काठमाडौं–आर्थिक वर्ष २०७४÷०७५ को चौथो त्रैमासिकमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको अधिकांश सूचक सामान्य अंकले बढेको छ। संस्थाको खुद मुनाफा २ दशमलब ०५ प्रतिशतले बढेर ९ करोड २८ लाख २७ हजार रुपैयाँ पुर्याएको छ। अर्थिक वर्ष २०७३÷०७४ को यही अवधिमा संस्थाले ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो।
मेरो माइक्रोफाइनान्स खुद ब्याज आम्दानी ४ दशमलब ३४ प्रतिशतले बढेको छ। बैंकको खुद ब्याज आम्दानी २१ करोड ७४ लाख १७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले २० करोड ८३ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको चुक्ता पूँजी २८ करोड ६० लाख रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७३÷०७४ को चौथो त्रैमाससम्ममा भने संस्थाले २२ करोड रुपैयाँ चुक्ता पुँजी र्पुयाएको थियो।
संस्थाको निष्क्रिय कर्जा ०.३५ प्रतिशतले बढेर १.३३ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ १२ पैसा (वार्षिक) र प्रतिसेयर ‘नेटवर्थ’ १ सय ५५ रुपैयाँ ४५ पैसा छ। मूल्य आम्दानी अनुपात ३०.२५ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।