काठमाडौं– वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७४/०७५ को चौथो त्रैमासमा अत्याधिक प्रगति गरेको छ। यस अवधिमा संस्थाले ३ करोड ९५ लाख ५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ। सो मुनाफा आर्थिक वर्ष २०७३/०७४ को यही अवधिको दाँजोमा ८६ दशमलब ९७ प्रतिशतले बढी हो। २०७३/०७४ मा संस्थाले २ करोड ११ लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो।
वोमी माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ३९ दशमलब ६५ प्रतिशतले बढेको छ। बैंकको खुद ब्याज आम्दानी ८ करोड ४२ लाख ३५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले ६ करोड ३ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७३/०७४ मा भने संस्थाले ७ करोड ७७ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी पुर्याएको थियो।
संस्थाको निष्कृय कर्जा ०.६५ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ०८ पैसा (वार्षिक) र प्रतिसेयर ‘नेटवर्थ’ १ सय ६४ रुपैयाँ ७३ पैसा छ। मूल्य आम्दानी अनुपात ३५.४४ रहेको छ। तरलता अनुपात ३०.५२ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।