २१ अर्ब ७१ करोड रुपैयाँले बढेको छ। 
वैशादेखि असार मसान्तसम्मको कूल वस्तु व्यापार घाटाको तथ्यांक हेर्ने हो भने दुई महिनाको अवधिमा व्यापार घाटा दुई खर्ब ८९ अर्ब १२ करोड रुपैयाँले घटेको छ। कूल व्यापार घाटाले देशको आर्थिक अवस्था सुधारोन्मुख तर्फभन्दा नकारात्मक दिशातिर लगिरहेको अर्थ विज्ञहरूको दाबी छ। उनीहरूका अनुसार देशको आर्थिक अवस्था सुधार गर्नका लागि व्यापार घाटा घटाउनु महत्त्वपूर्ण हुन्छ। 
शोधनान्तर घाटा
देशमा देखिएको आर्थिक समस्या समाधान गर्नका लागि शोधनान्तर घाटा बढ्नु हुँदैन। तर, अहिले नेपालको शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको छ।
यस्तो घाटा आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म एक अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा नेपालको शोधनान्तर घाटा २ अर्ब १४ करोड रुपैयाँ रहेको छ। 
वैशाखदेखि असार मसान्तसम्मको तथ्यांक हेर्ने हो भने दुई महिनाको अवधिमा यस्तो शोधनान्तर स्थिति  ३३ अर्ब २४ करोड रुपैयाँले घटेको छ। वैशाखमा शोधनान्तर घाटा २ खर्ब ८८ अर्ब ५० करोड थियो। 
चालु खाता घाटा 
आर्थिक वर्ष २०७८/७९ मा चालु खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्ष चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५ अर्ब १७ करोडले घाटामा रहेको छ।
वैशाखदेखि असार मसान्तसम्म आउँदा दुई महिनाको अवधिमा चालु खाता घाटा ७६ अर्ब ९७ करोड रुपैयाँले घाटामा छ। वैशाखमा यस्तो घाटा ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँ थियो। जसले नेपालको आर्थिक अवस्था सुधारको बाटोमा नदेखिएको विज्ञहरूको दाबी छ। 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्