• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

फोहोरले दुर्गन्धित बन्यो काठमाडौं, महानगरवासीलाई हैजाको डर

64x64
कल्पना घिमिरे आइतबार, साउन २९, २०७९  १०:३१
1140x725

काठमाडौं– काठमाडौं उपत्यकामा केही समय अघिदेखि फोहोर व्यवस्थापन नहुँदा समस्या उत्पन्न भएको छ। काठमाडौंका चोकचोक, गल्लीगल्लीमा फोहोर थुप्रिएको छ। सहर दुर्गन्धित बनेको छ। 

यसअघि फोहोर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने झण्डै दुई किलोमिटर बाटो मर्मतको काम भइरहेका थियो। गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै एक हप्ता फोहोर व्यवस्थापनको काम नहुने बताइएको थियो। सहरी विकास मन्त्रालयले महानगरलाई केही दिन फोहोरको गाडी नपठाउन आग्रह गरेको थियो।

तर, १५ दिन बितिसक्दा पनि  फोहोर नउठ्दा सहरबासी आफूहरु मारमा परेको बताउँछन्। १५ वर्षदेखि कालिमाटीमा मिठाई पसल सञ्चालन गर्दै आएका कालीमाटी नालन्द स्वीट्सका सञ्चालक जयानेन्द्र प्रसाद चौरासिया समयमा फोहोर नउठ्दा निकै समस्या परेको बताउँछन्। 

‘यहाँ टोलभरीका मान्छेले रातिको समयमा ल्याएर यहीँ अगाडि फोहोर फाल्छन्। मेरो पसल अगाडि फोहोरको थुप्रो लागेको छ। १५ दिन भइसक्यो। अहिलेसम्म फोहोर उठेन। पुरै दुर्गन्ध फैलिएको छ। दुर्गन्धले गर्दा कोही ग्राहक भित्र पस्दैन’,  उनी भन्छन्, ‘कहिले के कहिले के सँधै व्यापारमा घाटा छ। यस्तै हो भने कसरी गरेर खाने?कसरी भाडा तिर्ने?’
उनले आफ्नो पसल र घरको फोहोर कुहिने र नकुहिनेगरि छुट्याएर राखेका छन्। तर, लामो समयसम्म फोहोर लिन गाडी नआउँदा घरभित्रै पनि कुहिएर दुर्गन्धित भएको उनी बताउँछन्। 

‘मैले पसलको फोहोरको मात्र १५ सय रुपैयाँ बुझाएको छु’, बिल देखाउँदै उनले भने। त्यस्तै, कालीमाटी एभरेष्ट मःम पसलका सञ्चालक  राजकुमार श्रेष्ठ पनि समयमा  फोहोर नउठ्दा समस्या भएको बताउँछन्।

‘महानगरको गाडी समयमा फोहोर लिन नआउँदा फोहोर धेरै जम्मा हुन्छ। दुर्गन्धित हुन्छ। होटल हो, यहाँ कुहिने फोहोर बढी जम्मा हुन्छ। पैसा उठाउन आउनेलाई भनेर एकपटक त आफू एक्लैले कान्तिपुरको गाडा बोलाएर फोहोर पठाएँ। अहिले फोहोर १५ बोरा जति जम्मा भएको छ। लिन आएको छैन’, उनले भने।

कालीमाटी बस्दै आएकी प्युठानकी सुविना क्षेत्री पनि फोहोर नउठ्दा निकै समस्या भएको बताउँछिन्। ‘एउटा डेरा छ। चार जनाको परिवार छौँ। फोहोर कुहिने, नकुहिने अलग गरेर राखेकी छु। धेरै जम्मा भइसकेको छ। कुहिएर कोठा दुर्गन्धित भइसकेको छ। लिन नै अउँदैन। न कोठाम राख्नु न रोडमा ल्याएर फाल्नु भएको छ’, सुविनाले दुःखेसो पोखिन्।  

धादिङकी चन्द्रिका श्रेष्ठ काठमाडौं आएको १० वर्ष बित्यो। उनी पहिला यस्तो लामो समयसम्म फोहोर नउठ्ने समस्या खासै नभएको बताउँछिन्। उनी भन्छिन्, ‘मेरो त झनै ठूलो समस्या छ। कोठामा फोहोर कुहिएर औंसा परिसक्यो। कोठा बाहिर राखे घरबेटीले राति चोकमा लगेर फ्याँक। त्यहाँ नराख भनेर गाली गर्छन्। एक्लै छु। काखमा सानो छोरो छ। त्यही फोहोरले हैजा लाग्छ होला अब त’, श्रेष्ठले भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

रविभवनमा बेकरी क्याफे सञ्चालन गर्दै आएका केशव श्रेष्ठ पनि फोहोर लिन महानगरको गाडी नआउँदा समस्यामा परेका छन्। उनले आफ्नो फोहोर कुहिने नकुहिने छुट्टाछुट्टै जम्मा गरेर राखेको लामो समय भइसक्यो। तर, महानगरको त्यो फोहोर नउठाउँदा दुर्गन्ध फैलिन थालिसकेको छ। तर, फोहोर नउठ्नुमा काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई फेल गराउने षडयन्त्र हुन सक्ने उनको शंका छ। 

‘अहिले फोहोर नउठ्नु सबैको समस्या बनेको छ। सिसडोलमा फोहोर फाल्दा विवाद आउनुमा बालेनलाई फेल गर्नका लागि यहाँ ठूला पार्टीका भरौटेहरुको ठूलो चलखेल हुन सक्छ। किनकी बालेनले स्वतन्त्र तर्फबाट चुनाव जितेको छ’, उनी थप्छन्, ‘बालेनले फोहोर उठाएन भनेर दोष दिन मिल्दैन।’ सडकमा जथाभावि फोहोर फाल्दा देशकै बेइज्जत भएको केशव बताउँछन्।

‘घरमा राखे फोहोर कुहिएर दुर्गन्धित हुन्छ। डेरा गरेर बस्दै आएकालाई त झन् समस्या छ। कसैको एउटै मात्र कोठा हुन्छ। त्यहीँ खाना पकाउने ठाउँ, त्यहीँ सुत्ने खाट। फोहोर भित्रै राखे गन्हाउँछ। अनि रोडमा नफालेर कहाँ फाल्नु त?’ उनको प्रश्न छ।

Kalimati-fohor1660452350.jpg

Xtrem

Xtrem

महानगरका प्रमुख शाहले गत बिहीबारको कार्यपालिका बैठकमा बोल्दै फोहोर उठ्न नसकेको समस्याबारे बताएका थिए। फोहारका गाडी रोकिएको, जेसीबी बुलडोजर तोडफोड भएका कारण फोेहोर व्वयवस्थापनमा समस्या भएको बताएका थिए।

तर, अब आज आइतबारदेखि नियमित फोहोर उठ्ने उनको भनाइ छ। कुनै अवरोध नभए आइतबारदेखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनको भनाइ छ। शनिबार बेलुकी १५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगेको मेयर शाहले जानकारी दिएका छन्। 

‘कुनै अवरोध नभएमा दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्नेछन्। शनिबार एक सय ५२ गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगे’, मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। 

आफूहरूको अन्तिम लक्ष्य कसैले फोहोरले आक्रन्त हुनु नपर्ने, कसैले ज्यान नगुमाउने र सबैको साझा जित हुने गरेर फोहोर व्यवस्थापन गर्नु रहेको शाहले बताएका छन्।

‘नियमित अवस्थामा फोहोर उठाउने र बञ्चरेडाँडासम्म पुर्‍याउन केही समय लाग्न सक्छ। अवरोध नगर्ने स्थानीय, फोहोर संकलक, कर्मचारी र चालकहरूलाई तथा सुरक्षाकर्मीलाई धेरै धन्यवाद छ’, मेयर शाहले भनेका छन्, ‘थुप्रिएका फोहोरको व्यवस्थापन नभई अन्य विकल्पहरुमा जानु व्यवहारिक रुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेका हौँ। फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि योजनाहरु छन् र हदैसम्म प्रयास गरिनेछ।’

एक अध्ययनले काठमाडौं उपत्यकामा दैनिक ५१३ मेटिक टन फोहोर उत्पादन हुने देखाएको छ। महानगरमा उत्पादन हुने फोहोरमा ७५.५ प्रतिशत फोहोर कुहिने प्रकृतिका छन्। १०.३५ प्रतिशत चाहिँ प्लाष्टिकजन्य छन्। जसमा ६.५५ प्रतिशत अन्य प्रकारका र ३.८० प्रतिशत प्लास्टिकका झोला हुने उक्त अध्ययनमा पाइएको थियो। 

यस्तै, महानगरमा ३.८५ प्रतिशत कागजजन्य फोहोर उत्पादन हुन्छ। यस्तै १.९४ प्रतिशत सिसा फोहोरको रूपमा फालिने गरिएको छ। १.६१ प्रतिशत टेक्सटाइल,  ०.४७ प्रतिशत मार्बल, ०.२६ प्रतिशत रबर, ०.२२ प्रतिशत इलेक्ट्रोनिक वेस्ट र ५.८१ प्रतिशत अन्य प्रकारका फोहोर उत्पादन हुने गरेको छ।

हुन त यो समस्या अहिलेको मात्र होइन। एक सय तीन वर्ष पहिलेदेखि फोहोरको व्यवस्थापनको काम सुरु भएको थियो। तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले आफूहरू हिंड्ने बाटो फोहोर भएको महसुस गरेपछि १९७६ पुस २ मा ‘सफाइ अड्डा’ स्थापना गरे। उक्त सफाइ अड्डाको काम थियो ‘सहरलाई व्यवस्थित गर्नु, सडक सफा राख्नु।’

१९७६ मा स्थापना भएको उक्त सफाइ अड्डा विकास तथा विस्तार हुँदै अहिले काठमाडौं महानगरपालिका बनेको छ। २००३ सालमा राणा प्रधानमन्त्री पद्मशमशेरले सफाइ अड्डालाई ‘म्युनिसिपालिटी’ घोषणा गरे। जसलाई २०१० सालमा १८ वडासहितको काठमाडौं नगरपालिका बनाइयो। पञ्चायती व्यवस्था सुरु भएको २ वर्ष पछि अर्थात २०१९ सालमा काठमाडौं नगर पञ्चायतमा परिणत भयो। 

तर, २०४७ मा काठमाडौं नगर पञ्चायत पुरानै नाम फर्कियो। १२ मंसिर २०५२ मा यसले पहिलो महानगरपालिका बन्ने अवसर पायो। त्यति बेला नै महानगरबासीले पहिलोपटक नगरप्रमुख चुन्ने अवसर पाए। तर, स्थानीयले नै आफ्नो नगरको समस्या समाधानका लागि आफ्नो प्रतिधिनी चुन्ने अवसर पाएको २८ वर्ष हँुदासम्म समस्या समाधान हुन सकेको छैन।

६ वर्ष पहिले मेयरका लागि उम्मेदवारी दिने क्रममा विद्यासुन्दर शाक्यले फोहोर व्यावस्थापन आफ्नो मुख्य अजेण्डा भएको बताएका थिए। शाक्यले चुनावी नारामा काठमाडौंको सरसफाइलाई प्रमुख मुद्दा बनाएका थिए। 

मेयर भएको एक सय दिनमा १०१ काम गर्ने भनी बनाएको घोषणा पत्रमा ‘ग्रिन एन्ड क्लिन काठमाडौं’ अभियान चलाउने उल्लेख थियो। उनको चुनावी घोषणापत्रको तेस्रो बुँदामा आफू मेयरको पदभार ग्रहण गर्नुअगावै महानगरपालिकाको कार्यालय परिसरभित्रै नवनिर्वाचित जनप्रतिनिधिहरूले मूल्यवान फलफूलका रुख रोपी ‘ग्रिन एन्ड क्लिन काठमाडौं’ अभियान शुभारम्भ गर्ने उल्लेख गरेका थिए। 

उनको कामको सूचीको ५९औं नम्बरमा पनि ‘क्लिन द सिटी’ अभियान सुरु गर्ने उल्लेख गरेका थिए। उक्त अभियान धुँवाधुलो न्यूनीकरण गरी काठमाडौंलाई ‘नो मास्क सिटी’को रूपमा अगाडि बढाउने कदम हुने पनि उल्लेख गरेका थिए।     तर, केही काम नगर्दै शाक्यको कार्यकाल सकियो।

अहिलेका मेयर शाहले पनि फोहोरलाई आफ्नो चुनावी नारा बनाए। फोहोर व्यवस्थापन नहुन्जेल माला, खादा नलगाउने घोषणा गरे। उनी निर्वाचित भएको तीन महिना भइसक्दा पनि फोहोरको समस्या प्रमुख चुनौतीका रूपमा यथावत छ।

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्