• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

परदेशको १३ वर्षको कमाइ सकियो, साहुको ऋण सकिएन

64x64
कल्पना घिमिरे शनिबार, भदौ ४, २०७९  १५:०३
1140x725

काठमाडौं– नवलपरासी प्रतापपुर गाउँपालिका-४ की तिलेसरादेवी राजभर २०५८ सालमा कमाउनका लागि साउदी उडिन्। भारतको मुम्बई हुँदै साउदी पुगेकी उनको कमाइ मासिक ३ सय साउदी रियाल (त्यतिबेला करिब ९ हजार नेपाली रुपैयाँ) थियो। 

श्रीमान् काम गर्न नसक्ने भएपछि गाउँमा एक लाख ऋण लिएर विदेशिएकी थिइन् उनी। ‘छोरा बालखै थियो। घरमा श्रीमान बिमार, साहुसँग एक लाख कर्जा लिएँ,’ उनले भनिन्। सुरुमा त उनलाई कर्जा लिनुपर्ने अवस्था थिएन। न त कमाउन विदेश नै जानुपर्थ्यो। तिलेसरा घरमै बस्थिन्। घरको काम गर्थिन्। उनका श्रीमान मजदुरी गर्थे।

‘तर उहाँ (श्रीमान) घरको छतबाट खस्नु भयो। त्यसपछि मानसिक अवस्था नै ठीक छैन।’ तिलेसराले सुनाइन्। श्रीमान काम गर्न नसक्ने अवस्थामा पुगेपछि साहुसँग ऋण काढेर साउदी उडेकी उनी ८ वर्ष ८ महिना काम गरेर घर फर्किएकी थिइन्। तिलेसराले छोरालाई पठाउने पैसा पनि कमाएर ल्याउन सकेकी थिइनन्।

‘त्यतिबेला कमाइ थिएन। साहुको ऋण त तिरेँ। तर घर खर्च पुगेन,’ उनी भन्छिन्, ‘फर्किएपछि छोराले आमा तिमी नजाउ म जान्छु अब भन्यो।’  २०६५ सालमा उनले छोरालाई बिदेश पठाउन फेरि एक लाख ऋण मागिन्।

‘सयकडा पाँचमा एक लाख ऋण
‘सयकडा पाँचमा गाउँकै साहु जगदिश बानियाँसँग एक लाख ऋण लिएर छोरा मुम्बइ गयो। उमेर सानै भएकाले छोरो विदेश जान पाएन त्यहिँबाट फर्कियो,’ तिलेसरादेवी सम्झिन्छिन्। त्यसपछि फेरि आफैँ विदेश गएको उनी बताउँछिन्।

साउदीमा उनलाई घरभित्रकै काम थियो। घर सफा गर्ने भाँडा माझ्ने, लुगा धुने जस्ता काम गर्नुपर्थ्याे। दोस्रोपटक साउदी पुगेकी उनको त्यतिबेला महिनामा ८ सय रियाल (२० हजारभन्दा बढी नेपाली रुपैयाँ) कमाइ थियो। साउदी पुगेको ८ महिनामा उनले घरमा एक लाख २५ हजार रुपैयाँ बचाएर पठाइदिएकी थिइन्। त्यसबाट साहुलाई ८० हजार तिरेको उनी बताउँछिन्। ‘बाँकी श्रीमानको औषधी र खरखर्चमा सकियो,’उनले भनिन्। 

ऋण एक वर्षमा चुक्ता गर्ने गरी घरजग्गा दृष्टिबन्धकमा राखिएको थियो। ८० हजार बुझाएपछि २० हजार साँवा र त्यसको ब्याज बुझाउन बाँकी थियो। तर तिलेसराले लामो समयसम्म ऋण बुझाउन सकिनन्। घर खर्च चलाउन र छोरालाई विदेश पठाउन पैसा जम्मा गर्न थालिन्। उनी ६ वर्ष ६ महिना साउदी बसेर फर्किइन्।

‘त्यतिबेला साहुसँग घरजग्गा दृष्टिबन्धकमा थियो। साहुले सात लाख तिर, अनि मात्र घरजग्गा  फिर्ता गर्छु भने। मैले सात लाख तिरेँ तर फिर्ता गरेनन्,’ उनले भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

तिलेसरा दुई महिनाका लागि बिदामा आएकी थिइन्। बिदा सकिएपछि फेरि साउदी उडिन्। त्यतिबेलासम्म उनका छोराको पनि उमेर पुगिसकेको थियो। छोरा पनि कमाउन मलेसिया गए। 

 

घरको काम गर्दागर्दै तिलेसराले साउदीस्थित एक विद्यालयको क्यान्टिनमा काम गर्दा राम्रो कमाइ हुने सुनिन्। घरको काम छाडेर उनी त्यहाँ क्यान्टिनको भाँडा माझ्ने र विद्यालयको सरसफाइको काम गर्न थालिन्।

‘त्यहाँ त महिनामा कहिले १२ सय रियाल कहिले १५ सय रियाल हुन्थ्यो। साहु खुुसी भए टिप्स पनि आउँथ्यो,’ उनले सुनाइन्। त्यतिबेला उनको महिनामा ४० देखि ४५ हजार रुपैयाँसम्म कमाइ हुनुथ्याे। उनका छोराले पनि मलेसियामा तीन वर्ष कमाइ गरे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तेस्रो पटक तिलेसरा ३  वर्ष ८ महिना काम गरेर फर्किएको बताउँछिन्। उनका छोराले पनि मलेसियामा तीन वर्ष कमाइ गरेर फर्किए। उनीहरु फर्किएपछि साहुले थप १० लाख मागेको तिलेसरा बताउँछिन्।

‘मेरो श्रीमानलाई घरमा एक्लै भएको बेला तेरो श्रीमती त मेरा लागि कमाउन गएको हो भन्थ्यो रे। छोरा र म फर्किएपछि साहुले फेरि १० लाख तिर्यो भने मात्रै घरजग्गा फुकुवा गर्छु भन्यो। अनि हामीले फेरि १० लाख बुझायौँ। प्रमाण भने केही दिएको छैन,’उनले भनिन्।

पैसा बुझाएको प्रमाण छैन
उनले हालसम्म पैसा बुझाएको कुनैपनि प्रमाण नभएको तिलेसरा बताउँछिन्। पटकपटक गरेर आफूले र छोराले कमाएको र आफन्तबाट दुई लाख ५० हजार ऋण लिएर १८ लाख रुपैयाँ जगदिश बानियाँलाई बुझाएको उनको भनाई छ। 

‘घर खर्च चलाउन र श्रीमानको उपचार पनि गर्न सकिन्छ भनेर विदेश पसेँ,’ उनी भन्छिन्, ‘तर ऋण तिर्दातिर्दै रित्तो भएँ। उमेर सकियो अझै दुई लाख ५० हजार तिर्न बाँकी छ। फेरि साउदी जाउँ भने बुढी भइसकेँ। कसरी तिर्नु।’

उनका अनुसार १८ लाख बुझाइसकेपछि जगदिश बानियाँले घरजग्गा फुकुवा गरिदिएका छन्। तर पनि अझै दुई लाख ५० हजार तिर्न बाँकी रहेकाे भन्दै बारम्बार तनाव दिइरहेकाे उनले बताइन्। साेही कारण उनी थप चिन्तामा छिन्।

‘आफू बिमार हुँदा पनि काममा खटेँ। रातदिन नभनी काम गरेँ। सबै पैसा साहुलाई बुझाएर  सकियो, अझै ऋण बाँकी छ भन्छन्। न त श्रीमानको उपचार गर्न सकेँ?,’ माइतीघर मण्डलामा भेटिएकी उनले रुँदै भनिन्।

उनीहरुको घर पनि पुरानो भइसकेकाे छ। घरमा ६२ वर्षीया तिलेसरा र उनका श्रीमान बस्छन्। छोरा रिसाएर छुट्टिएको उनले बताइन्।

भन्छिन्, ‘आफू बुढी भइगएँ। कमाइ भएको सबै पैसा साहुलाई बुझाउँदा पनि ऋण नसकिएपछि छोरो रिसाएर छुट्टै बसेको छ।' छोराकाे बिहे भइसकेकाे छ। अहिले बुहारी, नातिनातिनी र छोरा छुट्टिएका छन्।

ऋण तिर्दातिर्दै रित्तिएकी तिलेसरा न्यायका लागि काठमाडौं आएकी छन्। उनी दिनभर माइतीघर मण्डलामा धर्ना बस्छिन्। रात परेपछि तीनथाना पुग्छिन्। उनीजस्तै मिटरब्याज पीडितहरु धेरै छन्। यतिबेला नवलपरासीका ८० जनाभन्दा बढी पीडितहरू सिंहदरबारसँग गुनासो पोख्न काठमाडौंमा छन्। सरकारले आफूहरुकाे समस्या नसुनेसम्म आफूहरू जिल्ला नफर्किने अडान उनीहरुको छ।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १५:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्